Trending
>>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य >>   राष्ट्रिय सभाको बैठक बस्दै, यस्तो छ आजको कार्यसूची >>   बालेनको चुनावी अभियान आज कैलाली र कञ्चनपुरमा >>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा >>   राजुनाथ पाण्डेले गरे काठमाडौँ–३ बाट उम्मेदवारी दर्ता >>   बालेन्द्र साहले गराए झापा क्षेत्र नं. ५ बाट प्रतिनिधि सभा उम्मेदवारी दर्ता
Logo
१३ माघ २०८२, मंगलवार
१३ माघ २०८२, मंगलवार

सेनाद्वारा भिरबाट खसेका व्यक्तिको उद्धारको नमूना प्रदर्शन


२० जेष्ठ ,तम्घास । सङ्ग्राम सार्दुल गुल्मले भीरबाट खसेका व्यक्तिको उद्धारको नमूना प्रदर्शन गरेको छ । आज गुल्मी सदरमुकाम तम्घास नजिकै नेपाली सेनाले रेसुङ्गा नगरपालिका–३ भाडगाउँमा नमूना प्रदर्शन गरेको हो ।

भीरबाट खसेका व्यक्तिको तीव्र उद्धारका लागि गरिने तरिकाबारे नमूनामा देखाइएको थियो । स्थानीय दुई व्यक्तिलाई भिरबाट लडेको, स्थानीयले प्रहरीलाई खबर गरेको र सेनाले तत्काल उद्धार गरी अस्पतालसम्म पु¥याएको नमूनामार्फत देखाइएको थियो ।

भिरबाट व्यक्ति लड्नासाथ सँगै रहेका व्यक्तिले गुहार मागे । सुरक्षाकर्मीलाई त्यो खबर थाहा हुनासाथ सेनाको समूहले फसेका व्यक्तिलाई निकाल्नका लागि डोरी, क्याराविनर, हार्नेस, गल्भस र हेलमेटको प्रयोग गरेर लडेका व्यक्ति भएको खोचमा पुगेर लडेका दुईलाई सकुशल उद्धार गरी सामान्य उपचारपछि अस्पताल लगेको नमूना प्रदर्शन गरिएको थियो ।

गुल्मका प्रमुख अनिल खड्काले विपत्को समयमा तत्काल उद्धार गर्न विपत् प्रतिकार्य अभ्यास गरिएको बताए । गुल्मीका सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद गैरेले योभन्दा अगाडि आगो लागेको निभाउने तरिका, बाढी आउँदा र पहिरो जाँदा गरिने अभ्यासको पनि नमूना प्रदर्शन गरिएको बताए ।


प्रकाशित मिति: २० जेष्ठ २०८०, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?