Trending
>>   बालेनलक्षित ओलीको टिप्पणी :‘देशमा चर्चित भनिएकाहरु नै नसामा भेटिन्छन्’ >>   नेपालको न्यायपालिका विकास विरोधी छैनः न्यायाधीश ढुंगाना >>   कुहिरो र हुस्सुले जनकपुरको जनजीवन प्रभावितः स्थानीय सरकारले चासो नदिएको गुनासो >>   विपद् जोखिम न्युनिकरणका लागि पूर्वसूचना सबैको पहुँचमा पुग्नुपर्छः सरोकारवाला >>   मान्छे कर्मले सधैँ अमर रहन्छः सञ्चारमन्त्री खरेल >>   २५ अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक >>   प्रतिनिधिसभा चुनावका लागि महोत्तरी–४ बाट प्रचण्डको नाम सिफारिस >>   निर्वाचन आयोगको कडा कदमः ६ दल खारेज >>   सरकार एमाले निर्वाचनमा सहभागी होस् भन्ने चाहँदैनः रघुवीर महासेठ >>   शान्तिपूर्ण निर्वाचनका लागि राजनीतिक दलहरुसँग सघन संवाद जरुरीः नेकपा
Logo
१० पुष २०८२, बिहीबार
१० पुष २०८२, बिहीबार

वडाबाटै राहदानी र राष्ट्रिय परिचयपत्रको सेवा


२९ जेठ, मकवानपुर । मकवानपुरको मनहरि गाउँपालिकामा वडा तहबाटै राहदानी र राष्ट्रिय परिचयपत्रको फारम भरिने भएको छ । वडा नं ३ कार्यालयले सूचना जारी गर्दै राहदानी र राष्ट्रिय परिचयपत्र बनाउन जाने क्रममा सर्वसाधारण ठगिने तथा झन्झट व्यहोर्नुपरेको भन्दै वडा कार्यालयले वडाबाटै फारम भर्ने निर्णय गरेको हो ।

वडा कार्यालयले आइतबार सूचना जारी गर्दै वडावासीका लागि अनलाइन फारम भर्ने व्यवस्था गरेको जानकारी दिएको हो । जिल्ला प्रशासन कार्यालयबाटै पनि यो सेवा निःशुल्क रहेको छ । त्यहाँ लाइन बस्नुपर्ने र सेवाग्राहीले झन्झट व्यहोर्नुपरेको भन्ने गुनासो आएपछि वडाबाटै राहदानी र राष्ट्रिय परिचयपत्रको फारम भर्ने सेवा थप गर्ने निर्णय गरेको वडाध्यक्ष अनन्तप्रकाश अर्यालले बताए । वडामा नयाँ राहदानी लिने, नवीकरण गर्ने र राष्ट्रिय परिचयपत्रको सिफारिस लिन आउनेको सङ्ख्या बढी रहेकाले हामीले उक्त सेवा प्रदान गरिएको अर्यालले बताए ।

जिल्ला प्रशासन कार्यालयले सार्वजनिक सूचना निकालेर प्रशासन कार्यालयबाटै सो सेवा निःशुल्क दिने जानकारी गराएको भए पनि अधिकांश सेवाग्राहीले साइबर तथा फोटो स्टुडियोमा महँगो शुल्क तिरेर सेवा लिइरहेका छन् । जिल्ला प्रशासन कार्यालयमा सर्वसाधारणको सहजताका लागि भन्दै दुईजना छुट्टै कर्मचारी खटाएर निःशुल्क फारम भर्ने तथा निवेदन लेख्ने सेवा दिइएको जनाइएको छ ।


प्रकाशित मिति: २९ जेष्ठ २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?