Trending
>>   आज मिति २०८२ साल मंसिर २७ गते शनिवार, हेर्नुहोस् आजको राशिफल >>   एमालेले विधान संशोधन नगर्ने, १५ पदाधिकारी र २५१ जनाको केन्द्रिय कमिटी रहने >>   ७६ हजार १७० पिस ट्रामाडोल लागुऔषधसहित वीरगञ्जबाट ४ जना पक्राउ >>   आम नागरिकलाई सुशासनको अनुभुति हुनेगरी काम गर्नेछुः नवनियुक्त श्रममन्त्री भण्डारी >>   एमाले महाधिवेशन प्रतिनिधिहरु सूर्यअंकित रातो ढाका टोपीमा सजिए >>   राजसंस्था जनमत संग्रहबाट होइन, सबैको सहमतिबाटै पुनःस्थापित गर्नुपर्छः राप्रपा >>   लैङ्गिक हिंसा न्युनिकरणको लागि एकीकृत कानून निर्माणको तयारीमा सरकार >>   निर्वाचन निर्वाध सम्पन्न गरी अहिलेको अवस्थालाई सहज निकास दिन आवश्यकः राष्ट्रपति >>   साहित्यले समाजको पथप्रर्दशकको काम गर्नुपर्दछः ओली >>   सशस्त्र प्रहरी प्रमुख अर्यालको तीन वर्षे उपलब्धिसँगै निर्वाचनलक्षित सुरक्षा रणनीति सार्वजनिक
Logo
२६ मंसिर २०८२, शुक्रबार
२६ मंसिर २०८२, शुक्रबार

हेडसरहरुकाे एकै स्वर-‘शिक्षक र अभिभावक दुवैलाई तालिम चाहियाे’


काठमाडौँ । पूर्व प्राथमिक कक्षाहरुको प्रभावकारी सञ्चालनका लागि शिक्षक र अभिभावक दुवै पक्षलाई तालिम चाहिएको छ । काठमाडौँ महानगरपालिकाभित्रका सामुदायिक विद्यालयका प्रधानाध्यापकहरुले शिक्षण सामग्री, शिक्षकको संख्या थप, आयाको व्यवस्था, वाहिरी वातावरणमा सहयोग, सिकाइमैत्री कक्षा कोठा, शिक्षक सहजकर्तासँगै अभिभावक र शिक्षक दुवैलाई तालिम उपलब्ध गराउनु पर्ने बताउनुभएको हो ।

बिहीबार पूर्व बाल बिकास र शिक्षामा प्रधानाध्यापकहरुको वुझाइ थाहा पाउन तथा आधारभूत विषयमा साझा धारणा निर्माण गर्न आयोजना गरिएको अभिमुखीकरण कार्यक्रममा उहाँहरुले यस्तो धारणा राख्नुभएको हो ।

शैक्षिक विकास तथा सुधारका राष्ट्रिय नीति तथा रणनीति छन् । महानगरपालिकाले बालमैत्री शिक्षण सिकाइ र शैक्षिक गुणस्तर सुधारका लागि नीति, कार्यक्रम र बजेटको व्यवस्था गरेको छ । यसको प्रभावकारी कार्यान्वयन गर्ने, दिगो विकास लक्ष्य प्राप्त गर्ने जस्ता क्रियाकलापमा शैक्षिक क्षेत्रको भूमिका छ । कार्यक्रम आयोजनाका विषयमा जानकारी दिँदै सहरी योजना आयोगका सदस्य इञ्जिनियर शैलेन्द्र झा भन्नुहुन्छ, ‘नीति, रणनीति, कार्ययोजना र प्रतिवद्धतासँग बिद्यालयहरुको अभ्यासका बिचमा देखिएको अन्तर कम गराउने उद्देश्यले अभिमुखीकरण कार्यक्रमको गरिएको हो ।’

झाका अनुसार चालु शैक्षिक सत्रमा महानगर गौरवको योजना ‘गरी खाने शिक्षा, महानगरको इच्छा’ अन्तर्गत प्रारम्भिक बाल विकास शिक्षाको स्तरोन्नतिका कार्यक्रमका लागि ९ करोड रुपैयाँ विनियोजन गरेको छ ।

महानगरपालिकाभित्रका ७६ वटा सामुदायिक विद्यालयहरुमा प्रारम्भिक बाल शिक्षा र विकासका लागि कस्तो अभ्यास भएको छ, काठमाडौँ विश्वविद्यालयको स्कूल अफ एजुकेसनले आधारभूत सर्वेक्षण गरेको छ । विश्वविद्यालयका मास्टर्स इन अर्ली चाइल्डहुड डिभलपमेन्ट कोर्षका संयोजक डा. मीनाक्षी दाहालकाअनुसार विद्यालय बाहिरको वातावरण, शौचालय र हात धुने ठाउँ, कक्षा कोठाको आकार र सिकाइ वातावरण, दिवा खाजाको व्यवस्था, शिक्षकहरुको योग्यता, सिकाइका क्षेत्र र सामग्रीहरुको उपलब्धताका कोणबाट अध्ययन गरिएको थियो ।

उहाँकाअनुसार भौगोलिक वनावटका दृष्टिले ३९ प्रतिशत विद्यालय सुरक्षित छन् । ३२ प्रतिशत सडकसँग जोडिएका छन् । १३ प्रतिशत मन्दिर र बजार क्षेत्रको प्रत्यक्ष सम्बन्धमा छन् । ८ प्रतिशत पहिरोलगायत प्राकृतिक विपदको जोखिममा छन् । १ प्रतिशत भूकम्पीय जोखिममा छन् । १ प्रतिशत घाट वा मानव अन्त्येष्ठि स्थल नजिक छन् । १ प्रतिशत जङ्गल नजिक, १ प्रतिशत बाढी प्रभावित क्षेत्रमा, १ प्रतिशत फोहोर व्यवस्थापन हुने स्थल नजिक छन् ।

वाहिरी वातावरणअन्तर्गत ५८ प्रतिशत विद्यालयमा वाह्य क्रियाकलापका लागि खेल मैदान छ । ४२ प्रतिशतमा छैन । खेल मैदान भएकामध्ये ३१ प्रतिशत विद्यालयमा पिङ्, चिप्लेटी, टनेल, चाकाचुलीजस्ता खेल सामग्री राखिएका छन् । ६९ प्रतिशतमा छैन । २३ प्रतिशत विद्यालयमा बालमैत्री शौचालय छ । ७७ प्रतिशतमा छैन । भएका शौचालयमध्ये पनि १७ प्रतिशत सफा छन् । ८३ प्रतिशत सफा छैनन् । १५ प्रतिशतमा हात धुने साबुन राखिएको छ । ८५ प्रतिशतमा छैन ।

कक्षा कोठाको आकारका दृष्टिले हेर्दा २८ प्रतिशतमा पर्याप्त ठाउँ भएका छन् । ७२ प्रतिशत साँघुरा छन् । ६ प्रतिशतमा उमेरगत कक्षा व्यवस्थापन गरिएको छ । ८ प्रतिशतमा मिश्रित उमेर समूहका कक्षा छन् । ८६ प्रतिशतमा यसको ख्याल गरिएको छैन ।


प्रकाशित मिति: ३० फाल्गुन २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?