बाग्लुङ्ग। बागलुङमा अवैध रुपमा औषधि बेच्ने दुई मेडिकल हल बन्द गरिएको छ । जिल्ला प्रशासन कार्यालय बागलुङ र औषधि विभाग काठमाडौँले आज अनुगमन गर्दा अवैध रुपमा औषधि बिक्री–वितरण गर्ने धौलाश्री मेडिकल हल र बुद्ध डेन्टल होम बन्द गरेको हो । अनुगमनका क्रममा औषधि व्यवस्था विभागमा दर्ता नभएका, जनस्वास्थ्यमा प्रतिकूल असर
काठमाडौं । बालबालिकालाई भिटामिन ए खुवाइदै छ। आजदेखि दुइ दिन सम्म बालबालिकालाई भिटामिन ए कार्यक्रम सञ्चालन गरेको छ। ६ महिना देखि ५ वर्ष सम्मका देशभरका करिब २९ लाख बालबालिकाहरु लाइ भिटामिन ए र जुकाको औषधि खुवाइने बताइएको छ ।
गर्मि मौसमको सुरुवातसंगै टाइफाइड पनि हुन सक्छ।टाइफाइड कलेजोको कमजोरीले निम्त्याउने एक संक्रामक रोग हो । यसलाई लाई म्यादी ज्वरो पनि भनिन्छ ।दुषित खाना वा पानीको माध्यमबाट हुने यसमा ‘साल्मोनेला टाइफी’ प्रजातिको ब्याक्टेरियाका हुन्छ । संक्रमण भएको ६ देखि ३० दिनसम्म र त्यसपछि पनि लक्षण देखा पर्ने गर्छ । यो सुरुमा सासान्य ज्वरो आउने
हामीले हेर्दै सुन्दै आएका कसैले कलिलो उमेरमा विवाह गरे, कसैले निक्कै धेरै उमेर ढल्किएपछि विवाह गरे । कतिभने अझै अविवाहित नै छन् । यसैले विवाहको दवाव एउटा निश्चित उमेर अवधिमा आउने भए पनि, उमेर पुगेकै कारण मात्र विवाह गर्नुपर्छ भन्नु गलत हुन्छ । यसैले विवाह तब गर्नुहोस् : — जब
काठमाडौँ । काठमाडौँ महानगरपालिका र निजामती कर्मचारी अस्पतालबिच जनप्रतिनिधि, कर्मचारी, ज्येष्ठ नागरिक र महानगरवासीलाई स्वास्थ्य सेवा प्रदान गर्नका समझदारी पत्रमा हस्ताक्षर भएको छ । महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियार र अस्पतालका प्रमुख कार्यकारी निर्देशक प्रा. डा. विधाननिधि पौडेलबिच समझदारी पत्रमा हस्ताक्षर भएको हो । समझदारीमा सञ्चालन हुने कार्यक्रम स्वास्थ्य
एजेन्सी । यो घाँटीको अगाडीको भागमा रुद्रघण्टीको ठिक तल रहेको एउटा ग्रन्थी हो। यसले थाइराइड हर्मोन उत्पादन गर्ने काम गर्दछ। थाइराइड हर्मोनले आवश्यकता भन्दा बढी र कम हर्मोन उत्पादन गर्दा हाम्रो शरीरलाई असर गर्छ यसलाई नै थाइराइड रोग भनिन्छ। थाइराइड रोग लाग्दा हर्मोन बढी वा कम उत्पादन हुने समस्या हुन्छ ।
काठमाडौ । राष्ट्रपति रामचन्द्र पौडेलले संविधानले प्रत्येक नागरिकको पहुँचमा आधारभूत स्वास्थ्य सेवा पुग्नेगरी व्यवस्था गर्नका लागि प्राथमिकता दिएको बताउँदै संविधानको यो प्राथमिकता कार्यान्वयनमा ल्याउनेतर्फ सरकारको ध्यानाकर्षण गराउनुभएको छ । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को ३३औँ वार्षिकोत्सव समारोहमा बोल्दै यस्तो बताउनुभएको हो । “संविधानले प्रत्येक नागरिकको पहुँचमा आधारभूत स्वास्थ्य सेवा पुग्नेगरी व्यवस्था
बेनी। म्याग्दी जिल्लाको मङ्गला गाउँपालिकाको बाबियाचौरमा सम्पन्न निःशुल्क स्वास्थ्य शिविरबाट एक हजार सातसभन्दा बढी लाभान्वित भएका छन् । काठमाडौँ मेडिकल कलेजको प्राविधिक सहयोगमा पालिकाले सोमबार विशेषज्ञ चिकित्सक सेवासहितको स्वास्थ्य शिविर आयोजना गरेको हो । शिविरमा इसिजी, इको, भिडियो एक्सरे मुटु, मिर्गौला, आँखा, नाककान, घाटी, छाला तथा यौन रोग, हाडजोर्नी तथा
काठमाडौँ । बर्खा याममा फोहोरका कारण सिर्जना हुन सक्ने जोखिम घटाउन काठमाडौँ महानगरपालिकाले ‘विशेष सरसफाइ’ बाट पूर्व तयारी थालेको प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारले बताउनुभएको छ । आज वडा नं. २६ को ठमेल क्षेत्रमा गरिएको विशेष सरसफाइका क्रममा उहाँले यस्तो बताउनुभएको हो । सफाइका क्रममा धुलो टिप्न र पानी छर्कन
काठमाडौं । नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले सिसडोल-बञ्चरेडाँडावासीको आन्दोलनमा ऐक्यबद्धता जनाएका छन्। शनिबार बञ्चरेडाँडा पुगेर सांसद केसीले उनीहरूको आन्दोलनमा ऐक्यबद्धता जनाएका हुन्।उनले ल्याण्डफिल साइटको विषय काठमाडौं र नुवाकोटको मात्र नभई राष्ट्रिय सरोकारको विषय भएकाले फोहोर व्यवस्थापनको विषयमा बञ्चरेडाँडामा भइरहेको विषयप्रति सबैले थाहा पाउनुपर्ने बताए। ल्याण्डफिल साइटमा पत्रकारहरूलाई प्रवेश रोक लगाइएको