२५ चैत्र, नुवाकोट । नुवाकोटको ऐतिहासिक भैरवी वर्ष बन्धन–२०७९ को विशेष दिन आज सिन्दुरे जात्रा मनाउन लागिएको छ । जात्राको मुख्य एवं विशेष दिन आज अपराह्न ३ बजेपछि विदुर नगरपालिका–२ भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाउन लागिएको हो । गत बिहीबार मध्यरातमा देवीघाटस्थित जालपादेवी मन्दिर नुवाकोटका
२५ चैत्र, पाल्पा । अधिकांश भजनकिर्तनमा पुरुषको वर्चस्व पाइन्छ । पुरुष समूहमा सहभागी भएर विभिन्न स्थानमा भजन गाउने गर्छन् । महिला सहभागिता कमै देखिन्छ । वैष्णव सम्प्रदायको केन्द्रीय कार्यालय रहेको राधा दामोदर नेपाल निम्वार्क पिठ केलादीधाममा राधे भजनमा महिलाको सक्रियता छ । मन्दिर आसपास स्थानीय महिला समूहमा आबद्ध भएर भजन गाउछन्
२४ चैत्र, भक्तपुर । भक्तपुरको प्रसिद्ध बिस्केट जात्राको तयारीबारेमा जिल्ला प्रशासन कार्यालयको नेतृत्वमा अनुगमन गरिएको छ । भक्तपुरका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालको नेतृत्व, सहायक प्रजिअ माधवप्रसाद शर्मा, भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापति, गुठी संस्थान भक्तपुरकी प्रमुख खिमा वली, जात्रा व्यवस्थापन समितिलगायत जात्रासँग सम्बन्धित सरोकारवाला व्यक्तित्वहरूको सहभागितामा अनुगमन गरिएको हो ।
२३ चैत्र, काठमाडाैँ । काठमाडौँको बालाजुमा बाइसधारा मेलामा स्नान गर्नेको घुँइचो लागेको छ । हरेक वर्षको चैत शुक्ल पूर्णिमाका दिनमा लाग्ने उक्त मेला आजदेखि सुरु भएको हो । काठमाडौँ महानगरपालिका–१६ बालाजुमा बाइसधारा मेला सुरु भएसँगै हिन्दू तथा बौद्ध धर्माबलम्बीहरु स्नान गर्न आज बिहानैदेखि बालाजु बाइसधारा पुगेका छन् । बाइसधारा मेला सुरु
२२ चैत्र, बाँके । बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–२ स्थित हनुमानगढीमा तीनदिने हनुमान जयन्ती सुरु भएको छ । अखण्ड रामायण पाठ अष्टयाम सङ्कीर्तन एवं निशान पूजनसहित सुरु भएको सो जयन्तीमा आज साँझ भारतको अयोध्याबाट आएको १२ जनाको विशेष टोलीले विशेष झाँकी, श्रीराम भजन, ताण्डव नृत्यलगायत कथा प्रवचन गर्ने हनुमानगढी मन्दिर सञ्चालन तथा
२२ चैत्र, भक्तपुर । मध्यपुरथिमिको बोडेको जात्रामा यस वर्ष २७ वर्षीय सुजन बाग श्रेष्ठले जिब्रो छेड्ने भएका छन् । बिस्काः जात्राको अवसरमा मध्यपुरथिमिको बोडेमा आयोजना हुने मौलिक शैलीको जात्रामा उनले जिब्रो छेड्न लागेका हुन् । जात्रामा जिब्रो छेड्ने स्थानीय श्रेष्ठ थरको पुरुष हुनुपर्ने परम्परा छ । यही परम्पराअनुसार यस वर्ष
२० चैत्र, भक्तपुर । यही चैत २७ गतेदेखि भक्तपुरमा सुरु हुने बिस्काः अर्थात् बिस्केट जात्रालाई शान्तिपूर्णरूपमा सम्पन्न गर्न सम्बन्धित निकायलाई जिम्मेवारी दिइएको छ । जिल्ला प्रशासन कार्यालयमा जात्रासँग सरोकार राख्ने सम्पूर्ण निकायकाबीच भएको छलफलमा जात्रा शान्तिपूर्ण, व्यवस्थित, भव्य र सभ्यरूपलमा सम्पन्न गर्ने सहमति भएको हो । हरेक वर्ष रथ तान्ने क्रममा
१६ चैत्र, खोटाङ । रामनवमीको अवसरमा खोटाङको हलेसीमा बृहत् मेला लागेको छ । हिन्दू, बौद्ध र किराँत धर्मालम्बीको सङ्गमस्थल हलेसीमा रामनवमीको अवसरमा १५ दिने मेला लागेको हो । हप्ता दिनअघिदेखि सुरु भएको उक्त मेला भर्नका लागि नेपाल बाहेक छिमेकी भारत, चीन, भुटान, बङ्गलादेश, दक्षिण कोरियालगायत राष्ट्रबाट हजारौँ दर्शनार्थी तथा भक्तजन हलेसी
१६ चैत ,दोधारा चाँदनी । कुनैबेला मालसामान किन्नेको भीड लाग्ने कञ्चनपुरको पुरानो ऐतिहासिक ब्रह्मदेव बजार अहिले पूर्णागिरिमा लाग्ने मेलामा आश्रीत छ । भारतको उत्तराखण्डस्थित पूर्णागिरि माताको दर्शन गरेपछि कञ्चनपुरको ब्रह्मदेवस्थित सिद्धबाबाको मन्दिरमा अनिवार्य दर्शन गर्नुपर्ने हुन्छ । पूर्णागिरि दर्शन गर्न आउने हरेक दर्शनार्थी बह्मदेव बजार पुग्छन । फागु पूर्णिमादेखि असार
१५ चैत्र, पोखरा । पोखराको प्रसिद्ध धार्मिकस्थल विन्ध्यवासिनी मन्दिरमा चैते दसैँ पर्वका अवसरमा आज बिहानदेखि भक्तजनको घुइँचो लागेको छ । मन्दिर दर्शन र पूजाआजाका लागि श्रद्धालुभक्तजन बिहान ४ बजेदेखि लामबद्ध थिए । मन्दिरमा पूजाका लागि नेपालीका साथै भारतबाटसमेत भक्तजन सहभागी भएको विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिले जनाएको छ । मन्दिरमा लाइनमा