२५ वैशाख, प्राग । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)को १५औँ क्षेत्रीय सम्मेलन चेक रिपब्लिकको राजधानी प्रागमा आइतबार सम्पन्न भएको छ । तीन दिनसम्म चलेको सम्मेलनमा परराष्ट्रमन्त्री नारायणप्रकाश (एनपी) साउद, संविधानसभाका अध्यक्ष सुवास नेम्वाङ, नेपाली कांग्रेसको संसदीय दलका प्रमुख सचेतक रमेश लेखक, राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झा, नेकपा (माओवादी केन्द्र)का नेता तथा
२४ वैशाख, वासिङटन । अमेरिकी राष्ट्रपति जो वाइडेनले अमेरिकामा नेपाली युवाले सञ्चालन गरिरहेको कम्पनी साइनसिक्सलाई अवार्ड प्रदान गरेका छन् । अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइटहाउसमा यही मे १ मा आयोजित समारोहमा नेपाली मूलका डा राज के भण्डारी र श्रद्धा पौडेलले संयुक्तरुपमा सञ्चालनमा ल्याएको साइनसिक्स कम्पनीलाई राष्ट्रपति वाइडेनले सम्मान गरेका हुन् ।
२४ वैशाख ,लन्डन । परराष्ट्रमन्त्री एनपी साउद बेलायतका राज चाल्र्स तृतीयको राज्याभिषेक समारोहमा सहभागी भएका छन् । वेस्टमिन्स्टर एबेमा शनिबार आयोजित विशेष समारोहमा मन्त्री साउद सहभागी भएका हुन् । उनि शनिबार साँझ बकिङ्घम प्यालेसमा विदेशी प्रतिनिधिका लागि आयोजना गरिएको स्वागत समारोहमा पनि सहभागी भएको लन्डनस्थित नेपाली दूतावासले जनाएको छ ।
२३ वैशाख, पोर्चुगल । २५६७औँ बुद्ध जयन्तीका अवसरमा पोर्चुगलको राजधानी लिस्बनमा बृहत् शोभायात्रा निकालिएको छ । लिस्बनस्थित अवैतनिक नेपाली महावाणिज्य दूतावासको संयोजन तथा पोर्चुगलमा रहेका नेपाली सङ्घसंस्थाको सक्रियतामा शुक्रबार लिस्बन सहरमा बृहत् शोभायात्रा निकालिएको हो । बुद्धका तस्बिर, बुद्ध नेपालमा जन्मेका हुन् लिखित ब्यानर, बुद्ध उपदेश लिखित प्लेकार्ड, नेपालको राष्ट्रिय झन्डा
२३ वैशाख, अमेरिका । अमेरिकामा ट्रकको ठक्करबाट नेपाली महिलाको मृत्यु भएको छ । टेक्सास राज्यमा प्रमिला सुवेदीले चलाएको कारलाई ट्रकले ठक्कर दिएपछि उनि घाइते भएकी थिइन् । उनको अस्पतालमा उपचारका क्रममा मृत्यु भएको बताइएको छ । उनी छोरालाई विश्वविद्यालय पुर्याएर फर्किने क्रममा दुर्घटनामा परेकी हुन् । उनी एनआरएन आइसीसीको अमेरिकाका क्षेत्रीय उपसंयोजक
२२ वैशाख, प्राग । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) को १५औँ युरोपेली सम्मेलन शुक्रबारदेखि चेक रिपब्लिकको राजधानी प्रागमा सुरु हुँदैछ । यही मे ५, ६ र ७ तारिखसम्म रहने सम्मेलनको उद्घाटन संविधानसभाका अध्यक्ष सुवास नेम्वाङले गर्ने सङ्घले जनाएको छ । अमेरिका, क्यानडा, मध्यपूर्व, जापान, मलेसिया र नेपाललगायत विश्वका ३५ भन्दा बढी
२२ वैशाख, क्यानडा । क्यानडामा रहेका नेपाली विद्यार्थीको हकहितको प्रतिनिधित्व गर्न नयाँ सङ्गठन स्थापना भएको छ । ‘न्यु ब्रन्सविक विश्वविद्यालयका एमफिल उत्तीर्ण (दर्शनाचार्य) अरुण बुढाथोकीको नेतृत्वमा नेपाली विद्यार्थी सङ्घ क्यानडा (एनस्याक) स्थापना भएको हो । सङ्घले आफ्ना सदस्यलाई नेटवर्किङ अवसर, सामाजिक कार्यक्रम, शैक्षिक सहयोग, वृत्ति विकास र हितको वकालतसहित विभिन्न सेवा
२१ वैशाख, काठमाडाैँ । परराष्ट्रमन्त्री एनपी साउद संयुक्त अधिराज्य बेलायतका राजा चाल्र्स तृतीयको राज्याभिषेकमा सहभागी हुन आज बिहान त्यसतर्फ प्रस्थान गरेका छन् । लण्डनमा रहँदा मन्त्री साउदले वेस्टमिन्स्टर एब्बेमा हुने राज्याभिषेक समारोहमा र बकिङ्घम दरबारमा हुने स्वागत समारोहमा सहभागी हुने मन्त्रालयले जनाएको हो । सो अवसरमा उनि अन्य औपचारिक कार्यक्रम
१० वैशाख, कम्बोडिया । राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र कम्बोडियाका प्रधानमन्त्री सम्देक टोको हुनसेनबीच भेटवार्ता भएको छ। कम्बोडियाको औपचारिक भ्रमणमा रहेका अध्यक्ष तिमिल्सिना र प्रधानमन्त्री हुनसेनका बीच शिष्टाचार भेटवार्ता भएको हो। भेटवार्ताका क्रममा कम्बोडिया र नेपालका बीच सिधा हवाई सेवा सञ्चालन गर्ने र द्वन्द्वाेत्तर दुई देशका बीचकाे शान्ति प्रक्रियाका अनुभवहरू
१९ वैशाख, वाशिङटन डिसी । विश्वका कुनै पनि देशबाट अमेरिका आएका जो कोही पनि आत्मनिर्भर र आर्थिक रुपले सहज जीवन बिताउने सपना देख्छन् । सुखद भविष्यको सपना साँचेर अवसरको खोजीमा अध्ययन, व्यवसायको सञ्जाल विस्तार, सुव्यवस्थित बसोबासका लागि अमेरिका आउनेहरु आज पनि उत्तिकै छन् । आफ्नो भूगोलबाट ठ्याक्कै विपरीत धु्रवमा रहेको