काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले शिक्षा नीति समाजसापेक्ष, बजारमुखी र प्रतिस्पर्धी बनाउन आग्रह गरेका छन् । सोमबार त्रिभुवन विश्वविद्यालयको ४९औँ दीक्षान्त समारोहलाई त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा सम्बोधन गर्दै उनले प्रसिद्ध विश्वविद्यालयका प्राध्यापक, विद्यार्थी, कर्मचारीका सामुन्ने नेपालीले हासिल गरेको ज्ञान, कला, कौशल, सीप र क्षमतामा कुनै कमी हुन नहुने बताएका छन् । शिक्षा
काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एक्काइसौँ शताब्दीको भूमण्डलीकृत विश्व बजारका चुनौती सम्बोधन गर्न त्रिभुवन विश्वविद्यालयमा गुणात्मक सुधारको इच्छाशक्ति र सङ्कल्प जरुरी भएको बताएका छन् । त्रिभुवन विश्वविद्यालयको आज भएको ४९औँ दीक्षान्त समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री एवं कुलपति दाहालले ‘भूमण्डलीकृत विश्वको दवाब तत्कालका निम्ति हाम्रा लागि काबु बाहिर देखिएकाले विश्व बजारका
काठमाडौँ । काठमाडौँ महानगरपालिकाको केन्द्रीय कार्यालयमा रहेको सहायता कक्षमा सांकेतिक भाषाको अनुवादक (दोभासे) राख्ने निर्णय भएको छ । आज बसेको सामाजिक समितिको बैठकले यस्तो निर्णय गरेको हो । ‘नागरिकलाई समावेशी र पहुँचयुक्त सरकारको प्रत्याभूति गर्न हामीले सामाजिक क्षेत्रका कार्यक्रममा विशेष प्राथमिकता दिएका छौँ ।’ निर्णयका बारेमा जानकारी दिँदै समितिका संयोजक
काठमाडौँ । ‘पुस्तकरहित शुक्रवार कार्यक्रम’ अन्तर्गत कक्षा १ देखि ८ सम्म व्यवहारिक/ प्रयोगात्मक कक्षा सञ्चालन गर्न इच्छुक संघसंस्थाले विद्यालयमा सूचीकृत हुन पाउने भएका छन् । इच्छुकहरुलाई पुस ११ गतेभित्र सूचीकृत हुन काठमाडौँ महानगरपालिकाको शिक्षा विभागले अनुरोध गरेको छ । कक्षा ९ र १० मा गएको शुक्रबारदेखि ‘शिक्षामा सिप’ तालिम कार्यक्रम
काठमाडौं। नेपाल संस्कृत विश्वविद्यालय प्राध्यापक सङ्घको सातौँ राष्ट्रिय अधिवेशन आइतबार सम्पन्न भएको छ । एघार सदस्यीय केन्द्रीय कार्यसमिति र १३ जना महाधिवेशन प्रतिनिधि सर्वसम्मत चयन गर्दै अधिवेशन सम्पन्न भएको हो । उक्त अधिवेशनबाट नेपाली कांग्रेस निकट प्रजातन्त्रवादी प्राध्यापक सङ्घका तर्फबाट सभापतिमा प्रा.डा मुकुन्दप्रसाद लामिछाने निर्वाचित भएका छन् । त्यसैगरी उपसभापतिमा
नेपालगञ्ज। बाँकेको जानकी गाउँपालिकामा पहिलो पटक यस शैक्षिक सत्रदेखि ११ कक्षाको अध्ययन सुरु भएको छ । नेपालगन्ज नजिकै रहेर पनि दुर्गम क्षेत्रको रूपमा रहेको उक्त गाउँपालिकाको वडा नं ४ स्थित जानकी माध्यमिक विद्यालयमा कक्षा ११ मा विज्ञान सङ्कायको पढाइ थालिएको हो । उक्त विद्यालयका प्रधानाध्यापक लक्ष्मण आर्चायका अनुसार तेह्र विद्यार्थी
काठमाडौं। त्रिभुवन विश्वविद्यालयको ४९औँ दीक्षान्त समारोह आज हुँदै छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा बिहान ११ बजेदेखि उक्त समारोह सुरु हुनेछ । समारोहको सबै तयारी पूरा भइसकेको त्रिविका सूचना अधिकारी योगेन्द्र ढकालले जानकारी दिए । उक्त समारोहमा प्रमुख अतिथिका रुपमा राष्ट्रपति रामचन्द्र पौडेल सहभागी हुने उनले बताए । त्यस्तै, त्रिविका कुलपति
काठमाडौँ । शनिवार राष्ट्रिय सभा गृहमा इको मेला सम्पन्न भयो । वन्यजन्तु संरक्षण संघ नेपालसँगको सहकार्यमा मेला आयोजना गरिएको थियो । वातावरणीय शिक्षा र संरक्षण प्रवर्धन गर्न हरित विद्यालय कार्यक्रम र अन्य पहलहरू सञ्चालन गर्न महानगरपालिकाले संरक्षण संघसँग समझदारी पत्रमा हस्ताक्षर गरेको छ । मेलामा सामुदायिक विद्यालयहरुले वातावरण संरक्षण र
काठमाडाैं । नेपाली इन्जिनियरिङ कलेजका विद्यार्थीले १५ लाख बढीकाे अन्तर्राष्ट्रिय अनुसन्धान अनुदान प्राप्त गर्न सफल भएका छन् । कलेजका विद्यार्थी विप्लव पनेरु र भर्खरै स्नातक गरेका अनुप पौडेलसँगै पुल्चोक क्याम्पसका केमिकल इन्जिनियरिङका स्नातक चौथो वर्षका विद्यार्थी विश्व पनेरुले अन्तर्राष्ट्रिय अनुसन्धान अनुदान प्राप्त गरेका हुन् । उनीहरूले ‘टेक्नो-इकोनोमिक एनालिसिस अफ क्रायोजेनिक
१ ,पुस ,बराहक्षेत्र (सुनसरी) । नेपालको ‘श्रीलङ्का टापु’ भनेर चिनिने बराहक्षेत्र नगरपालिकाको वडा नं ६ स्थित आधारभूत तहको विद्यालय सञ्चालन गर्न पनि जनशक्ति अभाव भएको छ । सप्तकोशीपारिको एकमात्र सो जनता आधारभूत विद्यालयमा शिक्षक अभाव हुँदा दैनिक पठनपाठनमा समस्या भएको हो । आवश्यकतानुसारका शिक्षक नहुँदा विद्यालयको पठनपाठनमा बाधा पुगिरहेको विद्यालयका