Trending
>>   कांग्रेसको १५औँ महाधिवेशनमा युवा नेता भट्टद्वारा केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा >>   दशैँअघि नै अवरुद्ध सडक खुल्ने, पोडवे र तौल पुलको विषयमा संसदीय समितिमा बहस >>   चाडपर्वमा यात्रु ठगी रोक्न ‘यात्रु सहायता कक्ष’ र ‘क्यू–फ्री’ प्रणाली प्रभावकारी बनाइने >>   यातायात क्षेत्रको बेथिति र भ्रष्टाचारबारे सांसद पाण्डेको आक्रोशः ‘कार्यान्वयन नभए अनुगमनमा निस्किन्छौँ’ >>   चोलेन्द्र प्रक्राउबारे प्रचण्डको टिप्पणी :’छोरी पिटेर बुहारी तर्साउन खोजे’ सरकारले ठूलो मूल्य चुकाउनुपर्नेछ >>   ‘पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा फेरियो माहोलः नियमित उडानको आशाले पर्यटन व्यवसायी उत्साहित’ >>   उतारचढावमा बित्यो गत साता, आज सेयर बजार कता? >>   अवरुद्ध सडक खुलाउन २५० भन्दा बढी उपकरण तयारी अवस्थामाः प्राधिकरण >>   पृथ्वी राजमार्गको मलेखु–मुग्लिङ खण्ड खुलाउन १० उपकरण परिचालन, पहिरो पन्छाउने कार्य जारी >>   अविरल वर्षाले देशभर जनजीवन अस्तव्यस्तः दर्जनौं सडक अवरुद्ध, पुल बगायो
Logo
१२ आश्विन २०८३, सोमबार
१२ आश्विन २०८३, सोमबार

विन्ध्यवासिनीमा भक्तजनको घुइँचो


१५ चैत्र, पोखरा । पोखराको प्रसिद्ध धार्मिकस्थल विन्ध्यवासिनी मन्दिरमा चैते दसैँ पर्वका अवसरमा आज बिहानदेखि भक्तजनको घुइँचो लागेको छ ।

मन्दिर दर्शन र पूजाआजाका लागि श्रद्धालुभक्तजन बिहान ४ बजेदेखि लामबद्ध थिए । मन्दिरमा पूजाका लागि नेपालीका साथै भारतबाटसमेत भक्तजन सहभागी भएको विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिले जनाएको छ ।

मन्दिरमा लाइनमा बस्न नसक्नेहरुले बाहिरबाटै दर्शन तथा टीका ग्रहण गरिरहेका जानकारी दिँदै उक्त समितिका कोषाध्यक्ष इन्द्रप्रसाद अधिकारीले चैते दसैँको अवसर पारी टाढाटाढाबाट आएका भक्तजनले श्रद्धापूर्वक दर्शन गरिरहेको उल्लेख गरे । पछिल्लो समय भारतीय भक्तजनको सङ्ख्या बढेको र उनीहरु विन्ध्यवासिनी मन्दिर दर्शन गरेर मुक्तिनाथसम्म पुग्ने गरेका छन् । अधिकारीका अनुसार बिहीबार रामनवमी दिन बिहान ८ देखि ११ बजेसम्म मर्यादा पुरुषोत्तम श्रीरामका बारेमा स्वामी डा यतिराज आचार्यबाट विशेष प्रवचन हुनेछ ।

विन्ध्यवासिनीसँगै तालबाराही, भद्रकाली, लामाचौरको अकला मन्दिरलगायत धार्मिकस्थलमा भक्तजनको बाक्लो उपस्थिति रहेको छ ।


प्रकाशित मिति: १५ चैत्र २०७९, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?