Trending
>>   दुर्गा प्रसाईंले गरे पार्टी खोल्ने घोषणा >>   पुराना राजनीतिक दलहरुले केही गर्न सक्दैनन् भन्ने गलत भाष्यहरु निर्माण गरियो : देउवा >>   वैकल्पिक विकास वित्तसम्बन्धि विधेयकः सरकारले कस्तो बेला लगानी रोक्का गर्नसक्छ ? >>   संघीय निजामति सेवा विधेयकमा तल्लो तहका कर्मचारी उपेक्षितः सांसद रिजाल >>   मन्त्रालयका कर्मचारीहरुको कार्यशैलीप्रति उपप्रधानमन्त्री सिंह रुष्ट >>   इण्डोनेसियाको मध्य सुलावेसीमा ६.० म्याग्निच्युडको भूकम्प >>   जलवायु परिवर्तनले कुनै देश, भूगोल र राजनीतिक दल चिन्दैनः परराष्ट्रमन्त्री >>   नेपालले जलवायु परिवर्तनको दुःखद् अनुभव व्यहोरिरहेको छः मन्त्री ठकुरी >>   बजेट कार्यान्वयनमा गम्भीर समस्याः २७ प्रतिशत बुँदा कार्यान्वयनमै गएनन् >>   मधेसवादी नेता काठमाडौंमा प्रधानमन्त्रीको पूजा गर्छन्, मधेस पुगेर विरोध : अनिल झा
Logo
१ भाद्र २०८२, सोमबार
१ भाद्र २०८२, सोमबार

हनुमानगढीमा हनुमान जयन्ती सुरु


२२ चैत्र, बाँके । बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–२ स्थित हनुमानगढीमा तीनदिने हनुमान जयन्ती सुरु भएको छ । अखण्ड रामायण पाठ अष्टयाम सङ्कीर्तन एवं निशान पूजनसहित सुरु भएको सो जयन्तीमा आज साँझ भारतको अयोध्याबाट आएको १२ जनाको विशेष टोलीले विशेष झाँकी, श्रीराम भजन, ताण्डव नृत्यलगायत कथा प्रवचन गर्ने हनुमानगढी मन्दिर सञ्चालन तथा व्यवस्थापन समितिका उपाध्यक्ष जितेन्द्र सिंहले जानकारी दिए ।

उनले २८ घण्टा निरन्तर होम हुने उल्लेख गर्दै काठमाडौँ, विराटनगर, बुटवल, सुर्खेत, सल्यान भारतको बहराइज, सेराबस्ती, गोण्डालगायत क्षेत्रबाट भक्तजनको सहभागिता रहने बताए । स्थानीय प्रतिष्ठित व्यक्तिको चन्दाबाट उठेको रकमबाट करिब २० हजारलाई भण्डारा (भोजन) को व्यवस्थापन गरिएको छ । यसमा करिब रु २८ लाख खर्च हुने अनुमान गरिएको छ । “जहाँ जहाँ श्रीरामको कथा प्रवचन, भजन कीर्तन हुन्छ त्यहाँ त्यहाँ कुनै न कुनै रूपमा हनुमानजी प्रकट हुनुहुन्छ”, उनले भने ।

उनले हनुमानगढी गुरुजीको तपोभूमि भएको उल्लेख गर्दै यस स्थानमा गाईको सेवा हुने बताए । थानापती महन्त उमेश गिरीले हनुमानगढीको पवित्र स्थानमा भौतिक पूर्वाधारको कुनै संरचना नभएको उल्लेख गर्दै ३० वर्षदेखि गुरुजीले चरण राखेर गौशालाका रूपमा विकास भएको र अहिलेको कलियुगमा जुनसुकै ठाउँमा पनि हनुमानजीको चमत्कार भएको बताए । “विगतमा फोहोरको व्यवस्थापन गर्ने, कुस्ती खेल्ने ठाउँ भएको र बाल्दा नामको ऐतिहासिक तलाउ रहेको तर पछि ऋषिमुनिको आगमनपछि पाँच करोड गायत्री मन्त्रको जप भएको पवित्र स्थानका रूपमा यसलाई लिइएको छ”, थानापति महन्त गिरी भन्छन् ।

उनले जताततैबाट धर्ममाथि प्रहार भएकाले यसलाई बचाउन आवश्यक भएकामा जोड दिँदै धर्मप्रतिको आस्था र विश्वासलाई बलियो बनाउन आवश्यक रहेको बताए । धार्मिक अभियन्ता अर्जुन धिमालले हनुमान जयन्तीमा शिवजीको लीला, श्रीराम लीला प्रस्तुत हुने उल्लेख गर्दै अयोध्यामा जस्तै स्टेज बनाएर रातभर जाग्राम भजन हुने बताए । हनुमान जयन्तीको अन्तिम दिन रथ यात्रा, शोभायात्रा हुने र विशाल भण्डारा भएर समापन हुने बताइएको छ ।

अभियन्ता डा दिवाकर खनालले माल्दा तलाउ ऐतिहासिक भएको उल्लेख गर्दै हनुमानगढी र बागेश्वरी मन्दिरमा अदृश्य शक्ति भएको बताए । “बागेश्वरी माता हो हनुमानजी शिवाआंश हो”, उनले भने ।

ऐतिहासिक माल्दा तलाउ भएको स्थानमा तीन फिटको हनुमान मन्दिर बनाउन लागिएको छ । धार्मिक पर्यटन प्रवर्द्र्धनका लागि नेपालगञ्जको बागेश्वरीमा तीन महिनादेखि आरती हुँदै आएको छ ।


प्रकाशित मिति: २२ चैत्र २०७९, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?