Trending
>>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा >>   राजुनाथ पाण्डेले गरे काठमाडौँ–३ बाट उम्मेदवारी दर्ता >>   बालेन्द्र साहले गराए झापा क्षेत्र नं. ५ बाट प्रतिनिधि सभा उम्मेदवारी दर्ता >>   ‘चुनावअघि सन्तुलनको दोसाँधमा नेपालः महाशक्तिहरूको नयाँ रणभूमि र क्षेत्रीय स्थिरताको संकट’ >>   महावीर पुनले गरे म्याग्दीबाट उम्मेदवारी दर्ता >>   महेश बस्नेतले गरे भक्तपुर–२ बाट उम्मेदवारी दर्ता >>   रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्रीले सम्हाल्नुहुने >>   झापा–५ को चुनावी माहोल तात्यो, बालेन हजारौँ समर्थकसहित मनोनयन दर्ता गर्न दमकमा >>   स्पेनमा रेल दुर्घटनाः ४० जनाको मृत्यु, तीन दिने राष्ट्रिय शोकको घोषणा >>   सरकारद्वारा रवि लामिछाने विरुद्धका दुई अभियोग फिर्ता
Logo
९ माघ २०८२, शुक्रबार
९ माघ २०८२, शुक्रबार

योगेश भट्टराईले भने – प्रधानमन्त्री प्रचण्ड पूर्ण रुपले असफल


२५ चैत्र, ताप्लेजुङ । नेकपा एमालेका केन्द्रीय सचिव तथा प्रतिनिधिसभा सांसद योगेशकुमार भट्टराईले माओवादी केन्द्रलाई संसदीय व्यवस्थाभित्र असफल शक्तिको रुपमा उल्लेख गरेका छन् ।

प्रेस चौतारी नेपाल ताप्लेजुङले शनिबार फुङलिङमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै भट्टराईले माओवादीकै कारण देश अधोगतितर्फ उन्मुख हुन थालेको आरोप समेत लगाएका छन् ।

उनले भने, ‘दुई महिनामै पार्टनर फेर्ने प्रधानमन्त्रीजीलाई अब कर्मचारी, प्रहरी, सेना र अन्य अन्तर्राष्ट्रिय शक्तिले टेर्न र पत्याउन छाडेका छन्।’

सचिव भट्टराईले संसदीय शक्तिको उच्च प्रतिस्पर्धामा रहेका मुख्य दल एमाले र कांग्रेसले सरकारको नेतृत्व गर्नुपर्ने धारणा समेत राखेका छन् । उनले माओवादी केन्द्रलाई संसदीय व्यवस्थाभित्र असफल शक्तिको रुपमा उल्लेख गरेका छन् ।


प्रकाशित मिति: २५ चैत्र २०७९, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?