३ वैशाख, चितवन । नेकपा एमालेका सचिव योगेश भट्टराईले रवि लामिछाने चुनाव जिते पुनः उपनिर्वाचन हुने दाबी गरेका छन् । आइतबार बिहान चितवनको पत्रकार सम्मेलनमा बोल्दै उनले लामिछानेले जनतामा भ्रम छर्दै हिँडेको आरोप समेत लगाएका छन् । उनले पत्रकार सम्मेलनमा भने,'लामिछानेले गल्ती गरेको होइन ढाँटेको हो। समाजलाई ढाट्नु अपराध हो ।
३ वैशाख, चितवन । चितवन क्षेत्र नं २ को उपनिर्वाचन प्रमुख दलहरूका लागि पेचिलो बनेको छ । केन्द्रीय ध्यान यहाँ खिचिएको छ । केन्द्रीय नेताहरू भोट माग्दै टोल–टोलमा पुगेका छन् । नेपाली कांग्रेस, नेकपा (एमाले) र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का केन्द्रीय नेताको ध्यान उपनिर्वाचनमा केन्द्रित भएको हो । निर्वाचनको मिति
२ वैशाख, सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको मेलम्चीमा जिल्लास्तरीय पुरुष भलिबल प्रतियोगिता हुने भएको छ । आज यहाँ आयोजित पत्रकार सम्मेलनमा यही वैशाख २५ गतेदेखि पुरुष भलिबल प्रतियोगिता हुने जानकारी दिइएको हो । राम श्रेष्ठको प्रायोजनमा हुने उक्त प्रतियोगितामा जिल्लाभित्रका खेलाडीले प्रतिस्पर्धा गर्नेछन् । मेलम्ची पुनःनिर्माण तथा संरक्षण समिति र मेलम्ची युवा क्लबको
२ वैशाख, काठमाडाैँ । काठमाडाैँमा एउटा पेस्तोल फेला परेको छ । साप्ताहिक रूपमा गरिने बागमती सरसफाइका क्रममा शनिबार पेस्तोल फेला परेको हो । सफाइको क्रममा तिलगंगाको शारदा स्कुल नजिक अमेरिकी कम्पनीको पेस्तोल फेला परेको जानकारी दिइएको छ । उक्त पेस्तोल एउटा झोलामा प्याक गरेर फालिएको अवस्थामा फेला परेको हो ।
२ वैशाख, चितवन । चितवनमा पर्यटकीय गतिविधि बढाउने उद्देश्यका साथ प्याराग्लाइडिङको व्यावसायिक उडान थालिएको छ । हिमालयन फन्टियर्स प्याराग्लाइडिङ कम्पनी चितवनले नयाँ वर्षको अवसर पारी उडान सुरु गरेको हो । जिल्लामा आउने आन्तरिक तथा बाह्य पर्यटकलाई लक्षित गरी प्याराग्लाइडिङ सुरु गरिएको कम्पनीका अध्यक्ष विजयबहादुर घलेले जानकारी दिए । भरतपुर महानगरपालिका–२९ चौकीडाँडाबाट
२ वैशाख, काठमाडाैँ । शताब्दी पुरुष सत्यमोहन जोशीकी पत्नी राधादेवीको जोशीको ९९ वर्षको उमेरमा शनिवार बिहान निधन भएको छ । बिहान ५ः३० बजे उपचारको क्रममा उनको मृत्यु भएको परिवारस्रोतले जानकारी दिएको छ । दिर्घरोग नभएकी उनि खाना खाएसँगै वान्त गर्ने भएपछि २० दिनयता देखि अस्पतालमा नियमित स्वास्थ्य जाँचमा थिइन् ।
२ वैशाख, काठमाडाैँ । काठमाडाैँको बालुवाटारमा गोली चलेको छ । उक्त गोली लागेर माओवादी केन्द्रका नेता वर्षमान पुन ‘अनन्त’की आमा घाइते भएको बताइएको छ । गएराती बालुवाटार स्थित निवासमा प्रहरी सहायक हवलदार प्रकाश पुन मगरले गोली प्रहार गरेका हुन् । उनी वर्षमानका नातेदार समेत रहेको बताइएको छ । गए राति १०
१ वैशाख, काठमाडाैँ । नयाँ वर्षको अवसरमा पशुपतिनाथलगायत राजधानीका मुख्य–मुख्य मन्दिरमा भक्तजनको बिहानैदेखि भीड लागेको छ । विगत एक दशकअघिदेखि नयाँ वर्षका अवसरमा पशुपतिनाथ मन्दिरमा लाखौँ भक्तजनको भीड हुन थालेको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । भक्तजनलाई सहज होस् भनेर आज बिहान ४ बजेदेखि नै पशुपतिनाथ मूल मन्दिरका चार ढोका
१ वैशाख, चितवन । देशका अन्य पालिकाभन्दा भौतिक पूर्वाधारमा अग्रणी देखिएको भरतपुर महानगरको बेरुजु निकै कम रहेको पाइएको छ । महालेखा परीक्षकको कार्यालयले बिहीबार राष्ट्रपति रामचन्द्र पौडेललाई बुझाएको ६०औँ प्रतिवेदनमा छवटा महानगरमा सबैभन्दा कम बेरुजु भरतपुरको रहेको उल्लेख छ । अघिल्लो आर्थिक वर्षमा पनि भरतपुर महानगरको बेरुजु अन्य महानगर पालिकाको भन्दा
१ वैशाख, काठमाडाैँ । नयाँ वर्ष २०८० को अवसरमा आज बिहानैदेखि भगवान् पशुपतिनाथको मन्दिरमा दर्शनार्थीले पूजाआजा गर्दैछन् । नयाँ वर्षका अवसरमा आज बिहान ४ बजेदेखि नै पशुपतिनाथ मन्दिरमा दर्शनार्थीको घुइँचो लागेको छ । पशुपतिनाथको दर्शनका लागि आज भक्तजनका लागि विशेष पूजाको व्यवस्था गरिएको छ । पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशक