Trending
>>   अवरुद्ध सडक खुलाउन २५० भन्दा बढी उपकरण तयारी अवस्थामाः प्राधिकरण >>   पृथ्वी राजमार्गको मलेखु–मुग्लिङ खण्ड खुलाउन १० उपकरण परिचालन, पहिरो पन्छाउने कार्य जारी >>   अविरल वर्षाले देशभर जनजीवन अस्तव्यस्तः दर्जनौं सडक अवरुद्ध, पुल बगायो >>   काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः७ लाख ८३ हजार सदस्यको विवरण बुझाइयो >>   काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला >>   काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने >>   गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ >>   किसानलाई तत्काल धान नकाट्न मौसम विभागको आग्रह >>   राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्राको अवलोकन >>   १० दिन सुरुङभित्र फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज
Logo
११ आश्विन २०८३, आईतवार
११ आश्विन २०८३, आईतवार

वडाबाटै राहदानी र राष्ट्रिय परिचयपत्रको सेवा


२९ जेठ, मकवानपुर । मकवानपुरको मनहरि गाउँपालिकामा वडा तहबाटै राहदानी र राष्ट्रिय परिचयपत्रको फारम भरिने भएको छ । वडा नं ३ कार्यालयले सूचना जारी गर्दै राहदानी र राष्ट्रिय परिचयपत्र बनाउन जाने क्रममा सर्वसाधारण ठगिने तथा झन्झट व्यहोर्नुपरेको भन्दै वडा कार्यालयले वडाबाटै फारम भर्ने निर्णय गरेको हो ।

वडा कार्यालयले आइतबार सूचना जारी गर्दै वडावासीका लागि अनलाइन फारम भर्ने व्यवस्था गरेको जानकारी दिएको हो । जिल्ला प्रशासन कार्यालयबाटै पनि यो सेवा निःशुल्क रहेको छ । त्यहाँ लाइन बस्नुपर्ने र सेवाग्राहीले झन्झट व्यहोर्नुपरेको भन्ने गुनासो आएपछि वडाबाटै राहदानी र राष्ट्रिय परिचयपत्रको फारम भर्ने सेवा थप गर्ने निर्णय गरेको वडाध्यक्ष अनन्तप्रकाश अर्यालले बताए । वडामा नयाँ राहदानी लिने, नवीकरण गर्ने र राष्ट्रिय परिचयपत्रको सिफारिस लिन आउनेको सङ्ख्या बढी रहेकाले हामीले उक्त सेवा प्रदान गरिएको अर्यालले बताए ।

जिल्ला प्रशासन कार्यालयले सार्वजनिक सूचना निकालेर प्रशासन कार्यालयबाटै सो सेवा निःशुल्क दिने जानकारी गराएको भए पनि अधिकांश सेवाग्राहीले साइबर तथा फोटो स्टुडियोमा महँगो शुल्क तिरेर सेवा लिइरहेका छन् । जिल्ला प्रशासन कार्यालयमा सर्वसाधारणको सहजताका लागि भन्दै दुईजना छुट्टै कर्मचारी खटाएर निःशुल्क फारम भर्ने तथा निवेदन लेख्ने सेवा दिइएको जनाइएको छ ।


प्रकाशित मिति: २९ जेष्ठ २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?