२५ वैशाख, काठमाडाैँ । नेपाल विद्युत् प्राधिकरणले काठमाडौं उपत्यकाको विद्युत् प्रसारण तथा वितरण प्रणाली सुधारका लागि उच्च क्षमताका आठ सबस्टेसन निर्माण गरिरहेको छ। काठमाडौं उपत्यकामा ४०० देखि १३२ केभी क्षमताका सबस्टेसन निर्माणाधीन रहेको प्राधिकरणले जनाएको छ। भविष्यमा वृद्धि हुनसक्ने विद्युत्को सम्भावित मागलाई सम्बोधन गर्न प्राधिकरणले सन् २०५० को समयसीमा निर्धारण गरी
२५ वैशाख, चितवन । पृथ्वीराजमार्गलाई चार लेनमा विस्तार गर्ने उद्देश्यसहित काम भइरहेको मुग्लिन–पोखरा सडक विस्तार आयोजनाको पूर्वी खण्डमा २५ र पश्चिम खण्डमा छ दशमलव शुन्य पाँच प्रतिशत प्रगति हासिल भएको छ । तनहुँको आँबुखैरेनीदेखि जामुनेसम्मको खण्डमा हालसम्म २५ प्रतिशत भौतिक प्रगति भएको छ भने जामुनेदेखि पोखरासम्मको पश्चिम खण्डमा छ दशमलव
२५ वैशाख, काठमाडौँ । रातो मच्छिन्द्रनाथ र याक मिसाको प्रतिमूर्ति स्थापनापछि उत्पन्न पाँच महिने लामो विवाद समाधान भई आज बिहान कीर्तिपुरका महिलाले रातो मच्छिन्द्रनाथको रथ तान्ने परम्परा (देय् पिसाः) सम्पन्न भएको छ । महिलाले रातो मच्छिन्द्रनाथको रथलाई थति टोलबाट जाउलाखेलसम्म तानेका थिए । कीर्तिपुर नगरपालिका–२ स्थित ‘प्यंगःथाँ’ (सांस्कृतिक चोक)मा स्थानीय सुखी
२५ वैशाख, काठमाडाैँ । स्वतन्त्र सांसद अमरेश कुमार सिंह प्रतिनिधिसभाको बैठकमा अर्धनग्न भएका छन् । सोमबारको प्रतिनिधिसभामा बोल्न नपाएपछि उनले कपडा खोलेर विरोध गरेका हुन् । उनको विरोध पछि सभामुख देवराज घिमिरेले सांसद अमरेशकुमार सिंहलाई संसदीय नियमावली अनुसार कारबाही गर्ने चेतावनी दिएका छन् ।
२५ वैशाख, काठमाडाैँ । बागमती प्रदेशसभा सचिवालयमा आज अपराह्न सर्वदलीय बैठक बस्ने भएको छ । आज बस्ने उक्त सर्वदलीय बैठक आगामी बजेट अधिवेशनका लागि मिति तोक्ने र प्रदेश सरकारद्वारा प्रस्तुत गरिने आगामी आर्थिक वर्ष २०८०÷८१ को बजेटको सैद्धान्तिक पक्ष तथा पूर्ण तयारीसम्बन्धी विषयमा छलफल गरिने जनाइएको छ । आगामी प्रदेश सभाको
२५ वैशाख, काठमाडाैँ । पशुपति आर्यघाटमा दाहसंस्कारका लागि ल्याइने शवहरूलाई अब पशुपति क्षेत्र विकास कोषले निःशुल्क शव दाहको व्यवस्था गर्ने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा आइतबार बसेको पशुपति क्षेत्र विकास कोषको सञ्चालन परिषद्को बैठकले पशुपति क्षेत्रमा दाहसंस्कारका लागि ल्याइने शवहरूलाई थप विद्युतीय शव दाह गृहको व्यवस्था
२६ वैशाख, काठमाडाैँ । काठमाडौँ महानगरपालिकाले काठमाडौँका अव्यवस्थित तारहरूको व्यवस्थापन कार्य सुरु गरेको छ । सोमवार बिहान माइतीघर मण्डला क्षेत्रबाट अव्यवस्थित तार व्यवस्थापन सुरु भएको हो । महानगरपालिकाले नेपाल टेलिकम, वर्ल्डलिङ्क, बोर्डलिङ्क, भायनेट, वेवसर्भर लगायतका सम्बन्धित निकायहरुसँगको समन्वयमा तार व्यवस्थापन गर्न सुरु गरेको छ । तार व्यवस्थापन कार्यको शुभारम्भपछि सञ्चारकर्मीहरूसँगको कुराकानीमा
२५ वैशाख, काठमाडाैँ । उच्च अदालत पाटनले काठमाडौँको कमलादी र हात्तीसार क्षेत्रमा भूमिगत गरिएको टुकुचा खोला नै भए पनि खोलामाथिको सम्पत्ति व्यक्तिगत सम्पत्ति ठहर गरेको छ । न्यायाधीशहरू महेश शर्मा पौड्याल र राज्यलक्ष्मी बज्राचार्यको संयुक्त इजलासले गत माघ १८ गते सुनाएको फैसलाको आज सार्वजनिक गरिएको पूर्णपाठमा टुकुचा खोला भएको भए पनि
२५ वैशाख, चितवन । “दुःखी र कमजोर मन लिएर मसँग डाक्टरको रुपमा पीडा पोख्न कोही आए म शङ्कर कँडेल दाइजस्तो हँसिलो, व्यस्त र समाधानपरक जीवन जिउनुपर्छ भन्थेँ । आज आफ्नो आँखा अघि त्यो आशा दिलाउने दियो निभ्यो, सहन गाह्रो भो ।” जिल्लाका परिचित चिकित्सक डा भोजराज अधिकारीले व्यवसायी शङ्कर कँडेलको
२४ वैशाख ,काठमाडौँ । अमेरिका लगायतका विभिन्न मुलुकमा गएर ठूलो रकम कमाउने लोभमा फस्दा एक सय एकजना ठगिएको फेला परेको छ । पीडितहरु साढे तीन करोड बढी रकम ठगिएपछि प्रहरीकामा आएका छन् । भक्तपुरको चाँगुनारायण नगरपालिका–६ नगरकोट बस्ने ६८ वर्षीय सीताराम बास्तोला लगातयको समूहको मिलेमतोमा अमेरिका, जर्मनी, बेलायत तथा जापान