Trending
>>   माजिपा लाखे आजुको उग्र तर करुणामयी नृत्यारम्भ (फोटो फिचर) >>   डीएनए परीक्षण गर्न चीनद्वारा नेपाललाई आवश्यक प्रविधि हस्तान्तरण >>   बेपत्ता नागरिकलाई ‘मृतक सरह’ मान्यता दिन नेकपा सांसदको माग >>   सुरक्षाकर्मीका लागि जलविद्युत आयोजनामा २ प्रतिशत आईपीओ सुनिश्चित गरिने >>   मन्त्रिपरिषद्को दैनिक कार्यभार अर्थमन्त्री वाग्लेलाई >>   बाढीका कारण जलविद्युत क्षेत्रमा ४१० मेगावाट क्षतिः ८ सयभन्दा बढी अझै बेपत्ता >>   जानकी मन्दिर विश्व सम्पदा सूचीमा लैजाने प्रक्रिया अघि बढ्यो : सांसद झा >>   महँगी, बाढी पीडितको राहत र सञ्चार क्षेत्रका समस्यामा सांसदहरूको सरकारलाई दबाब >>   एमाले केन्द्रिय कमिटी बैठक आज पनि जारी >>   हनुमानढोकामा इन्द्रध्वजा स्थापनासँगै काठमाडौंमा ऐतिहासिक इन्द्रजात्रा आरम्भ (तस्बिरहरु)
Logo
८ आश्विन २०८३, बिहीबार
८ आश्विन २०८३, बिहीबार

सेनाद्वारा भिरबाट खसेका व्यक्तिको उद्धारको नमूना प्रदर्शन


२० जेष्ठ ,तम्घास । सङ्ग्राम सार्दुल गुल्मले भीरबाट खसेका व्यक्तिको उद्धारको नमूना प्रदर्शन गरेको छ । आज गुल्मी सदरमुकाम तम्घास नजिकै नेपाली सेनाले रेसुङ्गा नगरपालिका–३ भाडगाउँमा नमूना प्रदर्शन गरेको हो ।

भीरबाट खसेका व्यक्तिको तीव्र उद्धारका लागि गरिने तरिकाबारे नमूनामा देखाइएको थियो । स्थानीय दुई व्यक्तिलाई भिरबाट लडेको, स्थानीयले प्रहरीलाई खबर गरेको र सेनाले तत्काल उद्धार गरी अस्पतालसम्म पु¥याएको नमूनामार्फत देखाइएको थियो ।

भिरबाट व्यक्ति लड्नासाथ सँगै रहेका व्यक्तिले गुहार मागे । सुरक्षाकर्मीलाई त्यो खबर थाहा हुनासाथ सेनाको समूहले फसेका व्यक्तिलाई निकाल्नका लागि डोरी, क्याराविनर, हार्नेस, गल्भस र हेलमेटको प्रयोग गरेर लडेका व्यक्ति भएको खोचमा पुगेर लडेका दुईलाई सकुशल उद्धार गरी सामान्य उपचारपछि अस्पताल लगेको नमूना प्रदर्शन गरिएको थियो ।

गुल्मका प्रमुख अनिल खड्काले विपत्को समयमा तत्काल उद्धार गर्न विपत् प्रतिकार्य अभ्यास गरिएको बताए । गुल्मीका सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद गैरेले योभन्दा अगाडि आगो लागेको निभाउने तरिका, बाढी आउँदा र पहिरो जाँदा गरिने अभ्यासको पनि नमूना प्रदर्शन गरिएको बताए ।


प्रकाशित मिति: २० जेष्ठ २०८०, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?