Trending
>>   घर, गाडी र सहज शिक्षा र स्वास्थ्यको पहुँच नै नेपाली युवाको आशाः कुलमान घिसिङ >>   हनुमानढोका दरबार संग्रहालयको दिगो संरक्षण र प्रवर्द्धन गर्नुपर्नेमा जोड >>   स्वास्थ्य परीक्षण शुल्क वृद्धि खारेजको निर्णय कार्यान्वयन गर्न माग >>   कानूनी शासन स्थापित नगरी जेन–जी का माग पूरा गर्न सकिँदैनः अर्थमन्त्री खनाल >>   लघुवित्तले बिना धितो ऋण दिएर गरिबी घटायोः उपाध्यक्ष श्रेष्ठ >>   सञ्चारमन्त्रीलाई देउवाले भनेः काँग्रेसको प्राथमिकता संसद पुनःस्थापना होइन, निर्वाचन हो >>   प्रधानमन्त्रीलाई विप्लवको प्रश्नः चुनाव गर्न चाहेको को कि युद्ध ? >>   ‘निर्वाचन हुन्छ कि हुँदैन’ भन्ने बहस सकियोः रामप्रसाद भण्डारी >>   विप्लव नेतृत्वको माओवादीले शुरु गर्‍यो आन्दोलन >>   निर्वाचनसम्बन्धी गतिविधिबारे जानकारी दिन निर्वाचन आयोगमा मिडिया सेन्टर स्थापना
Logo
१२ पुष २०८२, शनिबार
१२ पुष २०८२, शनिबार

वागमती


काठमाडाैँ महानगरमा २४ घण्टा नै निः शुल्क एम्बुलेन्स सेवा उपलब्ध हुने

३० वैशाख, काठमाडाैँ । काठमाडाैँ महानगरपालिकाभित्र निः शुल्क एम्बुलेन्स सञ्चालन हुने भएका छन् । शनिबार काठमाडाैँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले २४ घण्टा नै एम्बुलेन्स सेवा सञ्चालन हुने जानकारी दिएका हुन् । उनले काठमाडाैँ महानगरमा १०२ मा कल गरेर २४ घण्टा नै निः शुल्क एम्बुलेन्स सेवा लिन सकिने बताएका छन्

लामो दूरीका सवारीसाधन बसपार्कबाट मात्र सञ्चालन हुने

३० वैशाख, काठमाडाैँ । काठमाडौँ भित्रिने र काठमाडौँबाट बाहिरिने लामो दूरीका सवारी साधन नयाँ बसपार्कबाट मात्र सञ्चालन गर्न पाइने भएको छ । आज काठमाडौँ महानगरपालिका प्रमुख बालेन्द्र साहको अध्यक्षतामा बसेको सरोकावालाको बैठकले सो निर्णय गरेको हो । ‘एक बसपार्क नीति कार्यान्वयन’ प्रस्तावमाथि छलफल गर्दै यस्तो निर्णय गरेको महानगरको भनाइ छ

क्याम्पसले उद्यमशीलता सहायता कार्यक्रम सञ्चालन गर्ने

३० वैशाख ,चितवन । जिल्लामा रहेर व्यवस्थापन सङ्काय अध्यापन गराउने तीन वटा क्याम्पसले उद्यमशीलता सहायता कार्यक्रम सञ्चालन गर्ने भएका छन् । सप्तगण्डकी बहुमुखी क्याम्पस, सहिद स्मृति बहुमुखी क्याम्पस र प्रेसीडेन्सी कलेज अफ म्यानेजमेन्ट साइन्सेसले विश्वविद्यालय अनुदान आयोगको ‘एनइएचइपी’ परियोजनाअन्तर्गत उद्यमशीलता सहायता कार्यक्रम सञ्चालन गर्न लागेका हुन् । विश्वविद्यालयले माग गरेको

मर्मतका लागि मेलम्चीको पानी वितरण रोकिने

३० वैशाख ,सिन्धुपाल्चोक । मर्मतका लागि मेलम्चीको पानी आगामी जेठ १ गतेदेखि केही समय रोकिने भएको छ । हेलम्बु–१ स्थित आयोजनाको मुहान तथा हेडवक्र्समा केही उपकरण जडान तथा मर्मतसम्भार गर्नुपर्ने भएकाले दुई हप्ताका लागि पानी वितरण बन्द हुने मेलम्ची खानेपानी आयोजनाका सिनियर डिभिजनल इन्जिनियर पदमबहादुर कुँवरले जानकारी दिए । सामान्य

