Trending
>>   यी दुइ प्रदेशमा हल्का बर्षाको सम्भावना,हिमाली भेगमा हिमपात हुने >>   आज मिति २०८१ साल मङ्सिर ०९ गते आइतबार,हेर्नुहोस आजको राशिफल >>   चलचित्र भवनमा स्वदेशी चलचित्रकै दबदबा >>   पशुअधिकारका लागि ‘भिगन ग्यालरी’ >>   चार महिनामा साढे चार खर्ब व्यापार घाटा >>   चितवनमा पिकनिक गएर फर्कंदै गरेको स्कुल बस दुर्घटना, २८ जना घाइते >>   पूर्वमन्त्री पदम राईको निधन >>   अमेरिकी राष्ट्रपति निर्वाचित ट्रम्प र नेटो प्रमुख रुटबिच ‘विश्वव्यापी सुरक्षा’बारे छलफल >>   प्रहरी महानिरीक्षक कुँवरबाट नवनिर्मित भवन उद्‌घाटन >>   डब्लुुएमएसी वेल्स खेल्दै सन्जित
Logo
९ मंसिर २०८१, आईतवार
९ मंसिर २०८१, आईतवार

शिक्षा


चैत ३० गते निर्वाचन गर्न चार विद्यार्थी सङ्गठनबीच सहमति

२३ चैत्र, काठमाडाैँ । चार विद्यार्थी सङ्गठनबीच त्रिभुवन विश्वविद्यालय (त्रिवि)का बाँकी रहेका क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन यही चैत ३० गते गर्ने सहमति भएको छ । उनीहरुले निर्वाचन बिथोल्ने कुनै पनि गतिविधि नगर्ने प्रतिबद्धता जनाएका छन् । नेपाल विद्यार्थी सङ्घका अध्यक्ष दुजाङ शेर्पा, अनेरास्ववियुका अध्यक्ष समिक बडाल, अनेरास्ववियु (क्रान्तिकारी)का

एउटै परीक्षा केन्द्रबाट एसईई दिइरहेका नक्कली परीक्षार्थीको आशंकामा ५२ जना पक्राउ

२३ चैत्र, मोरङ । अर्काको नाममा परीक्षा दिइरहेको आशंकामा ५२ जना प्रहरीको नियन्त्रणमा परेका छन् । मोरङको सरस्वति माध्यमिक विद्यालय परीक्षा केन्द्रबाट ५२ जनालाई प्रहरीले नक्कली परीक्षार्थीको आशंकामा नियन्त्रणमा लिएको हो । यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ । एसईईमा आज सामाजिक विषयको परीक्षा भइरहेको छ ।

एकै मितिमा स्ववियु निर्वाचन गराउन माग

२२ चैत्र, काठमाडाैँ । तीन विद्यार्थी सङ्गठनले त्रिभुवन विश्वविद्यालय (त्रिवि) का रोकिएका क्याम्पसपमा एकै दिन स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन गराउन माग गरेका छन् । नेपाल विद्यार्थी सङ्घ, अनेरास्ववियु (क्रान्तिकारी) र अनेरास्ववियूको आज बसेको संयुक्त बैठकले रोकिएका क्याम्पसमा एकै दिन निर्वाचन गराउन माग गरेका हुन् । बैठकपछि नेविसङ्घका अध्यक्ष दुजाङ शेर्पा,

मुख्यमन्त्री गिरीले निरीक्षण गरे प्रस्तावित लुम्बिनी प्राविधिक विश्वविद्यालय निर्माण स्थल

२२ चैत्र, बाँके । लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरीले आज बाँकेको खजुरा गाउँपालिकास्थित प्रस्तावित लुम्बिनी प्राविधिक विश्वविद्यालय निर्माण स्थलको निरीक्षण गरेका छन् । विश्वविद्यालयका लागि गाउँपालिकामा रहेको वडा नं ७ मा ३७ र वडा नं ८ मा रहेको ८१ बिगाहा जमिन प्राप्तिका लागि प्रक्रिया अघि बढाउन लागिएको जनाइएको छ ।

