Trending
>>   ललितपुर महानगरलाई स्मार्ट सिटीको रुपमा विकास गर्ने योजनामा अघि बढिसक्यौँः प्रमुख महर्जन >>   ९८ प्रतिशत नागरिकलाई आधारभुत खानेपानीको पहुँचमा पुर्याईसक्यौं : मन्त्री यादव >>   चार्जिङ स्टेशनमा लगानी बढाउनुपर्छः कुलमान घिसिङ >>   गायिका मेलिना राई विवाह बन्धनमा बाँधिदै ! >>   न्याय मरेको छैन भन्थे हो रहेछ ! >>   रास्वपालाई खुला पत्र >>   एमालेसँगको सत्ता सहयात्रामा कुनै समस्या छैनः गृहमन्त्री >>   सल्लाह गरेरै सरकारले अध्यादेश ल्याएको हो: कांग्रेस >>   कांग्रेसका मन्त्रीहरूलाई सातामा दुई दिन खुला भेटघाट गर्न निर्देशन ! >>   मौसम :यी चार प्रदेशमा बर्षाको सम्भावना
Logo
३ माघ २०८१, बिहीबार
३ माघ २०८१, बिहीबार

समाचार


निजी क्षेत्र र सहकारीबीच सहकार्य आवश्यक : वरिष्ठ उपाध्यक्ष ढकाल

२५ चैत ,काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्र र सहकारीबीच सहकार्य आवश्यक रहेको बताएका छन्‌ । राष्ट्रिय सहकारी महासङ्घ र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको संयुक्त आयोजनामा जारी सहकारी महासम्मेलनमा उनले महासङ्घले पनि कृषि उद्यम केन्द्र बनाएर काम गरिरहेको र त्यसमा एक

महिला दिदीबिहिनीले गर्दा पार्टी बलियो : एमाले अध्यक्ष ओली

२५ चैत्र, काठमाडाैँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले महिला दिदीबहिनीले गर्दा एमाले पार्टी बलियो भएको बताएका छन् । अखिल नेपाल महिला सङ्घ (अनेमसङ्घ)को सातौँ राष्ट्रिय अधिवेशनको आज उहाँ उद्घाटन गर्दै उनले महिला दिदीबहिनीको निष्ठाले गर्दा एमाले अरु पार्टीभन्दा बलियो भएर उठेको दाबी गरे । उनले महिला दिदी–बहिनीले पार्टीलाई

सरकारी विज्ञापन एकद्वार प्रणालीबाट व्यवस्थापन गर्ने तयारीमा छौँ : मन्त्री शर्मा

२५ चैत्र, काठमाडाैँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सरकारी विज्ञापनलाई सरकार एकद्वार प्रणालीबाट व्यवस्थापन गर्ने तयारीमा रहेको बताएकी छन् । नेपाल पत्रकार महासंघ काठमाडौं शाखाको २३औँ वार्षिक साधारणसभाको उद्घाटन गर्दै मन्त्री शर्माले लोककल्याणकारी विज्ञापन र समानुपातिक विज्ञापनलाई सरकारको न्यूनतम साझा कार्यक्रममार्फत एकद्वार प्रणालीअनुसार लैजान नीति बनाउन लागेको जानकारी दिइन्

अभद्र व्यवहार गर्ने जर्मनीका राजदूतलाई चाडले देश निकाला गर्यो

अभद्र व्यवहार र कूटनीतिक अभ्यास विपरीत काम गरेको आरोप लगाउँदै चाड सरकारले यहाँस्थित जर्मनीका राजदूतलाई निष्कासन गरेको छ । राजदूत जन क्रिश्चियनगार्डन क्रिकलाई ४८ घण्टाभित्र देश छाड्न आदेश दिइएको जनाइएको छ । राजदूत निष्कासनबारे औपचारिक जानकारी नदिइएका पनि चाड सरकारका प्रवक्ता अजिज महमत सालेहले उनलाई चाडको सिमानाबाट बाहिरिन आग्रह गरिएको

