४ चैत्र ,गोरखा । गोरखाको बारपाक सुलिकोट गाउँपालिकाले पालिकाभित्रका किसानलाई प्राङ्गारिक तथा जैविक मल बनाउने तालिम दिएको छ । गाउँपालिकाले वडा नम्बर ६ स्थित डाँडाथोकमा किसानलाई जैविक मल बनाउने तालिम दिएको गाउँपालिका कृषि शाखाका प्रमुख रोजिना मग्रातीले जानकारी दिएका छन्। “सहकारी संस्थामा आबद्ध रहेका ४० जना किसानलाई प्राङ्गारिक तथा जैविक
२ चैत्र, काठमाडाैँ । सरकारी स्वामित्वमा रहेको दुग्ध विकास संस्थान (डिडिसी) लैनचौरले दूधको मूल्य बढाएको छ । संस्थानले आजदेखि लागू हुने गरी नयाँ मूल्य ‘प्रिन्ट’ भएको ‘प्याकेट’ दूध बजारमा पठाएको हो । संस्थानका निमित्त उपमहाप्रबन्धक एवं सूचना अधिकारी राजेन्द्रप्रसाद अधिकारीले आजदेखि लागू हुने गरी देशभर दूधको मूल्य बढाएको राससलाई जानकारी दिए
२ चैत्र, कास्की । कृषि व्यवसायमा यान्त्रिकीकरणको माध्यमबाट न्यून लागतमा उत्पादन वृद्धिको योजनासहित कास्कीको मादी गाउँपालिकाले व्यावसायिक किसानलाई हातेट्र्याक्टर वितरण गरेको छ । गाउँपालिकाले चालु आर्थिक वर्षको कृषितर्फको स्वीकृत कार्यक्रमअन्तर्गत पहिलो चरणमा मङ्गलबार कृषकसँगको ५० प्रतिशत लागत साझेदारीमा अनुदानमा २४ वटा हातेट्र्याक्टर वितरण गरेको हो। गाउँपालिकाको १ देखि १२ वडाका
३० फागुन ,काठमाडौँ । कतारको दोहामा हुन लागेको दशौँ अन्तर्राष्ट्रिय कृषि प्रदर्शनीमा नेपालले सहभागिता जनाउने भएको छ । कतारस्थित दोहा कन्भेन्सन केन्द्रमा भोलि चैत १ गतेदेखि चैत ५ गतेसम्म हुने प्रदर्शनीमा नेपालबाट नेपाल निर्यात व्यवसायी महासङ्घले भाग लिएको हो । उक्त प्रदर्शनमा भाग लिन महासङ्घका उपाध्यक्ष एवं मेला आयोजक समितिका
३० फागुन, गलेश्वर । शिरानमा गाउँ, पुछारमा जंगल, बीचमा तीनवटा सुविधा सम्पन्न आधुनिक भवनसहितको किसानी कृषि प्राविधिक शिक्षालय । म्याग्दीको मालिका गाउँपालिका–७ बिमस्थित यो शिक्षालयले बाली विज्ञान विषय अध्ययन गर्ने विद्यार्थीहरूलाई उत्पादन र आम्दानीसँग जोड्ने उद्देश्यले ‘खेतबारीमा विद्यार्थी’ अभियान सञ्चालन गरेको छ । व्यावसायिक कृषितर्फ उन्मुख क्षेत्रमा बाली विज्ञान, पशु चिकित्सा
३० फागुन, दाङ। दाङको तुलसीपुर उपमहानगरपालिका–६ स्थित सेन्टर माध्यमिक विद्यालयले तरकारी बजारबाट लाखौँ आम्दानी गर्न थालेको छ । विद्यालयको १२ कठ्ठा जग्गामा तरकारी बजार निर्माण गरिएको थियो । बजार निर्माण भएपछि सो विद्यालयले २०७५ माघदेखि आय आर्जन गर्न थालेको हो । उपमहानगरपालिका, तरकारी तथा फलफूल व्यवसायी र विद्यालयबीच ता गरी त्यहाँ
२९ फागुन, काठमाडाैँ । सरकारले रासायनिक मलको खरिदमा कृषकलाई दिँदै आएको अनुदान घटाएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयकाअनुसार मल आपूर्ति तथा वितरण व्यवस्थापन समितिको आजको बैठकले अनुदान घटाउने निर्णय गरेको हो । “रासायनिक मलमा यसअघि समग्रमा ७० दशमलव ८२ प्रतिशत बराबर अनुदान दिइरहेकोमा अब ५९ दशमलव ०४ प्रतिशत कायम
कालीकोटमा उत्पादन हुने अर्गानिक कृषि बालीलाई पहिचान दिइने भएको छ । जिल्ला कृषि विकास कार्यालय कालीकोटले यहाँ उत्पादन हुने कालोमार्सी चामल, बेसार, स्याउलाई छुट्टै पहिचानसहित बजारीकरणमा सहयोग गर्ने भएको हो । पहिचानसहित बजारीकरण गर्दा सहज हुने कार्यालय प्रमुख बालकराम देवकोटाले बताउनुभयो । “कालीकोटमा उत्पादन हुने कृषि वस्तुको एकद्वार प्रणालीमा बिक्री
आँबुखैरेनी गाउँपालिकाको आयोजनामा ‘प्रथम आँबुखैरेनी आलु मेला २०७९’ आजदेखि सुरु भएको छ । कृषकले उत्पादन गरेका आलु उपभोक्तालाई सुपथ र सहज मूल्यमा बिक्रीवितरण गर्ने लक्ष्यका साथ आलु मेलाको आयोजना गरिएको हो । आँबुखैरेनी गाउँपालिका–३ हाटबजारस्थित अमिलीबोटेमा आयोजित मेला फागुन २६ र २७ गते सञ्चालन हुने व्यवस्थापन समितिका संयोजक सन्तोष केसीले
तनहुँको व्यास नगरपालिकाले कृषकलाई उन्नत जातको छ मेट्रिक टन मकैको बीउ वितरण गरेको छ । नगरपालिकाले ५० प्रतिशत अनुदानमा उक्त बीउ उपलब्ध गराएको हो । व्यासका चौधवटै वडाका कृषकलाई मकैको बीउ वितरण गरिएको हो । कृषकलाई अरुण–२, रामपुर कम्पोजिट, मनकामना–३ लगायत जातको मकैको बीउ वितरण गरिएको व्यास कृषि शाखाका कृषि