Trending
>>   विपद् जोखिम न्युनिकरणका लागि पूर्वसूचना सबैको पहुँचमा पुग्नुपर्छः सरोकारवाला >>   मान्छे कर्मले सधैँ अमर रहन्छः सञ्चारमन्त्री खरेल >>   २५ अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक >>   प्रतिनिधिसभा चुनावका लागि महोत्तरी–४ बाट प्रचण्डको नाम सिफारिस >>   निर्वाचन आयोगको कडा कदमः ६ दल खारेज >>   सरकार एमाले निर्वाचनमा सहभागी होस् भन्ने चाहँदैनः रघुवीर महासेठ >>   शान्तिपूर्ण निर्वाचनका लागि राजनीतिक दलहरुसँग सघन संवाद जरुरीः नेकपा >>   दलहरूमार्फत निर्वाचनको सन्देश तल्लो तहसम्म पुर्‍याउन संवाद थालेका छौँः मन्त्री सिन्हा >>   आइसिसी महिला टी ट्वान्टी विश्वकपमा छनोट हुन्छौंः हर्षल पाठक >>   अध्यादेशमार्फत समानुपातिक प्रतिनिधित्व हटाइएको भन्दै अपाङ्गता भएका व्यक्तिहरूको संघ–संस्थाद्वारा विरोध
Logo
९ पुष २०८२, बुधबार
९ पुष २०८२, बुधबार

सबै राजनीति दलबिच संवाद र सहमतिबाट संविधान संशोधन हुन्छ: गृहमन्त्री लेखक


काठमाडौं । गृहमन्त्री रमेश लेखकले देशमा क्रियाशील राजनीति दल बिचमा संवाद र सहमतिबाट संविधान संशोधन गरिने बताउनु भएकाे छ । आतबार प्रतिनिधिसभा बैठकबाट बाहिरिने क्रममा संघीय संसद भवनमा पत्रकारसँग संक्षिप्त प्रतिक्रिया दिँदै गृहमन्त्री लेखकले यस्ताे बताउनु भएकाे हाे ।

साथै संघीय लाेकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था र समावेशितालाई थप सुदृढीकरण संविधान संशोधन गरिने उहाँकाे भनाइ थियाे । नेपाली कांग्रेस र एमालेबिच सत्ता सहकार्यका लागि भएकाे सात बुँदे सहमतिमा पनि संविधान संशोधनकाे कुरा उल्लेख छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले आज प्रतिनिधिसभामा विश्वासकाे मत माग्ने क्रममा उक्त सात बुँदे सहमति सार्वजनिक गर्नुभएकाे थियाे । सरकारकाे विधेयक समितिका संयाेजक समेत रहेका गृहमन्त्री लेखकले संविधानकाे अभ्यासका क्रममा देखिएका सबल र दुर्बल पक्षकाे समीक्षा गरि आवश्यक संशोधन र परिमार्जन गरिने बताउनुभयाे ।


प्रकाशित मिति: ६ श्रावण २०८१, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?