Trending
>>   विपद् जोखिम न्युनिकरणका लागि पूर्वसूचना सबैको पहुँचमा पुग्नुपर्छः सरोकारवाला >>   मान्छे कर्मले सधैँ अमर रहन्छः सञ्चारमन्त्री खरेल >>   २५ अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक >>   प्रतिनिधिसभा चुनावका लागि महोत्तरी–४ बाट प्रचण्डको नाम सिफारिस >>   निर्वाचन आयोगको कडा कदमः ६ दल खारेज >>   सरकार एमाले निर्वाचनमा सहभागी होस् भन्ने चाहँदैनः रघुवीर महासेठ >>   शान्तिपूर्ण निर्वाचनका लागि राजनीतिक दलहरुसँग सघन संवाद जरुरीः नेकपा >>   दलहरूमार्फत निर्वाचनको सन्देश तल्लो तहसम्म पुर्‍याउन संवाद थालेका छौँः मन्त्री सिन्हा >>   आइसिसी महिला टी ट्वान्टी विश्वकपमा छनोट हुन्छौंः हर्षल पाठक >>   अध्यादेशमार्फत समानुपातिक प्रतिनिधित्व हटाइएको भन्दै अपाङ्गता भएका व्यक्तिहरूको संघ–संस्थाद्वारा विरोध
Logo
९ पुष २०८२, बुधबार
९ पुष २०८२, बुधबार

ग्राहकको रकम सुरक्षित छ : एभरेष्ट बैंक


९ जेष्ठ ,काठमाडौँ । एभरेष्ट बैंकले ग्राहकको निक्षेप रकम बैंकमा सुरक्षित रहेको जनाएको छ । केही समय पहिला बैंकका एक कर्मचारीले ग्राहकको खाताबाट अनधिकृत रूपले गरेको रकमान्तर सम्बन्धित ग्राहकको खातामा शोधभर्ना गरिसको जनाउँदै सामाजिक सञ्जालमा प्रकाशित भ्रामक समाचारको पछि नलाग्न भनेको हो ।

‘केही समय पहिला बैंकका एक कर्मचारीले ग्राहकको खाताबाट अनाधिकृत रूपले रकमान्तर गरेकोले बैंकले तत्कालै आन्तरिक अनुसन्धान गरी सम्बन्धित ग्राहकको खातामा उक्त रकम शोधभर्ना गरी नेपाल राष्ट्र बैङ्कलाई जानकारी गराई सो हिनामिना कार्यमा संलग्न कर्मचारीलाई बैङ्ककै जाहेरीमा मिति २०७९ साल चैत्र २२ गते प्रहरीलाई जिम्मा लगाएको र हाल सो विषय प्रहरी अनुसन्धानमा नै रहेको जानकारी गराउन चाहन्छौँ,’

आफ्ना ग्राहक महानुभावहरूको खाता र व्यक्तिगत गोपनीयतालाई उच्च प्राथमिकता र गम्भीरताका साथ लिएको जनाउँदै भनेको छ ‘हामी हाम्रा समस्त ग्राहक महानुभावहरूको सम्पूर्ण निक्षेप रकम बैंकमा सुरक्षित रहेको जानकारी गराउँदछौँ ।’

एभरेष्ट बैंकको इटहरी शाखाका एक कर्मचारीले बैंकको विभिन्न शाखामा खाता खोलेका डेढ दर्जन बढी बचतकर्ताहरूको करोडभन्दा बढी रकम ठगी गरेको पाइएको थियो                                                                                    ।


प्रकाशित मिति: ९ जेष्ठ २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?