२३ चैत्र, मोरङ । अर्काको नाममा परीक्षा दिइरहेको आशंकामा ५२ जना प्रहरीको नियन्त्रणमा परेका छन् । मोरङको सरस्वति माध्यमिक विद्यालय परीक्षा केन्द्रबाट ५२ जनालाई प्रहरीले नक्कली परीक्षार्थीको आशंकामा नियन्त्रणमा लिएको हो । यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ । एसईईमा आज सामाजिक विषयको परीक्षा भइरहेको छ ।
२३ चैत्र, इटहरी । नेपालका अग्रणी बैंकहरूमध्ये एक एनआईसी बैंकले ऋणीहरूको घरमा सुरूक्षा गार्ड राख्न थालेको छ । ऋण लिएर समयमा ब्यान नतिर्नेहरूको घरमा बैंकले पोशाक सहितका सुरक्षा गार्डहरू पठाएको हो । बैंकले गार्ड पठाएका घरहरू लिलामीको प्रक्रियामा गइसकेको बुझिएको छ । पछिल्लो समय एनआईसी बैंकले इटहरीका विक्रम तिम्सिनाको घरको
२० चैत्र, मोरङ । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमन लाल मोदीले संघीयताको सुदृढीकरणका लागि स्थानीय तहसँग अन्तरक्रिया थालेका छन् । मन्त्रालय अन्तर्गत्को प्रदेश तथा स्थानीय शासन कार्यक्रम (plgsp)मार्फत् मन्त्री मोदीले संघीयताको सुदृढीकरणको सन्दर्भमा सरोकारवालासँग अन्तक्र्रिया थालेका हुन् । सोमबार मोरङको कटहरी गाउँपालिकामा मन्त्री मोदीको उपस्थितिमा संघीयताको प्रभावकारी कार्यान्वयन र सुदृढीकरणसँगै
१९ चैत्र, भोजपुर । सडक कालोपत्रको काम गुणस्तरहीन भएपछि भोजपुर बोखिमका स्थानीयले विरोध गरेका छन् । भोजपुर नगरपालिका–५ बोखिमबाट टेम्केमैयुङ गाउँपालिका जोड्ने सडकको कालोपत्र गुणस्तरहीन भएको भन्दै स्थानीयले विरोध गरेका हुन् । ठेकेदार कम्पनीले लापरबाही ढङ्गले काम गरेको स्थानीयले आरोप लगाएका छन् । बोखिम–पिप्ले–खाल्डे–आहाले–दधिपुर–सल्लेनी सडक आयोजनाको साढे चार किलोमिटर सडक
१८ चैत्र, पाँचथर । पाँचथरमा गए राति सवारी दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ भने तीन जना गम्भीर घाइते भएका छन् । मेची राजमार्गअन्तर्गत फिदिम नगरपालिका–३ कान्छीदोकान बजार छेउमा गए राति प्र १–०१–००१ च ९३४९ को कार सडकबाट करिब २०० मिटर तल झरेर दुर्घटना हुँदा कारमा सवार १८ वर्षीया रश्मी
१६ चैत्र, खोटाङ । रामनवमीको अवसरमा खोटाङको हलेसीमा बृहत् मेला लागेको छ । हिन्दू, बौद्ध र किराँत धर्मालम्बीको सङ्गमस्थल हलेसीमा रामनवमीको अवसरमा १५ दिने मेला लागेको हो । हप्ता दिनअघिदेखि सुरु भएको उक्त मेला भर्नका लागि नेपाल बाहेक छिमेकी भारत, चीन, भुटान, बङ्गलादेश, दक्षिण कोरियालगायत राष्ट्रबाट हजारौँ दर्शनार्थी तथा भक्तजन हलेसी
१६ चैत्र, काठमाडाैँ । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले आफु पनि आन्दोलनमा उत्रिने चेतावनी दिएका छन् । सरकारले धरान खानेपानी आयोजनाको ऋण मिनाहा नगरे आन्दोलनमा उत्रिने चेतावनी साम्पाङले दिएका हुन् । उनले ऋण मिनाहाका लागि पटक-पटक सम्बन्धित मन्त्रालयलाई अनुरोध गरे पनि सुनुवाइ नभएको बताएका छन् । धरानमा सरकारले एसियाली विकास बैंक
१५ चैत्र, झापा । मेचीनगर नगरपालिकाले किसानलाई अनुदानमा वितरण गरेको मकैको बीउ नउम्रिएपछि किसान आक्रोशित बनेका छन् । पालिकाको कृषि शाखाले १५ दिनअघि ११ टन रामपुर कम्पोजिट जातको मकैको बिउ नगरका १५ वटै वटाका किसानलाई ५० प्रतिशत अनुदानमा वितरण गरेको थियो । मेचीनगर नगरपालिकाका कृषि शाखा प्रमुख टेकेन्द्र प्रधानले एकाध किसान
१५ चैत्र, ताप्लेजुङ। नेपालको पूर्वी हिमाली जिल्ला ताप्लेजुङको स्याओ केन्द्रविन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार ताप्लेजुङको स्याओ केन्द्रविन्दु भएर गए राति ११ बजेर ४१ मिनेट जाँदा चार दशमलव छ रेक्टर स्केलको भूकम्प गएको हो । उक्त भूकम्पको धक्का पूर्वका विभिन्न जिल्लामा महसुस गरिएको
१४ चैत्र, विराटनगर । विराटनगरमा प्रदेशको नाम कोशी राखेको विरोधमा आन्दोलनमा उत्रिएका प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । मंगलबार दिउँसो भएको झडपमा २० भन्दा बढी घाइते भएका छन् । विराटनगरको रोडशेष चोकमा दुई पक्षबीच भएको झडपमा प्रहरीले १७ राउण्ड हवाई फायर गरेको छ ।