काठमाडौँ । त्रिभुवन विश्वविद्यालय अन्तर्गतको शंकरदेव क्याम्पसमा रिक्त क्याम्पस प्रमुख पदका लागी क्याम्पस प्रमुख छनौट समितिले सूचना जारी गर्दै त्रिभुवन विश्वविद्यालय सङ्गठन तथा शैक्षिक प्रशासन सम्बन्धी नियम बमोजिम सात दिनभित्र आवेदन दिन आग्रह गरेको छ । आवश्यक कागजातहरू र आशयपत्र सक्कलप्रति (हार्डकपी) शिक्षाध्यक्षको कार्यालयमा सिलबन्दी गरी बुझाउन समेत आग्रह गरिएको
काठमाडौँ । शिक्षक सेवा आयोगले निम्न माध्यमिक तहको अध्यापन अनुमति पत्र (लाइसेन्स) आवेदन फारम भर्ने म्याद कार्तिक २ गतेसम्मको लागी थप गरेको छ। अनलाइन पोर्टलमा दरखास्त फाराम भर्ने परीक्षार्थीहरूको अत्यधिक चाप रहेकाले सिङ्गल दस्तुरमा कार्तिक २ गतेसम्म र यसैगरी दरखास्त दस्तुर कार्तिक ४ गतेसम्म तिर्न सकिने आयोगले जनाएको छ। यसैगरी,
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले ‘नेपाल विश्वविद्यालयका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ संविधानको धारा ११३ को उपधारा २ बमोजिम प्रमाणीकरण गरेका छन् । सदनको दुवै बैठकबाट पारित भएर आएसँगै राष्ट्रपतिले प्रमाणीकरण गर्नुभएको राष्ट्रपति कार्यालयका उपसचिव अर्चना खड्का अधिकारीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
नेपालका कान्छा सुब्बा: उनी हुन कपिलवस्तुका विशाल घिमिरे जो अहिले १८ वर्ष ९ महिना पुगेका छन्। उनले सानै उमेरमा कुनै पनि लोकसेवाका कक्षा नलिएर नै पहिलाे प्रयासमा नायब सुब्बामा नाम निकाल्न सफल भएका छन।
काठमाडौं। पठन संस्कृति विकासका लागि साझा प्रकाशनको पुस्तक प्रदर्शनी प्रकाशनको परिसरमा जारी छ । पुस्तक प्रदर्शनीमा पाठक वर्गले उल्लेख्य उपस्थिति जनाएका छन् । साझा प्रकाशनले पाठकका लागि प्रदर्शनीमा छुट दिएर पुस्तक प्रदर्शनीमा राखेको हो । साहित्यकारहरुका पुराना पुस्तकहरुलाई पुनः मुद्रण गरेर प्रदर्शनीमा राखिएको छ । जुन पुस्तकहरु बाहिर पाउन मुस्किलप्रायः
काठमाडौँ । त्रिभुवन विश्वविद्यालय कृषि र पशु विज्ञान अध्ययन संस्थानले स्नातक तहको प्रवेश परीक्षा अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरेको छ। अविरल वर्षाका कारण त्रिभुवन विश्वविद्यालयका परीक्षार्थीलाई आवतजावत गर्न समस्या भएपछि परीक्षा स्थगित गरिएको हाे।
काठमाडौँ । काठमाडौँ विश्वविद्यालय र बहुजातीय साहित्य सम्बन्धी अन्तर्राष्ट्रिय संस्था ‘द सोसाइटी फर द स्टडी अफ द मल्टि इथ्निक लिटरेचर अफ द वर्ल्ड (MELOW)’ को संयुक्त आयोजनामा २०८१ असोज ११ गतेदेखि १३ गते (सेप्टेम्बर २७ देखि २९, २०२४) सम्म काठमाडौँ विश्वविद्यालयमा २५औँ अन्तर्राष्ट्रिय बहुजातीय साहित्य सम्मेलन आयोजना हुने भएको छ।
काठमाडौं । झापाको बिर्तामोडमा १५ दिने किताव मेला शुरु भएको छ । सोमवारबाट शुरु भएको किताव मेला आगामी असोज २३ गतेसम्म चल्ने मेला आयोजक संस्थाहरूमध्ये वीरता रिडर्सका संयोजक तीर्थ सिग्देलले जानकारी दिएका छन् । मेलामा विभिन्न विधानका कितावहरू राखिएको छ । झापाली साहित्यकारहरूले रचना गरेका कितावहरूको छुट्टै स्टल राखिएको छ
काठमाडौं । सत्तारुढ काँग्रेस–एमालेका सांसदहरुले शिक्षकहरुलाई दलीय संलग्नतामा निषेध गर्ने कानूनी व्यवस्था कडाईका साथ लागू गर्न सरकारसँग माग गरेका छन् । शुक्रवार संघीय संसद प्रतिनिधि सभा अन्तर्गतको शिक्षा , स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा काँग्रेस सांसद चन्दा चौधरी र एमालेका सांसद रघुजी पन्तले शिक्षकहरुलाई दलीय राजनीतिक संलग्न नगराउने कानून यसअघि
काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले सरकार विद्यालय शिक्षा ऐनलाई छिटो पारित गर्नेगरी अघि बढिरहेको बताएकी छिन् । आईतवार राष्ट्रिय शिक्षा दिवस मुल समारोह समितिले काठमाडौंमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन् । उनले शिक्षकलाई मासिक रुपमा पारिश्रमीक प्रदान गर्न पनि सबै स्थानीय तहलाई अनुरोध गरिसकेको