Trending
>>   काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः७ लाख ८३ हजार सदस्यको विवरण बुझाइयो >>   काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला >>   काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने >>   गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ >>   किसानलाई तत्काल धान नकाट्न मौसम विभागको आग्रह >>   राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्राको अवलोकन >>   १० दिन सुरुङभित्र फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज >>   वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने उद्देश्यले युवाहरुद्वारा ‘हुंकार मधेस’ अभियान घोषणा >>   जनकपुरका गुठी जग्गावासी आन्दोलितः १५ दिने सूचना खारेज गर्न माग >>   महिला कबड्डीमा नेपाल काँस्यमै सिमित
Logo
११ आश्विन २०८३, आईतवार
११ आश्विन २०८३, आईतवार

भक्तपुर जिल्ला अदालतबाट १३ सय ९६ वर्ष ६ महिना ३ दिन कैद भुक्तान भएन !


सन्जिब दुलाल,  भक्तपुर । भक्तपुर जिल्ला अदालतबाट १३ सय ९६ वर्ष ६ महिना ३ दिन कैद तथा जरिवाना भुक्तान बाँकी रहेको पाइएको छ । भक्तपुर जिल्ला अदालतको तहसिलको अभिलेख अनुसार फैसला कार्यान्वयन अन्तर्गत १३ सय ९६ वर्ष ६ महिना ६ महिना ३ दिन कैद भुक्तान हुन बाँकी रहेको हो । भक्तपुर जिल्ला अदालतमा अघिल्लो आर्थिक वर्ष २०७९ ८० बाट १३ सय १० वर्ष ५ महिना १४ दिन कैद भुक्तान बाँकी रहेको र यो वर्ष ६ सय २५ वर्ष ११ महिना ११ दिन कैद फैसला भएकोमा ५सय ३९ वर्ष १० महिना १२ दिन मात्र फर्छ्यौट भएको तहसिलदार भवानी शङ्कर घिमिरेले जानकारी दिनुभएको छ ।

उहाँका अनुसार जरिवाना तर्फ भने अघिल्लो आर्थिक वर्षबाट २५ करोड ५० लाख ३ हजार ३ सय २४ रुपैंया जिम्मेवारी सरेर आएको थियो भने यो वर्ष ४६ करोड ९२ लाख ७९ हजार १ सय ७ जरिवाना फैसला भई जम्मा ७२ करोड ४२ लाख ८२ हजार ४ सय ३१ जरिवाना उठाउन बाँकी रहेकोमा आर्थिक वर्ष २०८० ८१ मा १० करोड ६१ लाख ९८ हजार ७ सय ५९ रुपैंया फटर्यौट भएको उहाँले जानकारी दिनुभयो । यस्तै उहाँका अनुसार अव जरिवाना तर्फ ६१ करोड ८० लाख ८३ हजार ६सय ७२ रुपैंया जरिवाना उठाउन बाँकी रहेको समेत घिमिरेले जानकारी दिनुभयो ।

उहाँका अनुसार फैसला कार्यान्वयनको निवेदन तर्फ अघिल्लो वर्षको जिम्मेवारी सरेर आएको ५ सय ८५ लगतमा ४सय ९२ फर्छ्यौट गरी बाँकी ९६ रहेको तथा नयाँ दर्ता तर्फ ७ सय ३८ मा २ सय ५१ फर्छ्यौट भएको र ४ सय ८७ बाँकी रहेको समेत जानकारी दिनुभयो । तहसिलदार घिमिरेका अनुसार आर्थिक वर्ष २०८० ८१ मा कुल ५६.१६ प्रतिशत फैसला कार्यान्वयन भएको समेत जानकारी दिनुभएको हो ।

यस्तै क्षतिपूर्ति तर्फ भने अघिल्लो आर्थिक वर्षको जिम्मेवारी सरेर आएको ५४ लाख ३६ हजार ३ सय ५८ रुपैंया रहेको यो वर्ष ८ लाख ६० हजार ५ सय क्षतिपूर्तिको फैसला भएकोमा वर्ष भरीमा जम्मा ६ लाख ८७ हजार २ सय मात्र  फर्छ्यौट भएको थियो । आगामी वर्षको लागि जिम्मेवारी सरेको क्षतिपूर्तितर्फ ५६ लाख ९९ हजार १ सय ५८ रहेको तहसिलदार घिमिरेले जानकारी दिनुभयो । अदालतको फैसला कार्यान्वयनमा स्थानीय निकाय जिल्ला प्रशासन र प्रहरीको भुमिक महत्त्वपूर्ण हुने उहाँको भनाई छ ।


प्रकाशित मिति: ५ श्रावण २०८१, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?