Trending
>>   काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः७ लाख ८३ हजार सदस्यको विवरण बुझाइयो >>   काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला >>   काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने >>   गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ >>   किसानलाई तत्काल धान नकाट्न मौसम विभागको आग्रह >>   राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्राको अवलोकन >>   १० दिन सुरुङभित्र फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज >>   वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने उद्देश्यले युवाहरुद्वारा ‘हुंकार मधेस’ अभियान घोषणा >>   जनकपुरका गुठी जग्गावासी आन्दोलितः १५ दिने सूचना खारेज गर्न माग >>   महिला कबड्डीमा नेपाल काँस्यमै सिमित
Logo
११ आश्विन २०८३, आईतवार
११ आश्विन २०८३, आईतवार

ट्रान्समिटर परिवर्तन गर्दा करेन्ट लागेर एक जनाको मृत्यु


८ जेठ, चितवन । भरतपुर २५ शुक्रनगरमा विद्युत् ट्रान्समिटर परिवर्तन गर्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक विजयराज पण्डितका अनुसार आइतबार अपराह्न भरतपुर २५ शुक्रनगरमा विद्युत् ट्रान्समिटर परिवर्तन गर्ने क्रममा विद्युत् कर्मचारीलाई सहयोग गर्ने एक जना कामदारको करेन्ट लागेर मृत्यु भएको हो ।

प्रहरीले दिएको जानकारी अनुसार मृत्यु हुनेमा प्रभात जल उपभोक्ता समिति, भरतपुर २५ शुक्रनगरमा काम गर्ने बाँके जानकी गाउँपालिका २ घर भएका वर्ष २० को देसराज कोरी छन् । करेन्ट लागि घाइते भएका कोरीको उपचारको लागि चितवन मेडिकल कलेज भरतपुर ल्याइएको र चिकित्सकीय परीक्षणपछि उनको मृत्यु भएको घोषणा गरिएको हो ।


प्रकाशित मिति: ८ जेष्ठ २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?