१२ असार, सिन्धुली । पारिवारिक मेलमिलाप र घरेलु हिंसा अन्त्य गर्ने उद्देश्यले यहाँको फिक्कल गाउँपालिकाले सासू–बुहारीलाई सम्मान गरेको छ । गाउँपालिकाको आर्थिक वर्ष २०७९÷८० को वार्षिक कार्यक्रमअन्तर्गत छवटा वडाका छ जोडी सासू–बुहारीलाई सम्मान गरेको हो । यस वर्ष पनि फिक्कलले गाउँपालिकाभित्रका उत्कृष्ट सासू–बुहारीलाई सम्मान गरेको गाउँपालिका उपाध्यक्ष राजु बरालले जानकारी दिए
११ असार, वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाले आधा दर्जन इन्टरनेट तथा केबल सेवा प्रदायक कम्पनीलाई कारबाही गरेको छ । पटक पटक तार व्यवस्थापनका लागि समय दिँदा पनि बेवास्ता गरेपछि महानगरपालिकाले छ इन्टरनेट तथा केबल सेवा प्रदायक कम्पनीलाई कारबाही गरेको हो । महानगरपालिकाले तार व्यवस्थापनका लागि काम गरिरहेको र आ–आफ्नो तार व्यवस्थापनका
१० असार ,वीरगञ्ज । मधेस प्रदेशको एकमात्र महानगरपालिका वीरगञ्ज महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि रु तीन अर्ब २१ करोड ३५ लाख ४४ हजार बजेट विनियोजन गरेको छ । महानगरपालिकाको १३औँ अधिवेशनमा नगरप्रमुख राजेशमान सिंहले चालुतर्फ रु दुई अर्ब ४८ करोड ८५ लाख पाँच हजार तथा पूँजीगततर्फ रु ६८
१० असार, महोत्तरी । आर्थिक विकास र समृद्धिका लागि महोत्तरीका स्थानीय तहले कृषि तथा पर्यटन प्रवर्द्धनमा जोड दिएका छन् । आगामी आर्थिक वर्ष २०८०/८१ को वार्षिक नीति तथा कार्यक्रम एवं बजेट मन्तव्यमार्फत यहाँका स्थानीय तहले कृषि र पर्यटन प्रवर्द्धनलाई प्राथमिकतामा राखेका हुन् । जिल्लाका १० नगरपालिका र पाँच गाउँपालिकासहित १५ स्थानीय
१० असार, राैतहट । चन्द्रपुर नगरपालिकाले खरिद गरेर ल्याइएको दुईवटा घुम्ती शौचालय लामो समयदेखि त्यतिकै थन्किदा सरकारी लगानी बालुवामा पानी भने झै देखिएको छ । शौचालय प्रयोगमा ल्याउन नगरपालिकाले चासो नदिँदा ती शौचालय त्यतिकै थन्किएका हुन् । नगरपालिकाको मुकाम रहेको चन्द्रनिगाहपुरको मुख्य चोकमा एउटा पनि सार्वजनिक शौचालय छैन् । यहाँ दिनहुँ
१० असार, जनकपुर । केही हप्ताअघिसम्म सामान्य अवस्थामा एकनाश बगिरहेको कमला नदीले असार लागेसँगै आकार बढाइसकेको छ । असारसँगै सुरु भएको वर्षाले कमला नदीमा बढेकाे पानीको बहावले यहाँकाे अस्थायी काठेपुल बगाइसकेको छ । नदीले आकार बढाउँदै गर्दा स्थानीयमा कमला नदीले रौद्ररुप लिन्छ कि भन्ने चिन्ता पनि बढेको छ । त्यसैले नदी
१० असार, चितवन । नारायणगढ–मुग्लिन सडकखण्डको मौरीखोला क्षेत्र पहिराको दृष्टिकोणले उच्च जोखिममा देखिएको छ । विगत तीन वर्षयता वर्षात्को समयमा मौरीखोलामा पटक–पटक पहिरो खसेर सडक अवरुद्ध हुँदै आएको छ । डिभिजन सडक कार्यालय चितवनले वर्षात्को समयमा सो स्थानमा जुनसुकै समय पहिरो खस्न सक्ने भएकाले असारको २ गतेबाट एक्साभेटर तयारी अवस्थामा राखेको
१० असार ,सर्लाही । सागरनाथ वन विकास परियोजनाका एक सय ४६ कर्माचारीले विगत १० महिनादेखि तलब पाएका छैनन् । वन पैदावार विकास समितिअन्तर्गत रहेको सो परियोजनाका स्थायी ३६, करार १० र दैनिक ज्यालादारीका विगत करिब १० महिनादेखि तलब नपाएको परियोजनाका निमित्त प्रमुख शिवेन्द्र चौधरीले जानकारी दिए । उनका अनुसार वन
९ असार, वीरगञ्ज । वीरगञ्ज भन्सार कार्यालयमा पछिलो समय प्रज्ञापनपत्रको प्रयोग घट्दै गएको छ । गत आर्थिक वर्षको ११ महिनाको तुलनामा चालु आवको सोही अवधिमा प्रज्ञापनपत्रको प्रयोग २४ प्रतिशतले कम भएको हो । आव २०७९÷८० को साउनदेखि जेठसम्ममा वीरगञ्ज भन्सार कार्यालयले एक लाख ८१ हजार चार सय ६१ प्रज्ञापनपत्र प्रयोग गरेको
९ असार, सिन्धुली । सिन्धुलीको गोलञ्जोर गाउँपालिका–२ बितिजोरमा बाढीपहिराबाट ३१ घरमा क्षति पुगेको छ । बाढीले खेतसमेत बगाएको छ । आज बिहान आएको बाढीले पाक्न लागेको मकै र रोपाइ गर्न राखिएको धानको ब्याडसमेत बगाएको छ । बाढीपहिराबाट पशुचौपाया र कखुरा पनि नष्ट गरेको वडाध्यक्ष दौलत कार्कीले जानकारी दिए । लगातारको वर्षापछि