Trending
>>   एमालेले भन्योः चर्चामा रहेका सबै भ्रष्टाचारको छानविन होस् >>   निवार्चनसम्बन्धी अध्यादेश जारी गर्न सिफारिस, जाँचबुझ आयोगको म्याद एक महिना थप >>   जेन–जी आन्दोलनको जगमा बनेको कार्की सरकार अपेक्षाअनुसार चलेनः मिराज ढुंगाना >>   मन्त्री हुँदा पनि विद्युत प्राधिकरणको शेयर निष्कासन गर्न सकिनँः उर्जामन्त्री घिसिङ >>   जेन–जी प्रतिनिधिको प्रधानमन्त्रीलाई कटाक्षः माग पूरा गर्न नसक्ने भए तीर्थयात्रा जानु >>   सरकारका क्रियाकलाप जेन–जी आन्दोलनले उठाएका मुद्दाको पक्षमा छैनन्ः लेनिन बिष्ट >>   ओलीको चेतावनीः ‘एमाले नेतृत्वमाथि छोएको दिन सरकार ढाल्छौँ, देश ठप्प पार्छौं’ >>   एमाले अध्यक्षमा केपी शर्मा ओली तेस्रो पटक निर्वाचित >>   दोहोराे मित्रताका प्रतीक बने खगेन्द्रप्रसाद र रुद्रकली >>   महाधिवेशनले पार्टीलाई संगठनात्मक र वैचारिक रुपमा पुनःव्यवस्थित गर्दै परिवर्तनको अपेक्षा पूरा गर्छः ईश्वर पोखरेल
Logo
४ पुष २०८२, शुक्रबार
४ पुष २०८२, शुक्रबार

अमवामा आँखा उपचार केन्द्र स्थापना


१३ जेठ, रूपन्देही । रुपन्देहीको ग्रामीण क्षेत्र अमवामा आँखा उपचार केन्द्र स्थापना भएको छ । नेपाल नेत्र ज्योति सङ्घ लुम्बिनी नेत्र विज्ञान अध्ययन संस्थान तथा रिसर्च सेन्टर र मर्चवारी गाँउँपालिकाको सहकार्यमा आँखा उपचार केन्द्र स्थापना गरिएको हो ।

आँखासम्बन्धी सेवा प्रदान गर्न मर्चवारी गाउँपालिकामा–२ अमवामा आँखा उपचार केन्द्र स्थापना गरिएको हो । लुम्बिनी प्रदेशका सामाजिक विकासमन्त्री चन्द्रकेश गुप्ताले ग्रामीण क्षेत्रका जनतालाई स्थानीय तहमै स्वास्थ्य सेवा प्रदान गर्न आवश्यक भएको बताए । यसअघि आँखाको उपचारका लागि सर्वसाधारण भैरहवा, बुटवल, काठमाडौँलगायत ठाउँ जानुपर्ने बाध्यता थियो ।

नेपाल नेत्र ज्योति सङ्घ लुम्बिनी प्रदेशका सभापति सागरप्रताप राणाले बिरामीलाई सहजरुपमा घरदैलोमै सेवा उपलब्ध गराउनु संस्थाको उद्देश्य रहेको बताए ।


प्रकाशित मिति: १३ जेष्ठ २०८०, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?