Trending
>>   लघुवित्तले बिना धितो ऋण दिएर गरिबी घटायोः उपाध्यक्ष श्रेष्ठ >>   सञ्चारमन्त्रीलाई देउवाले भनेः काँग्रेसको प्राथमिकता संसद पुनःस्थापना होइन, निर्वाचन हो >>   प्रधानमन्त्रीलाई विप्लवको प्रश्नः चुनाव गर्न चाहेको को कि युद्ध ? >>   ‘निर्वाचन हुन्छ कि हुँदैन’ भन्ने बहस सकियोः रामप्रसाद भण्डारी >>   विप्लव नेतृत्वको माओवादीले शुरु गर्‍यो आन्दोलन >>   निर्वाचनसम्बन्धी गतिविधिबारे जानकारी दिन निर्वाचन आयोगमा मिडिया सेन्टर स्थापना >>   नेपालको छवि राम्रो बनाउन काम गर्नेछुः मन्त्री शर्मा >>   राष्ट्रिय सभाको बैठक सिंहदरबारमा बस्ने, कृषि समितिको हल तयार पारिँदै >>   जेन–जी आन्दोलनले संविधानको मर्मलाई सुदृढ बनाउने अवसर दिएको छः उपराष्ट्रपति यादव >>   विद्युतीय प्रशारण लाइनको तारमुनिको जग्गाको कित्ताकाट गर्न पाइने
Logo
१२ पुष २०८२, शनिबार
१२ पुष २०८२, शनिबार

वैदेशिक रोजगारसम्बन्धी तालिम प्रदायक संस्थासँग कर्मचारी विवरण माग


२० ,श्रावण ,काठमाडौँ । वैदेशिक रोजगार विभागले विभागबाट अनुमतिप्राप्त गरी सञ्चालनमा रहेका वैदेशिक रोजगारसम्बन्धी काम गर्न इजाजतवाला अभिमुखीकरण तालिम प्रदायक संस्थासँग कर्मचारी विवरण माग गरेको छ ।

तालिम प्रदायक संस्थाले तोकिएको मापदण्डअनुसार काम नगरेको गुनासो आएपछि विभागले यस्ता संस्थालाई तालिम सञ्चालन गरिरहेको स्थान र कर्मचारी विवरण माग गरेको विभागका सूचना अधिकारी कविराज उप्रेतीले जानकारी दिए ।

उनका अनुसार विभागको नियमित अनुगमन तथा आकस्मिक अनुगमनका क्रममा कतिपय तामिल प्रदायक संस्थाले तालिम सञ्चालन कार्यविधि, २०७६ को दफा ११ (अनुसूची २) मा उल्लेख भएअनुसार तोकिएबमोजिमको केही मापदण्ड पूरा नगरेको पाइएको छ ।

विभागले एक विज्ञप्तिसमेत प्रकाशित गरी तालिम प्रदायक संस्थाले यथाशीघ्र कार्यविधिमा तोकिएबमोजिमको मापदण्ड पूरा गर्ने र सम्बन्धित संस्थाले हाल तालिम सञ्चालन गरिरहेको स्थान र कर्मचारी विवरण सात दिनभित्र विभागको अभिमुखीकरण तथा अनुगमन शाखामा बुझाई अद्यावधिक गर्न आग्रह गरेको छ ।

अन्यथा वैदेशिक रोजगार ऐन, २०६४ अनुसार कारबाही हुने विभागद्वारा प्रकाशित उक्त विज्ञप्तिमा उल्लेख गरिएको छ ।


प्रकाशित मिति: २० श्रावण २०८०, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?