Trending
>>   प्रतिनिधिसभा निर्वाचनको पछिल्लो परिणाम : प्रत्यक्षमा रास्वपाको भारी जित, समानुपातिकमा पनि अग्रता >>   राष्ट्रिय सभा खारेज गर्ने विषयमा पनि छलफल गर्न सकिन्छः रामकुमारी झाँक्री >>   राष्ट्रिय लिगमा शिर्ष स्थानको एपिएफ बराबरीमा रोकियो >>   नवनिर्वाचित राष्ट्रिय सभा सदस्यहरू को कस्ता ? >>   ४ मध्ये २ यातायात व्यवसायीले प्रतिनिधि सभा निर्वाचन जिते >>   इरानमाथिको अमेरिकी–इजरायली आक्रमणविरुद्ध वासिङ्टनमा प्रदर्शन >>   खर्बपति उद्योगीदेखि मुलुकको ढुकुटी चलाएका पूर्वअर्थमन्त्रीसम्मै पराजित >>   धुवाँ र धुलोको कचौरामा काठमाडौंः सास फेर्नै सकस (फोटो फिचर) >>   अब बन्ने सरकारसँग सहकार्य गर्न निजी क्षेत्र आतुर >>   महिलामाथि हुने विभेद राज्यको माथिल्लो तहसम्मै छः पूर्वमुख्यसचिव गड्तौला
Logo
२६ फाल्गुन २०८२, मंगलवार
२६ फाल्गुन २०८२, मंगलवार

नक्कली भुटानी शरणार्थी प्रकरणमा पाटन उच्च अदालतमा सुनुवाइ जारी


काठमाडौं। नक्कली शरणार्थी प्रकरणमा मुछिएका पूर्वमन्त्रीहरु बालकृष्ण खाँड, टोपबहादुर रायमाझी लगायतले थुनामुक्त हुन पाँउ भनी दर्ता गरेको निवेदनमाथि उच्च अदालत पाटनमा सुनुवाइ शुरु भएको छ । जिल्ला अदालतले काठमाडौंले थुनामा पठाउने भनी गरेको आदेश बदर हुनुपर्ने र आफूहरुलाई तारिखमा छाडी मुद्दाको प्रक्रिया अघि बढाउनुपर्ने मागदावी गरी थुनामा परेका आरोपितहरु उच्च अदालत पुगेका हुन् भने न्यायाधीशहरु जनक पाण्डे र प्रकाश खरेलको इजलासले सबै निवेदनहरुको एकमुष्ट सुनुवाइ गरिरहेको छ । त्यस्तै, उच्च अदालतले उनीहरुको निवेदन सुनुवाइ गरी जिल्लाकै आदेश सदर गर्ने, उनीहरुलाई धरौटीमा छाड्ने वा सामान्य तारिखमा छाड्ने भन्नेवारेमा एउटा निर्णय गर्ने छ ।

जिल्ला अदालतको आदेश बदर हुनुपर्ने माग गरी पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाड, सचिव टेकनारायण पाण्डे, सानु भण्डारी, आङटावा शेर्पा, डा. इन्द्रजित राई, हरीभक्त महर्जन, लक्ष्मी महर्जन, सन्देश शर्मा, शम्शेर मिया, आशिष बुढाथोकी, गोविन्द चौधरी, टंक कुमार गुरुङ, शरणार्थी नेता टेकनाथ रिजाल, सागर राई, रामशरण केसी, केशव तुलाधरले उच्च अदालतमा निवेदन दिएका थिए ।

 


प्रकाशित मिति: ५ मंसिर २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?