Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१६ माघ २०८२, शुक्रबार
१६ माघ २०८२, शुक्रबार

विद्यालयको पढाइले मात्र पठन संस्कृतिको विकास हुँदैनः अध्यक्ष ओली


काठमाडौं। नेपाल कम्युनिष्टछ पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओली विद्यालयको पढाइले मात्रै पठन संस्कृतिको विकास नहुने बताएका छन्।

नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासङ्घको सातौँ राष्ट्रिय महाधिवेशन आज यहाँ उद्घाटन गर्दै उनले पढन संस्कृतिको विकास गर्नका लागि हरेक नागरिक सचेत हुनुपर्नेमा बताउदै खोज, अनुसन्धान, लेखन र सिर्जनशीलको विकास गर्नसके पठन संस्कृतिको विकास गर्न सकिने उनको भनाइ रहेको थियो ।

अध्यक्ष ओलीले कोरोना महामारीपछि सबै राष्ट्र पुनरुत्थान भइसक्दा पनि नेपालको अर्थतन्त्र भने कोभिडका कारण कमजोर भयो भन्नुको कुनै अर्थ नभएको उल्लेख गरे । “अहिलेको अर्थतन्त्र कोरोना भाइरसले ओरालो लागेको होइन । यदि कोरोना भाइरसले अर्थतन्त्र ओरालो लाग्थ्यो भने अमेरिका, चीन भारतलगायत देशको अर्थतन्त्र ऋणात्मकमा झरेको हुने थियो”, उनले “सबै देश पुरुत्थानमा भइसके,तर हामी जहाँको त्यही छौँ ।”

उनले नेपालको राजनीतिक परिस्थितिमा कुन बेला को सरकारमा हुन्छ को हुँदैन भन्ने कुरा भन्न नसक्ने अवस्था रहेको बताए । अध्यक्ष ओलीले एमाले इतिहास र जिम्मेवारी बोकेका देश बनाउने भिजन रहेको पार्टी रहेको बताएका छन् ।

नेपाली कांग्रेसका सहमहामन्त्री भीष्मराज आङ्देम्बेले पुस्तकले मानिसको ज्ञान बढाउने भन्दै अहिले सामाजिक सञ्जालको कारणले पठन संस्कृति हराउँदै गएको बताए।

उनले पुस्तकमा सरकारले अनावश्यक कर लगाउन नहुने भनाइ राखे। त्यस्तै, भोलिसम्म सञ्चालन महाधिवेशनले नयाँ नेतृत्व चयन गर्नेछ ।


प्रकाशित मिति: १८ फाल्गुन २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?