१७ वैशाख, काठमाडाैँ । नेपाल राष्ट्र बैंकले अमेरिकी डलर सटहीका लागि तोकिएको सीमा बढाएको छ । बैंक तथा वित्तीय संस्थाका लागि जारी गरिएको एकीकृत परिपत्र, २०७९ मा संशोधन गर्दै राष्ट्र बैंकले यस्तो सीमा बढाएको हो । यसअघि नेपाल राष्ट्र बैंकबाट इजाजत पाएका मनी एक्सचेञ्जले नेपाली नागरिकसँग गर्ने सटही कारोबार गर्दा अमेरिकी
१७ वैशाख, बैतडी । बैतडीमा टिपरबाट ल्याइएको बालुवामा मान्छेको टाउको फेला परेको छ । बैतडीको पाटनमा कुकुरले बालुवाको थुप्रोबाट तान्दै गरेको अवस्थामा मान्छेको टाउको फेला परेको हो । प्रहरीले अहिले उक्त स्थान सिल गरेर अनुसन्धान अगाडी बढाएको छ । प्रहरीले बालुवा कहाँबाट ल्याइएको हो भन्ने सोधपुछ गरिरहेको जानकारी दिएको छ
१७ वैशाख, काठमाडाैँ । यो साता कारोबारको पहिलो दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको गिरावट देखिएको छ । आज नेप्से परिसूचक १९ दशमलव ११ अङ्कले घटेर एक हजार आठ सय ७० दशमलव ६५ को विन्दुमा कायम भएको हो । आज दुई सय ७१ कम्पनीको ३२ लाख छ हजार चार
१७ वैशाख, काठमाडाैँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कृषि उत्पादन र रोजगारी सिर्जनालाई केन्द्रमा राखेर नीति, कार्यक्रम र बजेट ल्याउने तयारी भइरहेको बताएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा आज किसान सङ्गठनका प्रतिनिधिसँगको संयुक्त भेटमा प्रधानमन्त्री दाहालले उत्पादन र रोजगारीलाई प्राथमिकता दिएर मात्रै समृद्धिको लक्ष्य हासिल हुने भएकाले सरकारले
१७ वैशाख, कञ्चनपुर। परराष्ट्रमन्त्री नारायणप्रसाद साउदले देशको अर्थतन्त्र सुदृढ रहेको बताएका छन् । आज शुक्लाफाँटा नगरपालिका–५ वनसमितिमा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा उनले विदेशी मुद्राको सञ्चिति १०÷१२ महिनाका लागि पुग्ने भएकाले आत्तिहाल्नुपर्ने अवस्था नरहेको बताए । उनले देश श्रीलङ्का जस्तै हुन्छ भनेर हल्ला फिँजाइएको चर्चा गर्दै वास्तविकता त्यस्तो नरहेको बताए ।
१७ वैशाख, काठमाडाैँ । काठमाडाैँस्थित वीर अस्पतालको पर्खाल भत्किँदा ४ जना घाइते भएका छन् । अस्पतालको पुरानो भवनको छतको पर्खाल भत्किएर खस्दा चार जना घाइते भएका हुन् । घाइते हुनेमा तीन जना महिला र एक जना पुरुष रहेको प्रहरीले जानकारी दिएको छ । घाइतेहरूको राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।
१७ वैशाख, ललितपुर । जावलाखेलस्थित राष्ट्रिय प्रकृति संरक्षण कोष सदर चिडियाखाना जावलाखेलको आम्दानी बढेको छ । कोरोना महामारीका कारण लगातार घटेको आम्दानी चालु आर्थिक वर्षमा भने बढेको हो । चिडियाखानाका सूचना अधिकारी गणेश कोइरालाका अनुसार चालु आर्थिक वर्षको चैतसम्म यहाँ घुम्न आउने आन्तरिक र बाह्य पर्यटकसँगै आम्दानी पनि बढेको जानकारी
काठमाडाैँको कपनस्थित सरस्वतीनगरमा निरा पाण्डे आचार्यको हत्या आरोपित सार्वजनिक भएका छन् । केन्द्रीय अनुसन्धान ब्युरोले आइतबार पत्रकार सम्मेलन गर्दै पक्राउ परेका बिनोद विकलाई सार्वजनिक गरेको हो । ब्युरोले दिएको जानकारी अनुसार विकले निराको पसलमा नै भएको हतियार प्रयोग गरेको पाइएको छ । आरोपितले हत्या गरी पसलमा भएको १०००-१२०० रूपैयाँ र
१७ वैशाख, पोखरा । गण्डकी प्रदेश सरकारले मातहतका अस्पतालको व्यवस्थापन समितिमा जिल्ला समन्वय समितिको प्रमुख नै अध्यक्ष हुने प्रावधान ल्याएको छ । यसअघि सरकारमा रहेका दल निकटका व्यक्ति समितिको पदाधिकारी र सदस्यमा नियुक्त हुँदै आएका थिए । समितिको संरचनागत सुधारका लागि प्रदेश सरकारले अस्पताल व्यवस्थापन समिति गठन आदेश–२०८० हालै जारी गरेको
१७ वैशाख, काठमाडाैँ । भारतमा उपचारत राष्ट्रपति रामचन्द्र पौडेल आज नेपाल फर्किने भएको छ । वैशाख ६ गते उपचारका लागि भारत जानुभएका पौडेल आज दिल्लीस्थित अल इण्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्सेस (एम्स)बाट डिस्चार्जपछि स्वदेश फर्किन लागेका हुन् । राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यका अनुसार उनि आइतबार राति नेपाल एयरलाइन्सको नियमित