Trending
>>   रवि लामिछानेको अभियोगपत्र संशोधनसम्बन्धी मुद्दा ‘हेर्दाहेर्दै’ मा मंगलबारका लागि सारियो >>   विश्वविद्यालयमा तालाबन्दी अन्त्य र ‘सेन्ट्रल स्कलरसिप पोर्टल’ नेविसंघको नयाँ एजेण्डा >>   नेपाली चलचित्र पहाडको ‘मोहनी लगाउने’ सार्वजनिक >>   रवि लामिछाने विरुद्ध मुद्दा फिर्ता गर्ने निर्णयसम्बन्धी रिटमाथि आज सर्वोच्च अदालतमा बहस हुँदै >>   पुरानै राजनीतिक संस्कार बोकेर हिँड्यौँ भने जनताले पाँच वर्ष भन्दा टिक्न दिँदैनन्ः सांसद पोखरेल >>   शिक्षामा ५५ बुँदे सुधार र वडा तहमा बजेटको विकेन्द्रीकरण, वडा अध्यक्षहरूलाई शक्तिशाली बनाइयो : मेयर… >>   आठौं अन्तर्राष्ट्रिय जुडोमा पाम र एमएमएसी च्याम्पियन >>   निर्वाचन आयोगद्वारा प्रधानमन्त्री कार्कीसमक्ष निर्वाचन प्रतिवेदन पेश >>   शतक प्रेरित आर्मी र एपिएफ विजयी >>   सुक्दै गएका ढुंगेधारा र काकाकुल काठमाडौंको ‘मौन चित्कार’ (फोटो फिचर)
Logo
१० चैत्र २०८२, मंगलवार
१० चैत्र २०८२, मंगलवार

अमवामा आँखा उपचार केन्द्र स्थापना


१३ जेठ, रूपन्देही । रुपन्देहीको ग्रामीण क्षेत्र अमवामा आँखा उपचार केन्द्र स्थापना भएको छ । नेपाल नेत्र ज्योति सङ्घ लुम्बिनी नेत्र विज्ञान अध्ययन संस्थान तथा रिसर्च सेन्टर र मर्चवारी गाँउँपालिकाको सहकार्यमा आँखा उपचार केन्द्र स्थापना गरिएको हो ।

आँखासम्बन्धी सेवा प्रदान गर्न मर्चवारी गाउँपालिकामा–२ अमवामा आँखा उपचार केन्द्र स्थापना गरिएको हो । लुम्बिनी प्रदेशका सामाजिक विकासमन्त्री चन्द्रकेश गुप्ताले ग्रामीण क्षेत्रका जनतालाई स्थानीय तहमै स्वास्थ्य सेवा प्रदान गर्न आवश्यक भएको बताए । यसअघि आँखाको उपचारका लागि सर्वसाधारण भैरहवा, बुटवल, काठमाडौँलगायत ठाउँ जानुपर्ने बाध्यता थियो ।

नेपाल नेत्र ज्योति सङ्घ लुम्बिनी प्रदेशका सभापति सागरप्रताप राणाले बिरामीलाई सहजरुपमा घरदैलोमै सेवा उपलब्ध गराउनु संस्थाको उद्देश्य रहेको बताए ।


प्रकाशित मिति: १३ जेष्ठ २०८०, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?