२६ चैत्र, झापा । पूर्वी नाका काँकडभिट्टाबाट कोभिड–१९ का सङ्क्रमित भित्रिन नदिन उच्च सतर्कता अपनाउन थालिएको छ । भारतलगायत तेस्रो मुलुकबाट प्रवेश गर्ने विदेशी नागरिकको स्वास्थ्य परीक्षण अनिवार्य गरिएको छ । भारतीय भूमिमा एक साताभन्दा बढी समय बसेर नेपाल फर्किने खोप कार्ड नभएका नेपाली नागरिककोसमेत नाकामा स्वाब परीक्षण अनिवार्य गरिएको
२६ चैत्र, काठमाडाैँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरसको सङ्क्रमण बढिरहेकाले कोरोना भाइरसविरुद्धको खोप लगाउन सबैमा आग्रह गरेको छ । मन्त्रालयले दैनिक रुपमा सङ्क्रमण बढिरहेकाले खोप लगाउन आग्रह गरेको हो । मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले सङ्क्रमण बढिरहेकाले पहिलो मात्रा, दोस्रो मात्रा र बुस्टर डोज लगाउन आग्रह गर्नुभएको छ ।
२६ चैत्र, फिक्कल । गाईभैँसीमा ‘लम्पि स्किन’ रोग देखापरेपछि इलामका पशुपालक किसान चिन्तित बनेका छन् । जिल्लाको सूर्योदय नगरपालिकासहित अन्य पालिकामा सो रोग देखापरेको जनाइएको छ । सूर्योदय नगर प्रमुख रणबहादुर राईले ‘लम्पि स्किन’रोगका विरुद्धमा नगरपालिकाले किसानलाई सहयोग उपलब्ध गराउँदै आएको जानकारी दिँदै यसका लागि नगरपालिकामा सम्पर्क राख्न अनुरोध गरे
२६ चैत्र, काभ्रे । काभ्रेको रोशी गाउँपालिका–९ मङ्गलटारमा आयोजित दुईदिने बृहत् स्वास्थ्य शिविरबाट पाँच सय स्थानीय लाभान्वित भएका छन् । त्रिभुवन विश्वविद्यालय माइक्रोबायोलोजी केन्द्रीय विभाग र मङ्गल जनविजय माध्यमिक विद्यालयले संयुक्त रुपमा सो शिविर आयोजना गरेका थिए । शिविरमा स्त्रीरोग, प्रयोगशाला सेवा (मधुमेह, उच्च रक्तचाप, रगत, दिसा, पिसाब), नाक, कान, घाँटी,
२६ चैत ,दमौली । खोपका माध्यमबाट पशुधनको सुरक्षा तथा उत्पादन वृद्धिका लागि तनहुँका सात स्थानीय तहमा पशुमा पूर्णखोप कार्यक्रम थालिएको छ । भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र तनहुँमार्फत जिल्लाका व्यास, शुक्लागण्डकी, भानु, भिमाद नगरपालिका सहित म्याग्दे, बन्दीपुर र आँबुखैरेनी गाउँपालिकामा पशुमा पूर्णखोप अभियान सञ्चालन गरिएका हो । विज्ञ
२६ चैत ,चितवन । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डा रोशन पोख्रेलले सरकारी अस्पतालले दिने सेवा सुविधा प्रभावकारी हुनुपर्ने बताएका छन् । भरतपुर अस्पतालको ६७औँ वार्षिकोत्सव समारोहलाई शनिबार यहाँ सम्बोधन गर्दै उनले धेरै अस्पताल खोल्नेभन्दा पनि भएका अस्पतालबाट प्रभावकारी सेवा दिनेतर्फ केन्द्रित हुनुपर्छ भने । सरकारी अस्पतालमा सेवा वृद्धि गर्न
२६ चैत ,तुलसीपुर । दाङ तुलसीपुरका विद्यालयले यातायात मजदुरका छोराछोरीलाई पठनपाठनमा छुट दिने भएका छन् । अखिल नेपाल यातायात मजदुर सङ्घको पहलमा केही विद्यालयले उनीहरुलाई भर्ना तथा मासिक शुल्कमा छुट दिने भएका हुन् । सङ्घका केन्द्रीय उपमहासचिव घनश्याम डाँगीले तुलसीपुरका केही विद्यालयले छुट दिन लागेका जानकारी दिए । तुलसीपुस्थित डिभाइन
२५ चैत्र, काठमाडौं । आयुर्वेद चिकित्सा विज्ञानका विज्ञ प्रा डा चन्द्रराज सापकोटाले नेपालमा आयुर्वेद क्षेत्रको विकासका लागि आयुर्वेद अध्ययन संस्थान स्थापना हुनुपर्नेमा जोड दिएका छन् । उनले मुलुकमा आयुर्वेद चिकित्सा क्षेत्रको विकास र विस्तार, यसको प्राज्ञिक उन्नयन एवं आवश्यक नीति निर्माणका लागि सो संस्थानका लागि नेपाल सरकार स्वास्थ्य मन्त्रालयले विसं २०५१
२५ चैत्र, काठमाडाैँ । सामाजिक सुरक्षा कोषले योगदानकर्ताको सुविधाका लागि ४४ अस्पतालसँग अनलाइन सम्झौता गरेको छ । योगदानकर्ताले उपचारपछि कोषको कार्यालयमा पुगेर दाबी भुक्तानी लिनु नपर्ने गरी देशभरका ४४ अस्पतालसँग अनलाइन सम्झौता गरिएको हो । सम्झौता भएका अस्पतालबाट सेवा लिँदा लाभग्राहीले उपचार गर्दा लागेको रकमको २० प्रतिशत मात्र बुझाए पुग्नेछ ।
२४ चैत ,कर्णाली । स्वास्थ्य सेवा निर्देशनालय कर्णाली प्रदेशका निर्देशक डा रविन खड्काले कर्णालीमा ६० प्रतिशत स्वास्थ्य जनशक्तिको दरबन्दी रिक्त रहेको बताएका छन् । विश्व स्वास्थ्य दिवसको ७५औँ अवसरमा निर्देशनालयद्वारा आज वीरेन्द्रनगरमा आयोजित सञ्चारकर्मीसँग अन्तरक्रियामा आफ्नो प्रस्तुति राख्दै उनले कर्णालीमा कूल नौ सय आठ जनामा तीन सय ६३ मात्र स्वास्थ्य