Trending
>>   एमालेले विधान संशोधन नगर्ने, १५ पदाधिकारी र २५१ जनाको केन्द्रिय कमिटी रहने >>   ७६ हजार १७० पिस ट्रामाडोल लागुऔषधसहित वीरगञ्जबाट ४ जना पक्राउ >>   आम नागरिकलाई सुशासनको अनुभुति हुनेगरी काम गर्नेछुः नवनियुक्त श्रममन्त्री भण्डारी >>   एमाले महाधिवेशन प्रतिनिधिहरु सूर्यअंकित रातो ढाका टोपीमा सजिए >>   राजसंस्था जनमत संग्रहबाट होइन, सबैको सहमतिबाटै पुनःस्थापित गर्नुपर्छः राप्रपा >>   लैङ्गिक हिंसा न्युनिकरणको लागि एकीकृत कानून निर्माणको तयारीमा सरकार >>   निर्वाचन निर्वाध सम्पन्न गरी अहिलेको अवस्थालाई सहज निकास दिन आवश्यकः राष्ट्रपति >>   साहित्यले समाजको पथप्रर्दशकको काम गर्नुपर्दछः ओली >>   सशस्त्र प्रहरी प्रमुख अर्यालको तीन वर्षे उपलब्धिसँगै निर्वाचनलक्षित सुरक्षा रणनीति सार्वजनिक >>   आफ्नो वरिपरिकालाई मात्रै नेतृत्वका लागि योग्य ठान्ने ओली प्रवृत्ति अन्त्य गर्न चाहन्छौँः सुरेन्द्र पाण्डे
Logo
२६ मंसिर २०८२, शुक्रबार
२६ मंसिर २०८२, शुक्रबार

शिक्षा


प्राध्यापकलाई राजनीतिक दलको जिम्मेवारी दिइएको भन्दै आयोगले माग्यो जवाफ

७ जेठ, काठमाडाैँ । निर्वाचन आयोगले विश्वविद्यालयका प्राध्यापकहरु राजनीतिक दलमा आबद्ध भएको सम्बन्धमा सम्बन्धित राजनीतिक दल, प्राध्यापक र विश्वविद्यालयलाई पत्राचार गरी जवाफ माग गरेको छ । केही राजनीतिक दलले विश्वविद्यालयका प्राध्यापकहरुलाई केन्द्रीय सदस्य, महाधिवेशन प्रतिनिधि तथा महासमिति सदस्य बनाइएको भन्दै आयोगले पत्राचार गरेको हो । आयोगले सम्बन्धित राजनीतिक दललाई त्यसरी प्राध्यापकलाई

छात्रालाई साइकल र रु एक लाख वितरण

७ जेष्ठ ,सिन्धुली । मरिण गाउँपालिकाले उच्च शिक्षामा छात्राको आकर्षण गर्न र बालविवाह अन्त्यका लागि छात्रालाई प्रोत्साहनस्वरुप साइकल र रु एक लाख नगद वितरण गरेको छ । आर्थिक वर्ष २०७९/८० को स्वीकृत वार्षिक कार्यक्रमअनुसार साइकल र नगद वितरण गरेको मरिण गाउँपालिकाका अध्यक्ष विमर्श मोक्तानले जानकारी दिए । छात्रालाई विद्यालयसम्म आउनजान

उच्च शिक्षा पढ्न विदेशिने क्रम रोक्न आग्रह

६ जेठ, काठमाडाैँ । स्वदेशका विश्वविद्यालयलाई गुणस्तरीय बनाई उच्च शिक्षाका नाममा विद्यार्थी विदेशिने क्रम रोक्न शिक्षाकर्मीले आग्रह गरेका छन् । ‘उच्चशिक्षाको वर्तमान अवस्था’बारे उच्च शिक्षालय तथा माध्यमिक विद्यालय सङ्घ (हिसान), काठमाडौँ र खबर एजुकेशन डटकमद्वारा आयोजित नीतिगत संवादमा वक्ताले त्रिभुवन विश्वविद्यालय र अन्य विश्वविद्यालयमा वार्षिक क्यालेण्डर कार्यान्वयन नहुनु, नवप्रवर्तन, अध्ययन अनुसन्धानमुखी

तुलसीपुरका शिक्षकलाई अक्षर सुधार तालिम

६ जेष्ठ ,तुलसीपुर । दाङको तुलसीपुर उपमहानगरपालिकाले विद्यार्थीका अक्षर सुधार अभियान सुरुआत गरेको छ । उपमहानगरपालिकाका शिक्षा महाशाखा प्रमुख चक्र भण्डारीका अनुसार पहिलो चरणमा सरकारी विद्यालयमा कार्यरत शिक्षकलाई अक्षर सुधार तालिम प्रदान गरिएको छ । शिक्षकलाई तीन दिने तालिम प्रदान गरेपछि ती शिक्षकले विद्यालयमा विद्यार्थीलाई अक्षर सुधार गर्न सिकाउने उनले

