Trending
>>   युवालाई दक्षताअनुसारको रोजगारी दिनुपर्छः सभापति देउवा >>   इ प्लानेट नेसनल हाईस्कुल टी टेन क्रिकेट हुँदै >>   तोरणविक्रम शाही सूर्य नेपाल सेन्ट्रल ओपनको तेस्रो दिन पनि शिर्ष स्थानमा >>   भारतलक्षित प्रदीप ज्ञवालीको टिप्पणीः नेपालको द्विपक्षीय सम्बन्धको मामिलामा चासो लिनु उचित होइन >>   सवारी दुर्घटनामा एकको मृत्यु >>   महिलाहरुलाई राज्यका प्रणालीहरुमा मुख्य जिम्मेवारी दिनुपर्छः पूर्वसभामुख घर्ती >>   समानता र समावेशी नीति अपनाएर धनी र गरीबबीचको खाडल मेट्नुपर्छः प्रधानमन्त्री ओली >>   फोटो पत्रकार समूह नेपालले प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझायो >>   न्यायाधीश पौडेल र पाण्डेयको इजलासमा दुर्गा प्रसाईंको रिट >>   सरकारको निर्देशन बमोजिम नयाँ स्टक एक्सचेन्जको विषय अगाडि बढाउँछुः अध्यक्ष श्रेष्ठ
Logo
१२ मंसिर २०८१, बुधबार
१२ मंसिर २०८१, बुधबार

स्वाश्थ्य


तनहुँमा सात सय ३२ जनामा डेङ्गु सङ्क्रमण

२७ भदौ, तनहुँ । तनहुँमा सात सय ३२ जनामा डेङ्गु सङ्क्रमण पुष्टि भएको छ । साउन महिनायता जिल्लाका विभिन्न ठाउँका सात सय ३२ जनामा डेङ्गु सङ्क्रमण पुष्टि भएको हो । डेङ्गु सङ्क्रमणबाट एक जनाको मृत्यु भएको स्वास्थ्य कार्यालयले जनाएको छ । व्यास नगरपालिकामा कार्यरत इन्जिनियर कमलप्रसाद शर्माको डेङ्गुबाट मृत्यु भएको

अपरेशन गर्दा मिर्गाैला निकाल्नेसहित दुई नीजि अस्पताल बन्द गर्न निर्देशन

२७ भदाै, कैलाली । कैलाली जिल्लाको सदरमुकाम धनगढीस्थित स्वास्थ्य सेवा प्रवाह गरिरहेका दुई नीजि अस्पताल स्वस्तिक कार्डियो एण्ड मल्टिस्पेसियालिटी प्रालि र सञ्जिवनीलाई बन्द गर्न जिल्ला प्रशासन कार्यालय कैलालीले प्रहरीलाई निर्देशन दिएको छ । दुई अस्पतालको अनुगमन गरेपछि प्रशासनले पत्र लेखेर स्वस्तिक कार्डियो एण्ड मल्टिस्पेसियालिटी प्रालि र सञ्जिवनी अस्पताल बन्द गर्न भन्दै

पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप दिइँदै

२७ ,भाद्र ,काठमाडौँ । किशोरीलाई आजदेखि पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप ‘एचपिभी’ दिइँदै छ । सात प्रदेशका सातवटै अस्पतालबाट १४ वर्ष उमेर पूरा भई १५ वर्ष पूरा नभएका किशोरीलाई पाठेघरको मुखमा हुने क्यान्सरबाट बचाउनका लागि खोप ‘डेमोस्ट्रेशन’का रूपमा दिइन थालिएको हो । खोप २०६५ भदौ ३० देखि २०६६ भदौ २० गतेम्म

स्वास्थ्य मन्त्रीसमक्ष क्यान्सरका बिरामीका आफन्तको गुनासो : समयमै उपचार र औषधि पाइएन

२७ ,भाद्र ,काठमाडौँ । चितवनस्थित विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा उपचारका लागि आएका बिरामी र आफन्तले स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतसँग अस्पतालमा हुने गरेका समस्या राखेका छन् । उनीहरूले मङ्गलबार अस्पताल निरीक्षण गर्न पुग्नुभएका मन्त्री बस्नेतलाई अस्पतालको प्रशासन कार्यालय अगाडि भेटेर समयमा उपचार नपाएको गुनासो गरेका हुन् । मोरङबाट उपचारका

