Trending
>>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य >>   राष्ट्रिय सभाको बैठक बस्दै, यस्तो छ आजको कार्यसूची >>   बालेनको चुनावी अभियान आज कैलाली र कञ्चनपुरमा >>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा >>   राजुनाथ पाण्डेले गरे काठमाडौँ–३ बाट उम्मेदवारी दर्ता
Logo
१३ माघ २०८२, मंगलवार
१३ माघ २०८२, मंगलवार

वागमती


चार उच्च अदालतमा श्रव्यदृश्यको माध्यमबाट सुनुवाइ प्रारम्भ

काठमाडौं। उच्च अदालतका जुम्ला, महेन्द्रनगर, धनकुटा र हेटौंडामा आजदेखि श्रव्यदृश्यको माध्यमबाट मुद्दाको सुनुवाइ प्रारम्भ गरिएको छ । सर्वोच्च अदालतमा आज पत्रकार सम्मेलनको आयोजना गरी उक्त चार उच्च अदालतमा श्रव्यदृश्यमार्फत सुनुवाइको प्रारम्भ प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले गरेका हुन् । उनले प्रविधिको माध्यमबाट मुद्दाको सुनुवाइ गर्दा समयको बचत हुने, कम खर्चिलो हुने र

राष्ट्रियसभाका अध्यक्ष र अष्ट्रेलियाली समकक्षीबीच भेटवार्ता

काठमाडौं। राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले आफ्ना अष्ट्रेलियाली समकक्षी सी लिन्ससँग भेटवार्ता गरेका छन् । त्यस्तै, अष्ट्रेलियाको संसद्मा आज भएको भेटमा उनीहरुबीच नेपाल-अष्ट्रेलिया विद्यमान संरचनाका साथै द्विपक्षीय भ्रमण आदानप्रदानबारे छलफल भएको क्याबेरास्थित नेपाली राजदूतावासले जनाएको छ भने उनीहरुले दुई देशबीचको समबन्ध सुमधुर रहेकामा हर्ष प्रकट गरेका छन् । त्यसैगरी, दुवै देशका

भृकुटीमण्डपमा अन्तर्राष्ट्रिय व्यापार मेला सुरु

काठमाडौं। काठमाडौंको भृकुटीमण्डपमा अन्तर्राष्ट्रिय व्यापार मेला सुरु भएको छ । बिहीबार सभामुख देवराज घिमिरेको प्रमुख आतिथ्यतामा नवौँ संस्करणको अन्तर्राष्ट्रिय व्यापार मेलाको उद्घाटन भएको हो । सो मेलामा बङ्गलादेश, चीन, भारत, नेपाल र पाकिस्तानका उत्पादन स्टलमा राखेर मेलामा प्रदर्शन गरिएको छ भने उक्त मेला १४ मङ्सिरदेखि १८ सम्म चल्ने छ ।

त्रिपालमुनिका भूकम्पपीडितलाई छानामुनि ल्याउन सरकार केन्द्रित छ : उपप्रधानमन्त्री श्रेष्ठ

काठमाडौं। उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले जाजरकोट भूकम्पबाट प्रभावित नागरिकको जीवनयापनलाई सहज बनाउन सरकारले अस्थायी आवास निर्माणमा सुरक्षा अङ्गलाई परिचालित गर्ने निर्णय गरेको बताएका छन् । राष्ट्रियसभा अन्तर्गतको राष्ट्रिय सरोकार तथा समन्वय समितिको आजका बैठकमा उनले त्रिपालमुनि बसिरहेका भूकम्पपीडितलाई छानामुनि ल्याउन सरकार केन्द्रित रहेको समेत बताए । त्यस्तै, चिसोका समयमा

स्नातकोत्तर तहमा नेपाली र अङ्ग्रेजी विषय पढ्न मापदण्ड परिवर्तन

काठमाडौं। त्रिभुवन विश्वविद्यालयले स्नातकोत्तर तहमा नेपाली र अङ्ग्रेजी पढ्नका लागि मापदण्ड परिवर्तन गरेको छ । यसअघि ती दुवै विषयमा स्नातकोत्तर तह पढनका लागि स्नातक तहमा पनि सोही विषय अध्ययन गरेको हुनुपर्ने मापदण्ड रहेकोमा त्यसलाई परिमार्जन गरिएको हो । त्यस्तै, त्रिवि प्राज्ञिक परिषद् स्थायी समितिले नेपाली र अङ्ग्रेजी विषयको अध्ययनका लागि

उच्च अदालतको ४ इजलासमा भिडियो कन्फरेन्सबाट मुद्दाको सुनुवाइ

काठमाडौं । उच्च अदालतका इजलासहरु जुम्ला, महेन्द्रनगर, धनकुटा र हेटौँडा इजलासमा श्रव्यदृश्य संवादमार्फत मुद्दाको सुनुवाई (भिडियो कन्फ्रेन्स) बाट मुद्दाको सुनुवाइ सुरू भएको छ । बिहीवार प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले देशका चार ठाउँमा उच्च अदालतका इजलासहरुको शुभारम्भ गरेका छन् । उक्त कार्यक्रममा बोल्दै प्रधानन्यायाधीश श्रेष्ठले अब आ-आफ्नै घरबाट पनि न्याय पाउन सक्ने

५ जना जुवाडे पक्राउ

काठमाडौं। पोखरा महानगरपालिका-९ शिवटोल बस्ने ३७ वर्षीय गीता लामाको घरमा जुवातास खेलिरहेको अवस्थामा लामा समेत ५ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । उक्त घरमा जुवा खेलाएको भन्ने खबर प्राप्त हुनासाथ खटिएको प्रहरीले उनीहरूलाई नगद २९ हजार ३ सय ४० रुपैयाँ र १ बुक ताससहित पक्राउ गरेको हो भने

५० जना प्रहरी कर्मचारीहरूलाई ट्राफिक नियन्त्रण तालिम प्रदान

काठमाडौं। काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथले ५० जना प्रहरी कर्मचारीहरूलाई ट्राफिक नियन्त्रण तालिम प्रदान गरेको छ । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजको तत्वावधानमा सो कार्यालयमा सञ्चालित ट्राफिक नियन्त्रण तालिम १४९औँ समूह अन्तर्गत उनीहरूलाई उक्त तालिम प्रदान गरिएको हो । त्यस्तै, काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथमा बिहीबार आयोजित तालिम

अबदेखि ड्युटीमा मोबाइल चलाउन नपाइने

काठमाडौं। प्रहरीले ड्युटीको समयमा मोबाइल चलाउन नपाउने भएका छन् । कर्णाली प्रदेशमा कार्यरत प्रहरीले मोबाइल चलाउन नपाउने भएका हुन् । प्रदेश प्रहरी कार्यालयले ड्युटीमा रहेका प्रहरीलाई फोन प्रयोग नगर्न परिपत्र गरेको छ । यो नियम टिम कमाण्डरको हकमा भने लागू नहुने प्रहरीले जनाएको छ । त्यस्तै, कर्णाली प्रदेश प्रहरी कार्यालयका

अवैध लागूऔषधसहित ४ जना पक्राउ

काठमाडौं। अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ६८ मिलिग्रामसहित २ जना परेका छन् । विराटनगर-१६ हुलास चोकबाट सोही ठाउँ बस्ने २४ वर्षीय अङ्कित घिमिरे समेत बुधबार साँझ प्रहरीले २ जनालाई पक्राउ गरेको हो । त्यस्तै, सिरहा लहान नगरपालिका-१ लोकतन्त्र चोकबाट अवैध लागूऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थ ४ ग्राम

सम्वन्धित समाचारहरु