Trending
>>   बालश्रम शोषणको आरोपमा सांसद रेखा शर्मा पक्राउ >>   राइड शेयरिङमा मनोमानी बढेको भन्दै ‘प्रो राइडर समूह’ आन्दोलित, प्रतिकिलोमिटर २७ रुपैयाँ भाडा तोक्न माग >>   सरकारको कार्ययोजनाः सार्वजनिक खरिद सुधारदेखि ऊर्जा निर्यात रणनीतिसम्म >>   ‘बखान’ उपन्यासलाई शहीद शिवप्रसाद पौडेल स्मृति राष्ट्रिय पुरस्कार >>   पीएसपीपी कार्यान्वयन गर्ने सरकारी निर्णयको निजी क्षेत्रबाट स्वागत >>   पूर्वप्रधानमन्त्री र गृहमन्त्रीको पक्राउः कानूनको शासन कि शक्तिको कानून ? >>   सरकारको कदम प्रतिशोधपूर्ण र घृणायुक्त, अध्यक्ष र पूर्व गृहमन्त्रीलाई तत्काल रिहा गरियोस्ः महेश बस्नेत >>   अहंकार >>   अध्यक्ष ओलीको गिरफ्तारी प्रतिशोधपूर्ण र गैरकानूनी, आजैबाट प्रदर्शनका कार्यक्रम शुरुः एमाले >>   प्रतिशोधको जवाफ प्रतिवाद हुन्छः लालबाबु पण्डित
Logo
१५ चैत्र २०८२, आईतवार
१५ चैत्र २०८२, आईतवार

अझै तीन पालिकामा स्वास्थ्य बीमा कार्यक्रम कार्यान्वयनमा आएन


काठमाडौं। देशभरि कार्यान्वयनमा आएको स्वास्थ्य बीमा कार्यक्रम काठमाडौं जिल्लाका तीन पालिकामा अझै सुरु भएको छैन । काठमाडौं महानगरपालिका, बुढानीलकण्ठ नगरपालिका र नागार्जुन नगरपालिकामा बीमा कार्यक्रम अझै सुरु भएको छैन । ललितपुर महानगरमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सोमबार बीमा कार्यक्रमको सुरुआत गरेका हुन् ।

त्यसैगरी, सबै नागरिकलाई सर्वसुलभ गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न र स्वास्थ्य सेवा उपभोगमा सुधार ल्याउनका लागि २०७२ सालदेखि बीमा कार्यक्रम कार्यान्वयनमा आएको थियो । उक्त बोर्डका सूचना अधिकारी ओमकुमारी कँडेलले तीन स्थानीय तहको प्रथम सेवा विन्दुको निक्यौल नभएकाले लागू गर्न समस्या भइरहेको छ ।

“उपत्यकाका ठुला केन्द्रीय अस्पतालमा रिफर गरेर आएका बिरामीको चाप रहेको छ । ती अस्पताललाई प्रथम सेवा विन्दु गराउन सकिँदैन,” उनले भने, “ती तीन स्थानीय तहले चाँडै नै प्रथम सेवा विन्दु निक्यौल गर्न लागिरहेका छन् । ती निक्यौल भएपछि लागू हुन्छ ।”

वीर अस्पताल, त्रिवि शिक्षण अस्पताल, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, शुक्रराज ट्रपिकल अस्पताल, निजामती कर्मचारी अस्पतालमा प्रथम सेवा विन्दुबाट रिफर गरेर आएका बिरामीको चाप रहेकाले ती अस्पतालले तीन वटा स्थानीय तहको प्रथम सेवा विन्दु मान्न तयार नभएको उनको भनाइ रहेको छ ।

काठमाडौं महानगर पालिकाका स्वास्थ्य विभाग प्रमुख रामप्रसाद पौडेलले चाँडै नै महानगरले बीमा कार्यक्रम लागू गर्नका लागि स्वास्थ्य बीमा बोर्डसँग सम्झौताको तयारी गरेको जानकारी दिए । उनले वडा कार्यालयमा रहेका सहरी स्वास्थ्य प्रवर्द्धन केन्द्रलाई प्रथम सेवा विन्दुका रूपमा रहने जानकारी दिएका छन् ।

“हामीले वडामा रहेकामा सहरी स्वास्थ्य प्रवर्द्धन केन्द्रलाई प्रथम सेवा विन्दु मानेर बीमितको उपचार गर्ने तयारीमा रहेको छौँ,” उनले भने, “सबै तयारी पूरा भइसकेको छ । अब हामी बोर्डसँग यसै हप्ता सम्झौता गर्छौ ।”

उनका अनुसार ३२ वडामध्ये २४ वडामा रहेका सहरी स्वास्थ्य प्रवर्द्धन केन्द्र उपकरण र जनशक्तिको सबै तयारी पूरा गरिसकेको र अन्य वडामा पनि तयारी सुरुआत गरिएको छ । उक्त बोर्डमा हालसम्म ७४ लाख बीमित भइसके पनि करिब ४७ लाख मात्र सक्रिय रहेका छन्

२०७२ चैत २५ गते गुणस्तरीय स्वास्थ्य सेवालाई जनस्तरसम्म पुर्‍याउनका लागि स्वास्थ्य बीमा बोर्ड स्थापना गरिएको थियो । अहिले ७७ जिल्लामा लागू गरिएको स्वास्थ्य बीमा बोर्डले एक लाखसम्म बीमित परिवारले निःशुल्क उपचार सेवा पाउनेछन् ।

त्यस्तै, एकदेखि पाँच जनासम्म परिवारले प्रत्येक वर्ष बीमितबापत रु। तीन हजार पाँच सय र पाँच जनाभन्दा बढी भएको खण्डमा प्रत्येक एक जना बराबर थप रु. सात सय थप्नुपर्ने छ ।


प्रकाशित मिति: ३ पुष २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?