Trending
>>   सुरेश रजकलाई शहीद घोषणा गर्ने सरकारको निर्णय >>   प्रधानमन्त्रीसँगको भेटपछि दुर्गा प्रसाईंः फागुनमा निर्वाचन हुँदैन, माग पूरा नभए जनविद्रोह हुन्छ >>   आगामी निर्वाचनमा दुई तिहाई बहुमत ल्याउछौँः वामदेव गौतम >>   ईश्वर पोखरेलले पार्टी कार्यालयमा बुझाए पार्टी महाधिवेशनका लागि तयार पारिएको अवधारणा पत्र >>   देशको खाद्य सुरक्षा कायम गर्न सरकार लागिपरेको छः मन्त्री परियार >>   क्रान्तीकारी विकास आजको आवश्यकताः हर्क साम्पाङ >>   ओलीले महाविधेशन पञ्चायतको गाँउ फर्क शैलीमा गर्न खोजिरहेका छन्ः उपाध्यक्ष पाण्डे >>   तन्त्रमन्त्र गरी दुःख दिएको भन्दै हत्या >>   संक्रमणकालीन न्याय प्रक्रिया टुंग्याउनु आजको प्रमुख आवश्यकताः गृहमन्त्री अर्याल >>   सुशासन कमजोर भए भ्रष्टाचार मौलाउँछः अध्यक्ष मगर
Logo
२२ मंसिर २०८२, सोमबार
२२ मंसिर २०८२, सोमबार

‘विपद् पूर्वतयारीमा स्वास्थ्यलाई प्राथमिकतामा राखौँ’


काठमाडौँ। विपद् पूर्वतयारी गर्दा स्वास्थ्यका कार्यक्रमलाई पनि सँगै अघि बढाउनुपर्नेमा सरोकारवालाहरुले जोड दिएका छन् ।

विपद्पछि विभिन्न रोगहरु फैलिनसक्ने अवस्थालाई मध्यनजर गरेर सरकारले विपद्का लागि पूर्वतयारी गर्दा स्वास्थ्य क्षेत्रलाई पनि सँगै अगाडि बढाउनुपर्नेमा जोड दिएका हुन् । बाढी, पहिरो, भूकम्पप लगायतका विपद्पछि विभिन्न खालका रोगहरु फैलिनसक्ने भएकाले समयमै ध्यान दिनुपर्ने उनीहरुको सुझाव छ ।

केही वर्षदेखि विपद्पछिको स्वास्थ्यका क्षेत्रमा काम गर्दै आएकी स्टार्ट फण्ड नेपालकी कार्यक्रम व्यवस्थापक प्रमिला सुवेदीले सरकारले विपद् पूर्वतयारीमा स्वास्थ्यलाई पनि सँगै लैजानुपर्ने आवश्यकता रहेको बताएकी छिन । विपद्का बेलामा स्वास्थ्यलाई पनि प्राथमिकता दिनसके विपद्पछि फैलिनसक्ने रोगहरुबाट हुने क्षति कम गर्न सकिने बताइन्। स्टार्ट फण्ड नेपालले २०२१ देखि विभिन्न प्रकोपको पूर्वानुमानमा आधारित भइ पूर्वकार्य र प्रतिकार्य गर्दै आएको छ । जसमा स्वास्थ्य क्षेत्रमा पनि केही कामहरु गरेको उनले बताइन् । डेंगुपश्चातको प्रतिकार्य लगायतका विपद्पछिको स्वास्थ्यका क्षेत्रमा पनि काम गरिसकेको बताइन् । स्टार्ट नेटवर्कको फरवार्नमार्फत स्टार्ट फण्डले आयोजना गरेको कार्यक्रममा ३० वटा संस्थाबाट ४० जनाले प्रतिनिधिले भाग लिएका थिए ।

उनले भनिन्, ‘हामीले २०२१ सालदेखि काम गर्दै आएका छौँ । डिजास्टरपछि हुने हेल्थका इस्युहरुबारे हामीले काम गर्दछौँ । बाढी, पहिरो, भूकम्पपछिको स्वास्थ्यमा हामीले काम गर्दछौँ । कोल्ड वेब, हिट वेब, डेंगु लगायतमा हामीले काम गर्दै आएका छौँ । डिजास्टरको बेलामा नेपालमा हामीले विगतको अनुभवलाई हेर्दा के पायौँ भने हेल्थलाई अलिकति इग्नोर गरेको पायौँ । त्यति धेरै सँगसँगै लैजान नसकेको पायौँ । हेल्थलाई पनि प्रायोटाइज गर्नुपर्छ भन्ने हाम्रो आग्रह हो ।’

यता, इन्स्टिच्युट अफ हिमालयन रिस्क रिडक्शनका कार्यकारी निर्देशक सुरज गौतमले नेपाल बहुप्रकोपिय जोखिममा रहेको भन्दै पछिल्लो समय विभिन्न प्रकोपहरु विपद्मा परिणत भइरहेको बताएका छन् । उनले बाढी, पहिरो लगायतका विपद्जन्य घटनाहरुको पूर्वतयारी गर्दा स्वास्थ्यको तयारी पनि गर्नुपर्नेबताउदै उनले विपद्पछि फैलिनसक्ने रोगहरुको न्युनिकरण गर्न स्वास्थ्यलाई प्राथमिकता दिनुपर्ने बताए ।

उनले भने, ‘नेपालको अवस्था हेर्ने हो भने नेपालमा बहुप्रकोपिय जोखिम छ । पछिल्लो समय विभिन्न किसिमका प्रकोप विपद्मा परिणत भइरहेको छ । यसै वर्ष मात्रै आरिघोप्टे वर्षातदेखि लिएर काठमाडौंदेखि नेपालभर नै बाढी आयो । समग्र विपद्मा बाढी, पहिरो मात्रै नभइ त्यससँग सम्बन्धित रहने स्वास्थ्यसँग सम्बन्धित रहने विशेष विभिन्न प्रकारका रोगदेखि लिएर अन्य पाटोमा अझ बढी काम गर्नुपर्ने आवश्यकता देखिएको छ । विपद् आइसकेपछि काम गर्ने भन्दा पनि पूर्वतयारी राम्रोसँग गरे यस्त जोखिम घटाउन सक्छौँ । राष्ट्रिय आपत्कालीन केन्द्रहरुमा पनि यो चिजहरुको इन्टिग्रेसन हुन आवश्यक छ । विभिन्न प्रकारका ५२ रोगहरुको बारेमा हामीले हाजार्ड प्रायोटाइजेशन गरिसकेका छौँ भने यस्ता प्रकारका रोगहरु विपद्पछि कसरी हुनसक्छ । यस्ता किसिमका रोगका लागि पूर्वतयारी कसरी गर्नुपर्छ भन्ने सन्दर्भमा यो कार्यशालामा जानकारी प्राप्त गरेका छौँ । विपद्का तयारी गर्दा स्वास्थ्यलाई पनि सँगै जोडेर लैजानुपर्छ । विभिन्न प्रकारका रोगहरु केही स्थानमा मात्रै सिमित हुन्थे भने अहिले देशभर नै डेंगु लगायतका रोगहरुको संक्रमण हुन थालेको छ । जलवायु परिर्वतनसँग सम्बन्धित रहेर यि रोगहरु फैलिरहेको छ ।’


प्रकाशित मिति: ५ माघ २०८१, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?