Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१७ माघ २०८२, शनिबार
१७ माघ २०८२, शनिबार

अध्यक्ष ओलीद्वारा दैलेखस्थित पेट्रोलियम पदार्थ उत्खनन् क्षेत्रको अवलोकन


काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दैलेखस्थित पेट्रोलियम पदार्थ उत्खनन क्षेत्रको अवलोकन गरेका छन् ।

‘झुलाघाट-चिवाभञ्ज्याङ स् समृद्धिका लागि सङ्कल्प यात्रा’ अन्तर्गत आइतबार दैलेख पुगेका पूर्व प्रधानमन्त्री समेत रहेका ओली सोमबार बिहान दैलेखको दुल्लु पुगेर पेट्रोलियम पदार्थ उत्खनन क्षेत्रको अवलोकन गरेका हुन् । त्यस क्रममा अध्यक्ष ओलीले पेट्रोलियम पदार्थ उत्खननका बारेमा स्थानीयसँग जानकारी लिनुका साथै श्रीस्थान मन्दिरको दर्शन समेत गरेको सामाजिक सञ्जालमा पोष्ट गरेका छन् ।

‘झुलाघाट–चिवाभञ्ज्याङः समृद्धिका लागि सङ्कल्प यात्रा’ अभियानको पाँचौँ दिन एमालेले आज सोमबार सुर्खेतमा जनसभा गर्दै छ ।


प्रकाशित मिति: १८ मंसिर २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?