Trending
>>   ग्यास र चिनीको कालोबजारी रोक्न सरकार निर्मम हुनुपर्छः सांसद प्रसाईं >>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक >>   नेपाल शक्ति राष्ट्रको प्रतिष्पर्धाको ‘भिक्टिम’ बन्नु हुँदैन:पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी >>   संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल >>   संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा
Logo
६ आश्विन २०८३, मंगलवार
६ आश्विन २०८३, मंगलवार

ग्राहकको रकम सुरक्षित छ : एभरेष्ट बैंक


९ जेष्ठ ,काठमाडौँ । एभरेष्ट बैंकले ग्राहकको निक्षेप रकम बैंकमा सुरक्षित रहेको जनाएको छ । केही समय पहिला बैंकका एक कर्मचारीले ग्राहकको खाताबाट अनधिकृत रूपले गरेको रकमान्तर सम्बन्धित ग्राहकको खातामा शोधभर्ना गरिसको जनाउँदै सामाजिक सञ्जालमा प्रकाशित भ्रामक समाचारको पछि नलाग्न भनेको हो ।

‘केही समय पहिला बैंकका एक कर्मचारीले ग्राहकको खाताबाट अनाधिकृत रूपले रकमान्तर गरेकोले बैंकले तत्कालै आन्तरिक अनुसन्धान गरी सम्बन्धित ग्राहकको खातामा उक्त रकम शोधभर्ना गरी नेपाल राष्ट्र बैङ्कलाई जानकारी गराई सो हिनामिना कार्यमा संलग्न कर्मचारीलाई बैङ्ककै जाहेरीमा मिति २०७९ साल चैत्र २२ गते प्रहरीलाई जिम्मा लगाएको र हाल सो विषय प्रहरी अनुसन्धानमा नै रहेको जानकारी गराउन चाहन्छौँ,’

आफ्ना ग्राहक महानुभावहरूको खाता र व्यक्तिगत गोपनीयतालाई उच्च प्राथमिकता र गम्भीरताका साथ लिएको जनाउँदै भनेको छ ‘हामी हाम्रा समस्त ग्राहक महानुभावहरूको सम्पूर्ण निक्षेप रकम बैंकमा सुरक्षित रहेको जानकारी गराउँदछौँ ।’

एभरेष्ट बैंकको इटहरी शाखाका एक कर्मचारीले बैंकको विभिन्न शाखामा खाता खोलेका डेढ दर्जन बढी बचतकर्ताहरूको करोडभन्दा बढी रकम ठगी गरेको पाइएको थियो                                                                                    ।


प्रकाशित मिति: ९ जेष्ठ २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?