Trending
>>   काठमाडौंको दरवारमार्गबाट स्रोत नखुलेको नगद सहित दुई जना पक्राउ >>   संसदीय दलको नेता छान्न केही समय लाग्छः रास्वपा >>   शिर्ष टोली एपिएफसँग चित्लाङले अंक खोस्यो >>   फागुनसम्म सरकारले उठायो ७ खर्ब ५१ अर्ब राजश्व >>   गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रिय सभा सदस्य बनाउन सरकारको सिफारिस >>   जेन–जी आन्दोलन जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै प्रदर्शन >>   काँग्रेसले टुंग्यायो २० जना समानुपातिक सांसद >>   चैतका लागि वाणिज्य बैंकहरुले व्याजदर घटाए >>   राप्रपाले समानुपातिकतर्फका सांसदको नामावली टुंगो लगायो >>   देशका विभिन्न स्थानमा वर्षा र हिमपातको सम्भावना
Logo
५ चैत्र २०८२, बिहीबार
५ चैत्र २०८२, बिहीबार

गर्मी बढेपछि गोरखा र तनहुँमा पनि विद्यालय बन्द


२७ जेठ, गोरखा । गर्मी अत्यधिक बढेपछि गोरखाको पालुङटार नगरपालिकाले नगरक्षेत्र भित्रका सवै विधालयमा पठनपाठन बन्द गरेको छ । गर्मीले विद्यालयमा पठनपाठन गर्न नसक्ने भएपछि नगरपालिकाले नगरक्षेत्रका ५३ वटै विधालय बन्द गर्ने निर्णय गरेको हो । ती सबै विद्यालय तीन दिन बन्द रहने पालुङटार नगरपालिकाका नगरप्रमुख विवस चिन्तनले जानकारी दिए ।

“गर्मी ह्वात्तै बढेपछि बालबालिकाहरुको स्वास्थ्यमा समेत असर पर्न सक्ने भएकाले विद्यालयहरु बन्द गरिएको हो, उनले भने, ‘अहिले दिइएको विदालाई आउदो बर्खे विदाबाट कट्टी गर्ने गरी २८ आइतबारदेखि मंगलबारसम्म सम्पूर्ण विधालयहरु बन्द गर्ने निर्णय गरिएको हो ।’

गर्मी कम नभए निर्णय गरेर बिदा थप लम्ब्याउन सकिने नगरप्रमुख चिन्तनको भनाई छ । ‘विद्यालयका भवन समेत तातेर दिउँसोको समयमा बालबालिकाहरु कक्षा कोठा भित्र पनि बस्नै नसक्ने अबस्था छ, उनले भने, ‘यस्तो अवस्थामा विद्यालय बन्द गर्नु नै उचित हुने देखेर केहीदिनका लागि पठनपाठन रोकिएको हो ।’

पालुङटार क्षेत्रमा पछिल्लो समय ४० डिग्रीभन्दा बढी तापक्रम मापन गरिएको नगरप्रमुख चिन्तनले बताए । ‘हिजो आज तापक्रम घट्नु भन्दा झनझन बढ्दै गएको छ, उनले भने, ‘ठूला मानिसहरुलाई दिनको समयमा घर बाहिर निस्किएर हिडडुल गर्न कठिन भएको छ ।’

पालुङटार नगरपालिका भित्र ८ हजारभन्दा बढी विद्यार्थीहरु अध्ययनरत रहेको नगरपालिकाका शिक्षा, युवा तथा खेलकुद शाखाका अधिकृत माधव पोखरेलले जानकारी दिए । गर्मीका कारण धुवाकोट, मिरकोट, च्याङली, पालुङटार, ठाटीपोखरी क्षेत्रका बिद्यालयमा अध्ययनरत विद्यार्थीहरु बढी प्रभावित भएको नगरपालिकाले जनाएको छ ।


प्रकाशित मिति: २७ जेष्ठ २०८०, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?