शल्यक्रियासहितको उपचार सेवा अब रसुवामै

२७ ,भाद्र ,रसुवा । बिरामी भई उपचारार्थ रसुवा अस्पताल पुग्ने बिरामीले अब स्थानीयस्तरमै उपचार पाउन थालेका छन् । जिल्ला अस्पताल धुञ्चेले बिरामीका लागि पहिलो चरणको रोग पत्ता लगाउन आकस्मिक कक्ष निर्माणका साथै रोगअनुसारका आवश्यक औषधि एवं दक्ष चिकित्सकको व्यवस्था गरेपछि बिरामीलाई अन्य अस्पताल सिफारिस गर्ने परिपाटी न्यून हुँदै गएको छ।

क्यान्सरपीडितको उपचारका लागि अक्षयकोष स्थापना

२६ ,भाद्र ,वालिङ (स्याङ्जा) । स्याङ्जाका एक समाजसेवीले क्यान्सरपीडित विपन्न परिवारको उपचारमा सहयोग गर्ने हेतुले अक्षयकोष स्थापना गरेका छन् । आँधीखोला गाउँपालिका–३ का कृष्णप्रसाद शास्त्री पौडेलले परिवारजनको स्मृतिमा रु आठ लाखको अक्षयकोष स्थापना गरेका हुन् । उनले अक्षयकोष स्थापना गर्नका लागि उक्त रकम गाउँपालिकालाई हस्तान्तरण गरे । पौडेलले आफ्ना बुबा

मकवानपुरमा बढ्दै डेङ्गु सङ्क्रमित

२६ भदाै, हेटाैँडा । हेटौँडा उपमहनगरपालिकासहित मकवानपुर जिल्लामा लामखुट्टेको टोकाइबाट हुने डेङ्गु रोगीको सङ्ख्या दिनदिनै बढ्दै गएको छ । जिल्ला स्वास्थ्य कार्यालयका अनुसार गत साउन एक गतेदेखि हालसम्म डेङ्गुबाट सङक्रमितको सङ्ख्या चार सय २१ पुगेको छ । उक्त कार्यालयका अनुसार जिल्लामा हालसम्म सबैभन्दा बढी सङ्क्रमित हेटौँडा उपमहानगरपालिकामा रहेको र त्यहाँ अहिलेसम्म

चिकित्सक अभावमा शल्यक्रिया सेवा बन्द

२६ भदाै, जोमसोम । जोमसोममा रहेको मुस्ताङ जिल्ला अस्पतालमा चिकित्सक अभावका कारण शल्यक्रिया सेवा बन्द भएको छ । शल्यक्रिया सेवा दिँदै आएका चिकित्सकको अन्यत्र सरुवा भएर गएका र अर्का चिकित्सक नआएकाले एक हप्तायता जोमसोम अस्पतालमा शल्यक्रियामार्फत गरिने प्रसूति सेवा बन्द भएको हो । जटिल अवस्थाका गर्भवतीलाई बेनी, बागलुुङ र पोखरा पुुग्नुुपर्ने

विशिष्टकृत बाल अस्पताल निर्माणका लागि एक करोड ८० लाख सहयोग

२५ ,भाद्र ,काठमाडौँ । आनी छोइङ्ग डोल्मा फाउण्डेशनले काठमाडौँ इन्स्टिच्युट अफ चाइल्ड हेल्थ (किओच) लाई रु एक करोड ८० लाख सहयोग प्रदान गरेको छ । फाउण्डेशनले काठमाडौँको बूढानिलकण्ठ नगरपालिकामा बहुविशिष्टकृत बाल अस्पताल किओच–काठमाडौ बाल अस्पताल ‘हब’ को भवन निर्माणका लागि रु एक करोड ८० लाख सहयोग गरेको हो । अस्पताल

स्क्रब टाइफसबाट एक महिलाको मृत्यु

२५ भदौ, चितवन । जिल्ल्लामा स्क्रब टाइफसबाट एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा नवलपुरको कावासोती नगरपालिका–१७ की ४८ वर्षीया महिला रहेको स्वास्थ्य कार्यालय चितवनले जनाएको छ । चितवन मेडिकल कलेजमा उपचारका क्रममा आज महिलाको मृत्यु भएको कार्यालयका सूचना अधिकारी राम केसीले जानकारी दिए । उनका अनुसार स्थानीय अस्पतालमा

सम्वन्धित समाचारहरु