Trending
>>   ज्येष्ठ नागरिकको अनुभव पुस्तान्तरण गर्न ‘अनुभव बैङ्क’ स्थापना गर्दैर्छौंः मन्त्री वादी >>   कृषि समितिमा मन्त्रीसँग सांसदहरूको प्रश्नः ‘मल वितरणको पारदर्शी प्रणाली र अडियो काण्डको स्पष्टीकरण खै ?’ >>   उखु किसानको भुक्तानी समस्या अब एक–दुई दिनमै हल हुन्छ >>   हेलिकप्टर उद्धारमा १५ अर्ब खर्चिएको कुरामा सत्यता छैन, २० करोड चाँही रहेछ : गृहमन्त्री गुरुङ >>   नेप्सेले उपलब्ध सबै उपकरणको कारोबार सञ्चालन गरिरहेको छः लीलाधर सुवेदी >>   नानिचासँगै यो वर्षको इन्द्र जात्रा सकियो(फोटो फिचर) >>   सरकार पूर्णरूपमा असफल, चाडपर्वपछि सशक्त आन्दोलनमा उत्रिन्छौंः महेश बस्नेत >>   औद्योगिक क्षेत्रका समस्या समाधान गरेर अघि बढ्नुपर्छःविद्यादेवी भण्डारी >>   एशियाली खेलकुदः नेपाली आर्चरी टोलीको चुनौती समाप्त, खेलाडी भन्छन्– ‘अन्तर्राष्ट्रिय एक्सपोजरको खाँचो’ >>   पहिरोले अवरुद्ध कान्ति लोकपथ एकतर्फी सञ्चालनमा
Logo
१५ आश्विन २०८३, बिहीबार
१५ आश्विन २०८३, बिहीबार

इजरायलमा मृत्यु भएका नेपालीको शव र स्वदेश फर्कन चाहनेलाई सभामुखद्वारा आग्रह


काठमाडौं । सभामुख देवराज घिमिरेले इजरायलमा आतङ्ककारी सङ्गठन हमासको आक्रमणमा परी मृत्यु भएका नेपालीको शव र स्वदेश आउन चाहनेलाई तत्काल ल्याउने व्यवस्था मिलाउन सरकारसंग आग्रह गरेका छन् । सभामुख घिमिरे आज जारी गरेको शोक वक्तव्यमा दक्षिण इजरायलको किवुज अलुमिम भन्ने स्थानमा भएको आक्रमणमा १० नेपालीको निधन भएकोमा दुःख प्रकट गर्दै उक्त आग्रह गरेका हुन् । शोक वक्तव्यमा भनिएको छ, “सम्भावित आक्रमणको जोखिममा रहेका सबै नेपालीलाई सुरक्षित स्थानमा राख्न, नेपाल फर्कन चाहनेलाई सोहीबमोजिमको व्यवस्था गर्न र जीवन गुमाएका नेपालीको शव फिर्ताका लागि आग्रह गर्दछु ” उनले भने ।

उनले विद्रोही आक्रमणमा घाइते भई स्थानीय अस्पतालमा उपचाररत नेपालीहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै सम्पर्कविहीनको खोजबिनका लागि सबै संयन्त्र परिचालन गर्न सरकारको ध्यानाकर्षण गराउदै मृतकप्रति हार्दिक श्रद्धाञ्जलि अर्पण गर्दै जीवन गुमाउनेहरूको परिवारजन तथा आफन्तजनमा गहिरो समवेदना समेत प्रकट गरेका छन् ।


प्रकाशित मिति: २४ आश्विन २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?