Trending
>>   दोहोराे मित्रताका प्रतीक बने खगेन्द्रप्रसाद र रुद्रकली >>   महाधिवेशनले पार्टीलाई संगठनात्मक र वैचारिक रुपमा पुनःव्यवस्थित गर्दै परिवर्तनको अपेक्षा पूरा गर्छः ईश्वर पोखरेल >>   ट्रान्सपोर्ट र नासरिन जितविहीन रहँदै बाहिरिए >>   जेन–जी आन्दोलन जाँचबुझ आयोगको म्याद एक महिना थप हुन्छः प्रधानमन्त्री कार्की >>   निर्वाचनमार्फत नयाँ जनभावनाअनुरुपको सरकारलाई शक्ति हस्तान्तरण गर्न आतुर छौँः प्रधानमन्त्री कार्की >>   जेन–जीहरुले निर्वाचन हुन दिन्न भन्न पाइदैंन :मेयर महर्जन >>   वैदेशिक लगानी प्रतिवद्धता प्रत्येक महिना बढ्दोः पाँच महिनामै ३८ अर्ब ५९ करोडको प्रतिवद्धता >>   प्रधानमन्त्री कार्कीसँग चिनियाँ राजदुतको शिष्टाचार भेट >>   तत्कालीन प्रधानमन्त्री र गृहमन्त्रीलाई अर्को हप्ता बयानमा बोलाउने तयारी >>   जनकपुरधाममा भारत–नेपाल गोलमेच छलफल सम्पन्न
Logo
२ पुष २०८२, बुधबार
२ पुष २०८२, बुधबार

लामो खडेरीले धानको उत्पादनमा कमी हुने


१६ असार, बारा । लामो समयदेखि वर्षा नभई खडेरी परेको हँुदा भदैया धानको उत्पादन हुने क्षेत्रफलमा किसानले रोपाइँ गर्न नसक्दा उत्पादनमा कमी आउने भएको छ ।

आर्थिक वर्ष २०८०÷८१ का लागि कृषकले विभिन्न जातका भदैया धान ११ हजार नौ सय पाँच हेक्टर क्षेत्रफलमा खेती गर्ने लक्ष्य लिएकामा खरेडी पर्दा र समयमा धानको बीउ तयार हुन नसकेकाले हालसम्म कृषहले १० प्रतिशतमात्र रोपाइँ गर्न सकेको कृषि ज्ञान केन्द्रका बाली संरक्षण अधिकृत राजनारायण प्रसादले जानकारी दिए । भदैया धानको क्षेत्रफलमा कमी भए पनि अगहनी धानको क्षेत्रफलमा भने वृद्धि हुने उनले बताए ।

गत वर्ष कृषकले विभिन्न जातका भदैया धान ११ हजार नौ सय पाँच हेक्टर क्षेत्रफलमा प्रति हेक्टर चार दशमलव तीन प्रतिशतले धान उत्पादन भएको कृषि ज्ञान केन्द्रका प्रमुख जितेन्द्र यादवले जानकारी दिए ।

कलैया उपमहानगरपालिका–१४ भैराका किसान गोपालदास बैरागी र कलैया उपमहानगरपालिका–२ का किसान प्रभु यादवका अनुसार खरेडीका कारणले अहिलेसम्म रोपाइँ हुनुपर्ने बेलामा बीउ नै रोपाइँयोग्य नभएको हुँदा आफूहरुलाई समस्या भएको बताए ।


प्रकाशित मिति: १६ असार २०८०, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?