इन्डियन आइडल अमित भन्छन्- मलाई नेपाली गीत गाउने रहर छ

२५ चैत्र, काठमाडाैँ । सन् २००७ मा गायनमा आधारित ‘रियालिटी शो’ ‘इन्डियन आइडल’ का दर्शक नेपालमासमेत बढेका थिए। किनकी उक्त ‘शो’ मा नेपाली मूलका गायक प्रशान्त तामाङ सहभागी थिए। त्यसअगाडि त्यस किसिमको सहभागिता नभएकाले गायक तामाङका कारण कार्यक्रम नेपालमा लोकप्रिय भइरहेको थियो। नेपालीले विश्वभरबाट भोट गरेर गायक तामाङलाई विजेता बनाउन सफल

सभामुख घिमिरेसँग प्रचण्ड, देउवा र ओलीको भेट

२५ चैत्र, काठमाडाैँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले सभामुखसँग भेट गरेका छन् । सभामुख देवराज घिमिरेको निमन्त्रणामा छलफलका लागि उनीहरू त्यहाँ गएका हुन् । सभामुखको कार्यालय सिंहदरबारमा प्रमुख तीन दलका शीर्ष नेताहरूसहित भेटघाट भएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको

विमानस्थलको सेवा प्रभावकारी बनाउन उपप्रधानमन्त्री श्रेष्ठको निर्देशन

२५ चैत्र, काठमाडाैँ । उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल मुलुकको पहिचानसँग जोडिएकाले सुरक्षामा कुनै कमीकमजोरी हुन नदिन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । विमानस्थलको आज अनुगमन गर्दै उनले विमानस्थलको महत्व र यस निकायले दिनुपर्ने सुरक्षा, सेवा र वर्तमान सरकारको प्राथमिकताबारे निर्देशनात्मक सम्बोधन दिएका थिए । गृहसचिव विनोदप्रकाश

काठमाडाैँको ह्याम्स हस्पिटलमा हेलिकप्टर दुर्घटना

२५ चैत्र, काठमाडाैँ । काठमाडाैँको ह्याम्स हस्पिटलमा हेलिकप्टर दुर्घटना भएको छ । शनिबार दिउँसो हस्पिटलको हेलिप्याडमा अवतरणका क्रममा हेलिकप्टर दुर्घटना भएको हो । दुर्घटनामा पाइलट सकुशल रहेको र कुनै मानवीय क्षति नभएको प्रहरीले जानकारी दिएको छ । अवतरणका क्रममा हेलिकोप्टरको पुच्छरको पंखा खुस्किएर अर्को घरमा पुगेको बताइएको छ । बिरामी लिनका

ललितपुरमा बन्दै गरेको अपार्टमेन्ट वरपरका घरहरू भासिए

२५ चैत्र, ललितपु । ललितपुरमा बन्दै गरेको अपार्टमेन्टको वरिपरीका घरहरू भासिएका छन् । ललितपुरको बखुण्डोलमा समिट अपार्टमेन्ट बनाउने क्रममा शुक्रबार राती वरपरका घरहरू भासिएका हुन् । स्थानीयहरूले आफूहरुसँग अनुमतिसमेत नलिई अपार्टमेन्ट बनाउन सुरु गरेको भन्दै आक्रोश व्यक्त गरेका छन् । उनीहरूले तत्कालका लागि बासस्थानको व्यवस्था मिलाउन समेत माग गरेका छन् ।

एकीकृत समाजवादीका वरिष्ठ नेता न्यौपानेले छोडे पार्टी, अब एमालेमा नै फर्किने

२५ चैत्र, काठमाडाैँ । नेकपा एकीकृत समाजवादी पार्टीका वरिष्ठ नेता मुकुन्द न्यौपानेले पार्टी परित्याग गरेका छन् । उनले शनिबार पत्रकार सम्मेलन गरेर पार्टी परित्याग गरेको घोषणा गरेका हुन् । एकीकृत समाजवादीले परिचय दिएपनि पहिचान दिन नसकेको उनले बताउँदै पार्टी अवसरवादमा लिप्त भएको भन्दै आरोप लगाएका छन् । पार्टी परित्याग गरेका न्याैपानेले

सम्वन्धित समाचारहरु