Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१८ माघ २०८२, आईतवार
१८ माघ २०८२, आईतवार

सोनापुर मिनरल्सको आईपीओ बाँडफाँट


काठमाडौं । सोनापुर मिनरल्स एण्ड आयल लिमिटेडले निष्कासन गरेको साधारण सेयर (आईपीओ) बाँडफाँट भएको छ । कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक एनआईएमबि एस क्यापिटलले बुधबार बिहान आईपीओ बाँडफाँट गरेको हो । कम्पनीले १४ देखि १८ असोजसम्म सर्वसाधारणका लागि प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा १३७ रुपैयाँ ५८ पैसा प्रिमियमसहित प्रतिकित्ता २३७ रुपैयाँ ५८ पैसामा ९७ लाख ३२ हजार ५४४ कित्ता सेयर सार्वजनिक निष्कासनमा ल्याएको थियो । तर, कर्मचारीलाई छुट्याएको सेयरमध्ये ५ लाख ८८ हजार ७८४ कित्ता सेयर खरिद नभएपछि उक्त सेयर समेत थप गरी कम्पनीले एक करोड ३ लाख २१ हजार ३२८ कित्ता सेयर बाँडफाँट गरेको छ ।

उक्त आईपीओमा कुल ११ लाख ४६ हजार ६६१ लगानीकर्ताले एक करोड ५१ लाख ५९ हजार ९२० कित्ता सेयरका लागि आवेदन दिएका थिए भने सोमध्ये १० लाख ४० हजार ७७० आवेदन स्वीकृत भएको बिक्री प्रबनधक एनआईएमबि एस क्यापिटलले जनाएको छ । सो आईपीओमा मागभन्दा बढी आवेदन परेकोले धितोपत्र निष्कासन तथा बाँडफाँट निर्देशिका अनुसार गोलाप्रथा मार्फत कम्पनीको आईपीओ बाँडफाँट भएको हो । जसअनुसार १० लाख ३२ हजार १३२ आवेदकले १० कित्ताका दरले कम्पनीको सेयर प्राप्त गरेका छन् ।

 


प्रकाशित मिति: २४ आश्विन २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?