नक्कली भुटानी शरणार्थी प्रकरण अनुसन्धानको स्वागत

२९ वैशाख ,काठमाडौँ । नेपाली नागरिकलाई भूटानी शरणार्थी बनाएर विदेश पठाउन गरिएको सङ्गठित प्रयासबारे हाल भइरहेको तदारूकतापूर्ण अनुुसन्धानको ट्रान्सपरेन्सी इन्टरनेशनल (टिआई) नेपालले स्वागत गरेको छ । हालसम्मको अनुसन्धानबाट उच्च प्रशासनिक तथा राजनीतिक तहको संलग्नता देखिएको यस प्रकरणको अनुसन्धान कुनै पनि प्रकारको दबावबाट प्रभावित नहोस्, कुनै पनि बहानामा छानबीन शिथिल नहोस्

एमाले स्थायी कमिटी बैठक सर्यो

२९ वैशाख ,काठमाडौँ । नेकपा (एमाले)को आज बस्ने भनिएको स्थायी कमिटी बैठक सरेको छ । एमाले प्रचार विभागका उपप्रमुख विष्णु रिजालले आज दिउँसो ३ बजे बस्ने भनिएको बैठक सरेको जानकारी दिए । उनका अनुसार समय अभावको कारणले बैठक भोलि बिहान ८ बजेका लागि सारिएको हो । बैठक ललितपुरस्थित एमाले मुख्यालयमा

शनिबार ठमेल पर्यटन विकास परिषद्ले ठमेल क्षेत्र सफाइ गर्ने, घरधनी र व्यवसायीलाई सहभागी हुन अनुरोध

२९ वैशाख, काठमाडाैँ । शनिबार ठमेल क्षेत्र सफाइ गरिने भएको छ । ठमेल पर्यटन विकास परिषदले ‘हाम्रो ठमेल सफा ठमेल’ भन्ने नारा लिएर ठमेल क्षेत्र सफाइ गर्ने भएको हो । उक्त सफाइ कार्यक्रममा बिहान ७ बजेदेखि ८ बजेसम्म सहभागी हुन परिषदले घरधनी र व्यवसायीलाई अनुरोध गरेको छ । परिषद्का अध्यक्ष

रसुवामा आयुर्वेद उपचार प्रभावकारी

२९ वैशाख, रसुवा । आयुर्वेद उपचार सेवा प्रभावकारी बन्दै गएपछि जिल्लावासी  यसतर्फ आकर्षित भएका छन् । रोगअनुसार चिकित्सकले सिफारिस गरेको सबैखाले औषधि एकै थलोमा पाइनाका साथै औषधि सेवन पश्चात् रोग पनि निको हुँदै गएकाले यहाँका बासिन्दा  आयुर्वेदिक उपचारतर्फ आकर्षित भएका हुन् । सरकारले २३ प्रकारका औषधि निःशुल्क प्रदान गर्दै आएको छ

काठमाडाैँ सहित देशभर पुनः बढ्न थाल्यो प्रदूषण

२९ वैशाख, काठमाडाैँ । पानी नपर्दा र डढेलोका घटना बढेकाले वायु प्रदूषण पुनःबढ्न थालेको छ । हावाको गुणस्तर मापन सूचकाङ्क एक्यूआइका अनुसार अहिले ललितपुर पाटनको एक्यूआइ एक सय ७६, काठमाडाैँ कीर्तिपुरको एक सय ६३, रत्नपार्कको एक सय ६३, नारायणीको एक सय ७१ र धनकुटाको एक सय ५५ रहेको छ ।

जन्ती बोकेको बसको ब्रेक फेल हुँदा ३० जना घाइते

२९ वैशाख, सिन्धुपाल्चोक । चौतारा साँगा चोक गढी नगरपालिका–७ झ्याडीमा जन्ती लिएर हिँडेको बस दुर्घटना हुँदा ३० जना घाइते भएका छन् । जलबिरे खमारेबाट जन्ती लिएर इन्द्रावती गाउँपालिका जाँदै गरेको हेलम्बु यातायातको बा २ ख ८४२२ नम्बरको गाडी दुर्घटना भएको प्रहरीले जनाएको छ । इन्द्रावती–१० पाटीगाउँतर्फ हिँडेको गाडी चौतारा साँगा

सम्वन्धित समाचारहरु