पाकिस्तानमा २ करोड २८ लाख बालबालिका विद्यालयको पहुँच बाहिर

५ जेठ, एजेन्सी । पाकिस्तानमा ५ देखि १६ वर्ष उमेर समूहका अनुमानित दुई करोड २८ लाख बालबालिकाको विद्यालयमा पहुँच नरहेको अनुमान गरिएको छ । पाकिस्तान विश्वमै सबैभन्दा बढी विद्यालयको पहुँचमा नरहेका बालबालिका भएको मुलुकमध्ये एक रहेको योजना विकास मन्त्रालयले बुधबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ । पाकिस्तानले विद्यालयको पहुँच बाहिर रहेका

राष्ट्रिय परीक्षा बोर्डले गर्यो तीन केन्द्राध्यक्षलाई कारबाही

१ जेठ, काठमाडाैँ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को वार्षिक परीक्षामा मर्यादाविपरीत कार्य गर्ने तीन केन्द्राध्यक्षलाई कारबाही गरेको छ । उक्त बोर्डले एक सूचना जारी गरी गत वैशाख २९ र ३१ गते सञ्चालन गरेको परीक्षामा मर्यादाविपरीत कार्य गरिएकाले एक जनालाई बर्खास्त गरिएकोे र अन्य दुई जनालाई सचेत गराएर छाडिएको

निजी छोडेर सरकारी विद्यालयमा जाँदै विद्यार्थी

२ जेठ, उदयपुर । विगतका वर्षमा निजी विद्यालयमा देखिने आकर्षण पछिल्लो समय सरकारी विद्यालयमा पनि देखिन थालेको छ । अङ्ग्रेजीमाध्यमबाट पठनपाठन हुन थालेपछि गाईघाटका सरकारी विद्यालयमा विद्यार्थीको आकर्षण देखिएको हो । पाँच/छ वर्षअघिसम्म नेपाली र अङ्ग्रेजी दुवै माध्यममा पठनपाठन सुरु गरेको सदरमुकाम गाईघाटको त्रियुगा नमुना, बालमन्दिर, अम्बेबरमावि राजाबास क्षेत्रका सरकारी विद्यालयमा

घोषणामा सीमित पर्वतीय खेलकुद तालिम केन्द्र

२ जेष्ठ ,गण्डकी । मुस्ताङ र बागलुङमा उच्च पर्वतीय (हाइ अल्टिच्युड) खेलकुद तालिम केन्द्र निर्माणको घोषणा अलपत्र परेको छ । सङ्घ र प्रदेश सरकारले अघि सारेका दुई ठूला खेल पूर्वाधारले वर्षौँ बित्दा पनि गति लिन नसकेका हुन् । गण्डकी प्रदेश सरकारले आर्थिक वर्ष २०७५/७६ मा मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिकामा सो

अब घरबाटै एनओसी लिन सकिने

१ जेठ, काठमाडाैँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयअन्तर्गतको वैदेशिक अध्ययन अनुमति शाखा (एनओसी)ले विद्युतीय प्रणालीको प्रयोग गरी वैदेशिक अध्ययन स्वीकृति पत्र लिनसक्ने व्यवस्थाको सुरुवात गरेको छ । सोमबार एनओसी कार्यालयमा एक कार्यक्रमको आयोजना गरी विद्युतीय प्रणालीको प्रयोग गरी वैदेशिक अध्ययन स्वीकृति पत्र लिनसक्ने व्यवस्थाको सुरुवात गरिएको हो । आजबाट

भरतपुर महानगरद्वारा छात्रालाई साइकल वितरण

१ जेठ, चितवन । भरतपुर महानगरपालिकाले एक सय २६ छात्रालाई निःशुल्क साइकल वितरण गरेको छ । छात्रासँग मेयर कार्यक्रमअन्तर्गत आइतबार छ वडाका १३ विद्यालयमा अध्ययन गर्ने विपन्न छात्रालाई महानगर प्रमुख रेनु दाहालले साइकल वितरण गरिन् । महानगरपालिकाको सामाजिक विकास महाशाखाका अनुसार महानगरपालिकाले यसअघि २२ वडाका विपन्न छात्रालाई साईकल वितरण गरिसकेको

सम्वन्धित समाचारहरु