Trending
>>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य >>   राष्ट्रिय सभाको बैठक बस्दै, यस्तो छ आजको कार्यसूची >>   बालेनको चुनावी अभियान आज कैलाली र कञ्चनपुरमा >>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा >>   राजुनाथ पाण्डेले गरे काठमाडौँ–३ बाट उम्मेदवारी दर्ता
Logo
१३ माघ २०८२, मंगलवार
१३ माघ २०८२, मंगलवार

वागमती


आरतीलाई न्याय माग गर्दै प्रभु साह पनि धर्नामा

काठमाडौं। आरती साहलाई न्याय दिन माग गर्दै काठमाडौंको माइतीघरमा उनको माइती पक्षले धर्ना जारी राखेको छ । बुधबारको धर्नामा आम जनता पार्टीका अध्यक्ष प्रभु साह समेत सहभागी भएका छन् । त्यस्तै, साहको दाइजोका कारण परिवारले हत्या गरेको माइती पक्षको दाबी रहेको छ भने घटनाको छानबिन गरेर दोषीलाई कारबाही गर्नुपर्ने माग

पाँचदिने भ्रमणका लागि काठमाडौं आइपुगे चिनियाँ कम्युनिष्ट पार्टीका तिब्बत सेक्रेटरी

काठमाडौं। चिनियाँ कम्युनिस्ट पार्टीको तिब्बत स्वायत्त क्षेत्रका सचिव वाङ छुङछेङ पाँचदिने भ्रमणका लागि काठमाडौं आइपुगेका छन् । उनलाई राष्ट्रिय सभा उपाध्यक्ष उर्मिला अर्यालले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेकी छन् । प्रधानमन्त्रीको चीन भ्रमणको क्रममा तिब्बत क्षेत्रसँग सम्बन्धित विषयमा भएका सहमति कार्यान्वयनबारे विशेषरुपमा छलफल हुने प्रधानमन्त्री प्रचण्डका परराष्ट्र मामिला सल्लाहकार रुपक

नेपालस्थित दूतावास बन्द गर्ने उत्तर कोरियाको निर्णय

काठमाडौं। उत्तर कोरियाले नेपालस्थित आफ्नो दूतावास बन्द गर्ने निर्णय गरेको छ । नेपालका लागि उत्तर कोरियाली राजदूत जो योङ मेनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर यसबारे जानकारी गराएका छन् भने प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार रुपक सापकोटाका अनुसार सोमबार भएको भेटमा उत्तर कोरियाली राजदूत मेनले दूतावास बन्द गर्ने निर्णय सुनाएका हुन् ।

नेकपा एमालेको सचिवालय बैठक जारी

काठमाडौं। नेकपा एमालेको सचिवालय बैठक बसिरहेको छ । केन्द्रीय कार्यालय च्यासलमा जारी बैठकमा जाजरकोट भूकम्पले पुर्याएको क्षति, आगामी केन्द्रीय कमिटी बैठकका एजेण्डा लगायतका विषयमा छलफल हुने बताइएको छ । त्यस्तै, आगामी मंसिरमा एमालेले धनगढीमा केन्द्रीय कमिटी बैठक बोलाएको छ भने त्यसलगत्तै मध्यपहाडी लोकमार्ग भएर अभियान सञ्चालन गर्दै छ । नेकपा

जाजरकोट भूकम्प प्रभावितलाई निजामती कर्मचारीको केही दिनको तलबबाट सहयोग

काठमाडौं। जाजरकोट भूकम्प प्रभावितको सहयोगका लागि निजामती कर्मचारीहरुले पनि केही दिनको तलब सहयोग गर्ने भएका छन् । मंगलबार बसेको सचिवहरुको बैठकले सचिव र सहसचिवस्तरका कर्मचारीको ३ दिन, अधिकृतस्तरका कर्मचारीको २ दिन र सहायकस्तरसहित अरु तहका कर्मचारीबाट १ दिनको तलब बराबरको रकम सहायता गर्ने निर्णय गरेको हो । उक्त सचिवस्तरीय बैठकले

सुनचाँदीको मूल्य फेरी घट्यो

काठमाडौं। आज नेपाली बजारमा सुनको मूल्य तोलामा तीन सय रुपैयाँले घटको छ । हिजो तोलाको एक लाख १५ हजार रुपैयाँमा कारोबार भएको सुन आज तोलामा तीन सय रुपैयाँले घटेर एक लाख १४ हजार सात सय रुपैयाँ निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । त्यस्तै चाँदी तोलामा २० रुपैयाँले

कामपाले सडकमा भेटिएका छाडा गाईबाच्छा काञ्जी हाउसमा राख्ने

काठमाडौं। काठमाडौं महानगरपालिकाले सडकमा भेटिएका छाडा गाईबाच्छाको व्यवस्थापन गर्ने भएको छ । महानगर प्रमुख बालेन्द्र शाहले कात्तिक २३ गतेदेखि महानगरको सडकमा भेटिएका छाडा गाईबाच्छा सङ्कलन गरेर दक्षिणकाली नगरपालिका–७ स्थित कोपुगाउँमा रहेको काञ्जी हाउसमा राखिने जानकारी सामाजिक सञ्जालमार्फत दिएका छन् । “सडकमा छाडिएका चौपायाले खान पाएका छैनन् भने तिर्खा लागेका बेला

नागरिकको अधिकार सुनिश्चित गर्न कानुन कार्यान्वयन गर्नुपर्छ : अध्यक्ष तिमिल्सिना

काठमाडौं। राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले संविधानलाई कार्यान्वयनमा ल्याउँदै नागरिकको मानव अधिकार संरक्षण गर्न जरुरी रहेको बताएका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को २७औँ साधारणसभाको सन्दर्भमा आज यहाँ आयोजित ‘आजको सन्दर्भमा मानव अधिकार : संवैधानिक हक र प्रचलन’ विषयक अन्तरक्रियामा उहाँले संविधान बनाउनेहरूले कार्यान्वयन गर्ने इच्छाशक्ति देखाउनुपर्छ भने ।

भूकम्पपीडितका लागि प्राधिकरणद्वारा रु एक करोड प्रदान

काठमाडौं। जाजरकोट र रुकुम पश्चिममा भूकम्पबाट पीडित तथा प्रभावितहरुको उद्धार एवम् राहतका लागि नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले घोषणा गरेबमोजिमको रु एक करोडको चेक आज हस्तान्तरण गरेको छ । त्यस्तै, प्राधिकरणका महानिर्देशक प्रदीपकुमार अधिकारीलगायत कर्मचारी बालुवाटार पुगेर प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई आज बिहान उक्त रकम बराबरको चेक प्रधानमन्त्री

शिवपुरी गाउँपालिकाको ‘लप्से झरना महोत्सव’ काग तिहारमा

काठमाडौं। नुवाकोट, शिवपुरी गाउँपालिका–६ स्थित लप्से झरनालाई लक्ष्य गरी यही कात्तिक २५ गते महोत्सव गरिने भएको छ । काठमाडौं, गँगबुबाट २५ किमी उत्तर पर्ने सो झरनास्थल टोखा हुँदै पुग्न करिब एक घन्टा लाग्छ भने करिब १५ मिनेट भने पैदल हिँड्नुपर्ने हुन्छ । ‘आन्तरिक र बाह्य पर्यटनमा सहभागी बनौँ’ भन्ने नाराका

सम्वन्धित समाचारहरु