Trending
>>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा >>   राजुनाथ पाण्डेले गरे काठमाडौँ–३ बाट उम्मेदवारी दर्ता >>   बालेन्द्र साहले गराए झापा क्षेत्र नं. ५ बाट प्रतिनिधि सभा उम्मेदवारी दर्ता >>   ‘चुनावअघि सन्तुलनको दोसाँधमा नेपालः महाशक्तिहरूको नयाँ रणभूमि र क्षेत्रीय स्थिरताको संकट’ >>   महावीर पुनले गरे म्याग्दीबाट उम्मेदवारी दर्ता >>   महेश बस्नेतले गरे भक्तपुर–२ बाट उम्मेदवारी दर्ता >>   रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्रीले सम्हाल्नुहुने >>   झापा–५ को चुनावी माहोल तात्यो, बालेन हजारौँ समर्थकसहित मनोनयन दर्ता गर्न दमकमा >>   स्पेनमा रेल दुर्घटनाः ४० जनाको मृत्यु, तीन दिने राष्ट्रिय शोकको घोषणा >>   सरकारद्वारा रवि लामिछाने विरुद्धका दुई अभियोग फिर्ता
Logo
९ माघ २०८२, शुक्रबार
९ माघ २०८२, शुक्रबार

बीबीसीको प्रभावशाली ‘१०० महिला-२०२३’ को सूचीमा नेपालकी रुक्शना कपाली


काठमाडौं। बीबीसीले सन् २०२३ का विश्वका प्रभावशाली १०० महिलाको सूची सार्वजनिक गरेको छ । जसमा नेपालकी ‘पारलिंगी महिला’ (ट्रान्सजेन्डर वुमन) रुक्शाना कपाली पनि परेकी छिन् । उनको एसएलसीको सर्टिफिकेटमा ‘पुरुष’ लेखिएको थियो, तर आफूले बुझ्ने भएपछि पारलैंगिक महिला हुँ भन्ने महसुस गरेको तर प्रमाणपत्र सच्याउन सास्ती पाएपछि उनी आफू जस्तै अन्यको अधिकारका लागि पनि लड्न थालेकी हुन् ।

त्यस्तै, ट्रान्सजेन्डर मानवअधिकार कार्यकर्ता रुक्शाना नेपालमा एलजीबीटीक्यूं समुदायको कानुनी तथा संवैधानिक अधिकारको क्षेत्रमा सक्रिय रहेकाले उनलाई प्रभावशाली महिलाको सूचीमा राखेको बीबीसीले स्पष्ट पारेको छ । त्यस्तै, उनी अहिले पूर्वाञ्चल विश्वविद्यालयमा रहेर कानुन विषय पढ्दै छिन् । अहिले तेस्रो वर्षकी विद्यार्थी उनले गत वर्ष आफूले भोगेको दुःखले आफूलाई कानुन पढ्न प्रेरणा मिलेको समेत बताएकी थिइन् ।


प्रकाशित मिति: ५ मंसिर २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?