काठमाडौं । गृह मन्त्रालयले नेपाल प्रहरीका ४ जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) लाई प्रहरी नायब महानिरीक्षक (डीआईजी) मा बढुवा गर्न सिफारिस गरेको छ । मन्त्रालयमा शुक्रबार अबेर बसेको बढुवा समितिको बैठकले एसएसपी कृष्णहरि शर्मा पोखरेल, दानबहादुर कार्की, डा. मनोजकुमार केसी र राजन अधिकारीलाई बढुवा गर्न सिफारिस गरेको हो ।
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली इतिहास, साहित्य र शिक्षा क्षेत्रमा इतिहासकार ज्ञानमणि नेपालले पुर्याउनुभएको योगदान नेपाल र नेपालीको लागि सदैव स्मरणीय रहने बताउनुभएको छ । इतिहासकार ज्ञानमणिको निधनको खबरले आफूलाई दुःखी बनाएको बताउँदै राष्ट्रपति पौडेलले उहाँका परिवारजनलाई आज पठाउनुभएको समवेदना सन्देशमा सो उल्लेख गर्नुभएको हो । “तथ्य र प्रमाणको
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले विधिसम्मत न्यायिक प्रणालीबाट मात्रै देशमा सुशासन र अमनचयन कायम हुने बताउनुभएको छ । “सक्षम कानुन व्यवसायी, मर्यादित बार : न्यायपालिकाको पुनर्संरचना लोकतन्त्र सुदृढीकरणको आधार” भन्ने नारासाथ नेपाल बार एसोसियसनले आयोजना गरेको १६ औं अखिल नेपाल कानुन व्यवसायी राष्ट्रिय सम्मेलनको शुक्रबार काठमाडौँमा उद्घाटन गर्दै उहाँले यस्तो
काठमाडौँ । ‘वडा स्तरीय महिला सञ्जाल’, ‘मेलमिलाप कक्ष’ र ‘कानुनी सहायता’ काठमाडौँ महानगरपालिकाका सिकाइ योग्य काम भएको उपप्रमुख सुनिता डंगोलले बताउनुभएको छ । कोशी प्रदेश, सङ्खुवासभा जिल्लाको खाँदबारी नगरपालिकाकी उपप्रमुख महेश्वरा श्रेष्ठ बज्राचार्य नेतृत्वको अध्ययन टोलीसँगको छलफलका क्रममा डंगोलले यस्तो बताउनुभएको हो । ‘मेलमिलापकर्ताको शुल्क विवादका पक्षले दिँदा मनोवैज्ञानिक असर
काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेले बलात्कारको मुद्दामा सफाइ पाएका छन् । उच्च अदालत, पाटनका न्यायाधीशद्धय सुदर्शनदेव भट्ट र अञ्जु उप्रेती ढकालको इजलासले जिल्ला अदालत, काठमाडौंको फैसला उल्ट्याउदै सन्दीपलाई सफाइ दिएको प्रवक्ता विमल पराजुलीले जानकारी दिए । ‘जिल्ला अदालतले जुन फैसला गरेको थियो, त्यो पूर्ण रुपमा उल्टिएको छ’ उनले भने, ‘सन्दीपले
काठमाडौँ । सिप्रदी ट्रेडिङ्लाई ३ बर्ष कालोसूचीमा राख्न काठमाडौँ महानगरपालिकाले सार्वजनिक खरिद अनुगमन कार्यालयमा सिफारिस गरेको छ । सवारी साधन आपूर्ति गर्न छनोट भएको बोलपत्रदाता टे«डिङ्ले सन् २०२२ मा उत्पादन भएका ६ वटा सवारी साधन उपलब्ध गराउनु पर्नेमा ४ वटा सन् २०२१ मोडेलका गाडी उपलब्ध गराएको बताउँदै प्रवक्ता नविन मानन्धरले
१० अर्ब+ रुपैयाँ को सरकारी जग्गा एक्लै बचाउने मान्छे: सर्वोच्च अदालतले झापाको गिरीबन्धु चिया बगानको झण्डै ३४४ बिघा जग्गा साटफेर गर्न दिने त्यसबेलाको ओली सरकारको निर्णयलाई अनुचित भनेर प्रयोजन कै लागि प्रयोग गर्ने वा पछि सरकारले फिर्ता लिनु पर्ने फैसला सुनाएको छ । यो केस एक्लै लड्ने वकील हुन् ओम
काठमाडौँ । काठमाडौँ महानगरपालिकाको वडा नं. १५ स्वयम्भूले, वडामा रहेको सरकारलाई टोलमा प्राप्त गर्न सकिने बनाउन कार्यक्रम थालेको छ । स्थानीय आवश्यकता पूरा गराउन समाज स्तरमै सम्पादन गर्न सकिने काममा टोलबासीको सक्रियता बढाएर नागरिकको आँगनमा सरकार पुर्याउने वडाको योजना हो । योजनाको पहिलो चरणमा संघसंस्थाका प्रतिनिधि र सामाजिक अगुवाहरुका लागि
काठमाडौँ । प्रधानन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नर्सहरूको सेवा–सुविधामा एकरूपता ल्याउन सरकारले सकारात्मक पहल गर्ने बताउनुभएको छ ।चौधौँ राष्ट्रिय नर्सिङ सम्मेलनलाई आज सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले नर्सहरूको सेवा–सुविधा सन्तोषजनक एवं एकरूपता नभएकाले त्यसलाई सुधार गर्नुपर्ने बताउनुभएको हो । “नर्सहरूको सेवा–सुविधामा एकरूपता छैन, निजी अस्पताल, निजी नर्सिङ कलेज, नर्सिङ होमहरूमा सरकारको न्यूनतम
चितवन । चितवनको भरतपुर महानगरपालिका २६ दद्रेनी नजिकै विद्यार्थी लिन गएको स्मल हेभन स्कुल कल्याणपुरको बसमा अज्ञात समूहले आगजनी गरेको छ । विद्यालयले दिएको जानकारी अनुसार चनौली, द्रद्रेनी, शुक्रनगर पटिहानी हुँदै विद्यार्थी लिन गएको बागमती प्रदेश ०६ ००१ क ००४५ नम्बरको बसमा ६ जनाको समूहले आगजनी गरेर भागेको हो ।