Trending
>>   काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः७ लाख ८३ हजार सदस्यको विवरण बुझाइयो >>   काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला >>   काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने >>   गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ >>   किसानलाई तत्काल धान नकाट्न मौसम विभागको आग्रह >>   राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्राको अवलोकन >>   १० दिन सुरुङभित्र फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज >>   वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने उद्देश्यले युवाहरुद्वारा ‘हुंकार मधेस’ अभियान घोषणा >>   जनकपुरका गुठी जग्गावासी आन्दोलितः १५ दिने सूचना खारेज गर्न माग >>   महिला कबड्डीमा नेपाल काँस्यमै सिमित
Logo
११ आश्विन २०८३, आईतवार
११ आश्विन २०८३, आईतवार

सबै राजनीति दलबिच संवाद र सहमतिबाट संविधान संशोधन हुन्छ: गृहमन्त्री लेखक


काठमाडौं । गृहमन्त्री रमेश लेखकले देशमा क्रियाशील राजनीति दल बिचमा संवाद र सहमतिबाट संविधान संशोधन गरिने बताउनु भएकाे छ । आतबार प्रतिनिधिसभा बैठकबाट बाहिरिने क्रममा संघीय संसद भवनमा पत्रकारसँग संक्षिप्त प्रतिक्रिया दिँदै गृहमन्त्री लेखकले यस्ताे बताउनु भएकाे हाे ।

साथै संघीय लाेकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था र समावेशितालाई थप सुदृढीकरण संविधान संशोधन गरिने उहाँकाे भनाइ थियाे । नेपाली कांग्रेस र एमालेबिच सत्ता सहकार्यका लागि भएकाे सात बुँदे सहमतिमा पनि संविधान संशोधनकाे कुरा उल्लेख छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले आज प्रतिनिधिसभामा विश्वासकाे मत माग्ने क्रममा उक्त सात बुँदे सहमति सार्वजनिक गर्नुभएकाे थियाे । सरकारकाे विधेयक समितिका संयाेजक समेत रहेका गृहमन्त्री लेखकले संविधानकाे अभ्यासका क्रममा देखिएका सबल र दुर्बल पक्षकाे समीक्षा गरि आवश्यक संशोधन र परिमार्जन गरिने बताउनुभयाे ।


प्रकाशित मिति: ६ श्रावण २०८१, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?