Trending
>>   ‘अंक गणितमा रास्वपा अगाडि भएपनि जनमत प्रतिपक्षको पक्षमा छ’ – रामबहादुर थापा >>   एमालेको नयाँ रणनीतिः सदनमा ‘वाचडग’को भुमिका, भोलिको बैठक चल्न दिने >>   एनएनआइपिए स्पोट्र्स अवार्डको तयारी पूरा >>   संसदीय दलको नेता चयन प्रक्रिया लोकतान्त्रिक अभ्यास हो, हारबाट हतोत्साहित हुनु पर्दैनः सुहाङ नेम्वाङ >>   बजेट मार्गदर्शन तयार, बजेट लेखन थालिँदै >>   अनधिकृत रुपमा वक्तव्यबाजी नगर्न नेता खड्कालाई काँग्रेसको निर्देशन >>   रेडक्रसका नाममा भइरहेको भ्रष्टाचार नियन्त्रण गर्न दलीय आधारमा गठन भएका सबै समितिहरू विघटन गरौँ :… >>   ५ लाखभन्दा बढी विद्यार्थी सहभागी हुँदै बिहिबारबाट एसईई सुरु हुने,नतिजा प्रकाशन एक महिनामै गर्ने तयारी >>   सभामुखको चुनाव चैत २२ मा हुने, यस्तो छ प्रतिनिधि सभाको पहिलो बैठकको कार्यसूचि >>   दिनेशको उत्कृष्ट बलिङमा पुलिस विजयी
Logo
१८ चैत्र २०८२, बुधबार
१८ चैत्र २०८२, बुधबार

स्वाश्थ्य


रजबासमा निः शुल्क स्वास्थ्य शिविर

धुलिखेल। काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–९ रजबासमा आयोजना गरिएको स्वास्थ्य शिविरमा पाँच सय ४६ जनाले सेवा लिएका छन् । ग्रेस नेपालको आयोजना, रोशी गाउँपालिकाको समन्वय र काठमाडौं मेडिकल कलेज शिक्षण अस्पतालको प्राविधिक सहयोगमा शिविर दुई दिनसम्म चलेको थियो । उक्त शिविरमा जनरल मेडिकल, प्रसूति तथा स्त्रीरोग, बालरोग, हाडजोर्नी तथा नशारोग, नाक, कान,

कञ्चनपुरमा सुरक्षित गर्भपतन गराउने बढे

महेन्द्रनगर। कञ्चनपुरमा पछिल्लो समय सुरक्षितरुपमा गर्भपतन सेवा लिनेको सङ्ख्यामा वृद्धि हुँदै गएको छ । तोकिएका सरकारी स्वास्थ्य संस्थामा उक्त सेवा निःशुल्क र गर्भपतन गराउनेको परिचयसमेत गोप्य राखिन थालिएपछि यो सेवा लिनेको सङ्ख्यामा वृद्धि हुँदै गएको हो । उक्त जिल्ला स्वास्थ्य कार्यालय कञ्चनपुरका सूचना अधिकृत खगेन्द्रसिंह कार्कीले गत आर्थिक वर्ष २०७९/८०

चितवन कारागारमा एक सय कैदीबन्दी बिरामी

नारायणगढ,चितवन। जिल्ला कारागार कार्यालय चितवनमा रहेका एक सय ११ कैदीबन्दी बिरामी भएको पाइएको छ । उनीहरु विभिन्न रोगबाट पीडित छन् । त्यसैगरी, एक सय ११ मध्ये आधाभन्दा बढी कैदीबन्दी उच्च रक्तचापबाट पीडित छन् । अन्य जिल्लाबाट उपचारका लागि कैदीबन्दी चितवन पठाउने गरिएको कार्यालय प्रमुख कमलप्रसाद आचार्यले जानकारी दिएका छन् ।

‘म्याचुरेटी’ गर्दै औषधि व्यवस्था विभाग

काठमाडौं। औषधि व्यवस्था विभागले कामको विश्वसनियताको लागि ‘म्याचुरेटी’ (परिपक्कता) को तीन तहमा पुग्ने तयारी थालेको छ । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले तोकेको मानङ्कअनुसार विभाग परिपक्कताको तीन तहमा पुग्ने तयारी गरेको हो । उक्त विभागका महानिर्देशक नारायणप्रसाद ढकालका अनुसार अहिले विभागको परिपक्कताको दुई तह मात्र छ । ‘डब्लुएचओ ग्लोबल बेन्च

‘असुरक्षित गर्भपतन गराउँदा ज्यान जोेखिममा पर्न सक्छ’

