Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१६ माघ २०८२, शुक्रबार
१६ माघ २०८२, शुक्रबार

बागमतीका १० अस्पताललाई स्तरोन्नति गरिने


मकवानपुर। बागमती प्रदेश सरकारले प्रदेशभित्रका १० अस्पतालको स्तरोन्नति गर्ने निर्णय गरेको छ । मुख्यमन्त्री शालिकराम जम्कट्टेलका अनुसार मङ्गलबार बसेको मन्त्रिपरिषद् बैठकले हेटौँडा र भक्तपुर अस्पताललाई तीन सय शय्यामा स्तरोन्नति गर्ने निर्णय गरेको छ ।

धादिङ अस्पताल धादिङबेसी, त्रिशूली अस्पताल नुवाकोट, सिन्धुली अस्पताल सिन्धुली र बकुलहर अस्पताल चितवनलाई एक सय शय्यामा स्तरोन्नति गरिने उनले बताए । उनका अनुसार स्वास्थ्य मन्त्रालयको प्राविधिकसहित एक हजार छ सय ६९ जना कर्मचारीको सङ्गठन संरचना स्वीकृत गरिएको छ ।

त्यस्तै, मुख्यमन्त्री जम्कट्टेल बैठकबाट सिन्धुपाल्चोक र रामेछाप अस्पतालका साथै दोलखाको पशुपति चौलागाईं र काभ्रेको मेथिनकोट अस्पताललाई पचास/पचास शय्यामा स्तरोन्नति गर्ने निर्णय भएको बताएका छन् । उनले प्रदेश स्वास्थ्य मन्त्रालयको एक हजार छ सय ६९ (प्राविधिकसहित) कर्मचारीको सङ्गठन संरचना स्वीकृत गर्दै हाल सञ्चालनमा रहेका १० प्रदेश अस्पतालको स्तरोन्नति गर्ने निर्णय गरेको जानकारी दिए ।

उक्त बैठकले मकवानपुर बहुमुखी क्याम्पस हेटौँडालाई बागमती प्रदेश सार्वजनिक विश्वविद्यालय बनाउने निर्णय समेत गरेको मुख्यमन्त्री जम्कट्टेलले जानकारी दिए ।


प्रकाशित मिति: ४ पुष २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?