विद्यार्थी खोज्न घरदैलो अभियान

२२ चैत ,दोधारा चाँदनी । कञ्चनपुरका सामुदायिक विद्यालयले विद्यार्थी भर्ना गर्न घरदैलो अभियान चलाएका छन् । यहाँको सबैभन्दा पुरानो विद्यालय बैजनाथ, महेन्द्रनगर माध्यमिक विद्यालय कटान, भृकुटी माध्यमिक विद्यालय महेन्द्रनगरलगायत जिल्लाका अन्य थुप्रै साुमदायिक विद्यालयले विद्यार्थी भर्नाका लागि घरदैलो अभियान सञ्चालन गरेका छन् । विभिन्न नयाँ योजना लगेर सामुदायिक विद्यालयमा विद्यार्थी

नेविसङ्घ तदर्थ समितिलाई पूर्णता दिन सहमति

२१ चैत ,काठमाडौँ । नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी सङ्घको तदर्थ समितिलाई दश दिनभित्र पूर्णता दिने सहमति भएको छ । पार्टीका सहमहामन्त्री भीष्मराज आङ्देम्बेको रोहवरमा आज पार्टी कार्यालयमा बसेको बैठकले सबै पक्षलाई समेटेर दश दिनभित्र तदर्थ समितिलाई पूर्णता दिने सहमति भएको हो । कांग्रेस केन्द्रीय कार्यालयका सचिव प्रेम केसीले

रामपुर क्याम्पसमा पुनः निर्वाचनको माग राख्दा हतगडी लगाएकोप्रति कांग्रेसको आपत्ति

२१ चैत्र, चितवन । कांग्रेसले पुनः निर्वाचनको माग राख्दा रामपुर कृषि क्याम्पसमा पटकपटक नेविसंघ कार्यकर्तामाथि धरपकड गरिएको भन्दै कांग्रेसले आपत्ति जनाएको छ । कांग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलले दोस्रोपटक विज्ञप्ति मार्फत घटनाको यथार्थ छानबिन गरी पुनः निर्वाचन गराउन माग गरेका हुन् । रामपुर कृषि क्याम्पस चितवनमा क्याम्पस प्रमुख र निर्वाचन

बन्द हुने अवस्थामा ‘श्रव्य पुस्तकालय’

२० चैत ,झापा । दृष्टिविहीनका लागि विर्तामोड–४ मा स्थापित ‘श्रव्य पुस्तकालय’ आर्थिक स्रोतको अभावले प्रयोगमै नआई बन्द हुने अवस्थामा पुगेको छ । तत्कालीन प्रतिनिधिसभा सदस्य पवित्रा खरेल निरौलाले संसद् विकास कोषमार्फत झापा नेत्रहीन सङ्घलाई दिएको बजेटबाट तीन वर्षअघि उक्त पुस्तकालय स्थापना गरिएको थियो । सङ्घले सो बजेटबाट ‘श्रव्य पुस्तकालय’का लागि

सामाजिक समावेशीकरण तालिम

२० चैत ,कर्णाली । कर्णाली तथा सुदूरपश्चिमका सरोकारवालालाई ‘लैङ्गिक समानता, अपाङ्गता र सामाजिक समावेशीकरण उत्तरदायी विपद् जोखिम न्यूनीकरण’सम्बन्धी तीन दिने तालिम प्रदान गरिएको छ । कर्णाली प्रदेश सरकार सामाजिक विकास मन्त्रालयको आयोजना तथा युरोपियन युनियनको आर्थिक सहयोग, युएनडिपी, युनिसेफ, युएनवुमन र स्याक नेपालको प्राविधिक सहयोगमा आइतबार वीरेन्द्रनगर सुर्खेतमा तालिम सम्पन्न

पर्यटन र रैथाने विश्वविद्यालय स्थापना गरिने

१९ चैत ,काठमाडौँ । सरकारले पर्यटन र रैथाने विश्वविद्यालय स्थापनका लागि प्रक्रिया अगाडि बढाएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीको अध्यक्षतामा आज बसेको मन्त्रीस्तरीय बैठकले यस्तो निर्णय गरेको हो । पर्यटन विश्वविद्यालय र रैथाने विश्वविद्यालय स्थापनाका लागि विद्येयक तर्जुमा समितिसमेत गठन गरिएको मन्त्रालयले जनाएको छ । मन्त्रालयका

सम्वन्धित समाचारहरु