महेन्द्रनगर,कञ्चनपुर। कञ्चनपुरमा पछिल्लो समय सुरक्षित गर्भपतन सेवा लिनेको सङ्ख्यामा वृद्धि हुँदै गएको छ । तोकिएका सरकारी स्वास्थ्य संस्थामा उक्त सेवा निःशुल्क र गर्भपतन गराउनेको परिचयसमेत गोप्य राखिन थालिएपछि यो सेवा लिनेको सङ्ख्यामा वृद्धि हुदैँ गएको स्वास्थ्य कार्यालय कञ्चनपुरले जनाएको छ । त्यस्तै, स्वास्थ्य कार्यालय कञ्चनपुरका सूचना अधिकृत खगेन्द्रसिंह कार्कीले गत

सरकारले हटायो स्वास्थ्य बीमाको सुविधा थैलीबाट चार औषधि

काठमाडौं। सरकारले स्वास्थ्य बिमा कार्यक्रम मार्फत प्रदान गर्दै आएको चार प्रकारका औषधि ‘सुविधा थैली’ हटाएको छ । यी चारवटै एन्टिबायोटिक औषधि हुन् । औषधि व्यवस्था विभागबाट सिफारिस नगरिएका सूचीमा रहेका औषधि प्रयोग नगर्ने निर्णयानुसार सुविधाबाट हटाइएको बोर्डले जनाएको छ । त्यस्तै, स्वास्थ्य बीमा बोर्डले सबै सेवा प्रदायक स्वास्थ्य संस्थालाई परिपत्र

कोशी प्रदेश प्रहरी अस्पताल यथास्थानमा फर्काउन माग

सुन्दरहरैँचा,मोरङ। मोरङको बेलबारीबाट सुनसरीको इनरूवा सरेको कोशी प्रदेश प्रहरी अस्पताल यथास्थानमा नै सञ्चालन गर्न बेलबारी नगरपालिकाले माग गरेको छ । उक्त नगरपालिकाका प्रवक्ता टेकबहादुर राईले नगरपालिकालाई जानकारी नगराइ रातारात अपहरणको शैलीमा सो अस्पताल इनरूवा पुर्याइएको प्रति ध्यानाकर्षण भएको बताएका छन् । त्यसैगरी, बेलबारी–३ मा रहेको इलाका प्रहरी कार्यालयको पुरानो भवनमा

स्वास्थ्य सेवा विभागले गर्‍यो ४९ नर्सको बढुवा

काठमाडौं। स्वास्थ्य सेवा विभागले ४९ नर्सको बढुवा गरेको छ । त्यस्तै, पाँचौँबाट छैटौँ र छैटौँबाट सातौँ तहमा बढुवा गरिएको हो । स्तरवृद्धि निर्णयमा त्रुटि भए सच्याउने, संशोधन गर्ने वा बदर समेत गर्न सकिने विभागले जनाएको छ ।    

चिसोसँगै अस्पतालमा बिरामीको चाप बढ्दो

२७ ,मङ्सिर ,वीरगञ्ज (पर्सा) । पर्सामा चिसो बढेसँगै रुघाखोकी, ज्वरो र श्वासप्र्रश्वासका बिरामी बढ्दै गएका छन् । केही दिनयता बढेको चिसो र शीतलहरका कारण सहरी क्षेत्र तथा ग्रामीण बस्तीमा रुघाखोकी, ज्वरो, श्वासप्रश्वासका बिरामी ह्वात्तै बढेका हुन् । वीरगञ्जस्थित नारायणी अस्पताल, प्रभु अस्पताल, नेपाल मेडिसिटी बयोधा अस्पताल तथा ग्रामीण भेगका स्वास्थ्य

चार औषधिको उत्पादन तत्काल नगर्न विभागले दियो निर्देशन

काठमाडौं। औषधि व्यवस्था विभागले चार औषधिको उत्पादन तत्काल नगर्न निर्देशन दिएको छ । विभागले एसिक्लोफेनेक, लिनाग्लिप्टिन, लिनाग्लिप्टिन एन्ड मेट्फर्मिन र रिभरोक्सबान नामक औषधिको उत्पादन रोक्न निर्देशन दिएको हो । त्यस्तै रोक लगाइएका औषधिको बजारमा बिक्री भइरहेको ‘ब्रान्ड’ समेत थप उत्पादन नगर्न विभागले निर्देशन दिएको छ । उक्त औषधि मूल्याङ्कन समितिको

सम्वन्धित समाचारहरु