Trending
>>   बेपत्ता नागरिकलाई ‘मृतक सरह’ मान्यता दिन नेकपा सांसदको माग >>   सुरक्षाकर्मीका लागि जलविद्युत आयोजनामा २ प्रतिशत आईपीओ सुनिश्चित गरिने >>   मन्त्रिपरिषद्को दैनिक कार्यभार अर्थमन्त्री वाग्लेलाई >>   बाढीका कारण जलविद्युत क्षेत्रमा ४१० मेगावाट क्षतिः ८ सयभन्दा बढी अझै बेपत्ता >>   जानकी मन्दिर विश्व सम्पदा सूचीमा लैजाने प्रक्रिया अघि बढ्यो : सांसद झा >>   महँगी, बाढी पीडितको राहत र सञ्चार क्षेत्रका समस्यामा सांसदहरूको सरकारलाई दबाब >>   एमाले केन्द्रिय कमिटी बैठक आज पनि जारी >>   हनुमानढोकामा इन्द्रध्वजा स्थापनासँगै काठमाडौंमा ऐतिहासिक इन्द्रजात्रा आरम्भ (तस्बिरहरु) >>   भारी वर्षाको पूर्वानुमानसँगै पदयात्रा र हिमाल आरोहणमा उच्च शतर्कता अपनाउन पर्यटन बोर्डको अपिल >>   केपी ओली बिरुद्धका सबै षड्यन्त्रहरु असफल भएको महेश बस्नेतको दाबी
Logo
७ आश्विन २०८३, बुधबार
७ आश्विन २०८३, बुधबार

अमेरिकामा सवारी दुर्घटनामा परी दुई जना नेपालीको मृत्यु


५ असार, टेक्सस । टेक्ससस्थित टाइलरमा शनिवार भएको सडक दुर्घटनामा परी दुई जना नेपालीको मृत्यु भएको छ भने चार जना नेपाली घाइते भएका छन्। उहाँहरू सवार पिकअपलाई ट्रकले ठक्कर दिएको थियो।

दुर्घटनामा परी ३४ वर्षीय सिर्जन ज्ञवाली र ११ वर्षीय बालक इमेज कार्कीको मृत्यु भएको छ। उक्त दुर्घटनामा परी दिनेश कार्की , गङ्गा कार्की , इभान कार्की र सृजन प्याकुरेल घाइते भएका हुन् । प्याकुरेलको अवस्था सामान्य रहे पनि अन्य तीन जनाको अवस्था भने गम्भीर रहेको जनाएको छ ।

प्रहरीका अनुसार उनिहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । मृतक इमेज टेक्ससमा व्यवसाय गर्दै आएका दिनेश र गङ्गाका छोरा हुन् भने मृतक इवालीले कार्की परिवारको स्टोरमा काम गर्दै आएका थिए ।


प्रकाशित मिति: ५ असार २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?