Trending
>>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य >>   राष्ट्रिय सभाको बैठक बस्दै, यस्तो छ आजको कार्यसूची >>   बालेनको चुनावी अभियान आज कैलाली र कञ्चनपुरमा >>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा
Logo
१४ माघ २०८२, बुधबार
१४ माघ २०८२, बुधबार

वैदेशिक रोजगार सन्तति छात्रवृत्ति कार्यक्रमका लागि निवेदन माग


काठमाडौं। वैदेशिक रोजगारमा गइ ज्यान गुमाएका तथा पूर्ण अशक्त भएका व्यक्तिका सन्तानहरुलाई छात्रवृत्तिको लागि वैदेशिक रोजगार बोर्डले निवेदन माग गरेको छ । उक्त बोर्डको सचिवालयले एक सूचना जारी गर्दै आफू अध्ययन गरिरहेकै विद्यालयमा निवेदन दिन भनेको हो ।

त्यसैगरी श्रम स्वीकृति लिई वैदेशिक रोजगारमा गई मृत्यु वा अंगभंग वा बिरामी भई वैदेशिक रोजगार बोर्डबाट शत प्रतिशत आर्थिक सहायता लिएका कामदारका छोराछोरीले निवेदन दिन पाउनेछन् भने सो छात्रवृत्ति पाउन १८ वर्षमुनिको हुनुपर्नेछ ।

त्यस्तै, बोर्डबाट वार्षिक रूपमा आधारभूत तहका लागि १२ हजार र माध्यमिक तहका लागि १६ हजार रुपैयाँ छात्रवृत्ति प्रदान गरिँदै आएको छ भने एक जना विद्यार्थीलाई एउटा कक्षामा एक पटकका लागि मात्रै वार्षिक रूपमा एकमुष्ट छात्रवृत्ति उपलब्ध गराइने बोर्डले जनाएको छ ।


प्रकाशित मिति: ५ मंसिर २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?