Trending
>>   कार्यालय समयमा तलबसंगै भत्ता लिने व्यवस्था हटाऔँ- अमरेश कुमार सिंह >>   संवैधानिक पदाधिकारी र न्यायाधीशले सम्पती सार्वजनिक गर्नुपर्छ : सांसद यज्ञमणि न्यौपाने >>   न्यायपालिकामाथिको प्रहार लोकतन्त्रका लागि घातकः सांसद बराल >>   जेन–जी आन्दोलनका बन्दीलाई दशैँअघि रिहा गर्न सांसद सेञ्चुरीको माग >>   प्रश्तावित राजदुतहरूको संसदीय सुनुवाई प्रक्रिया शुरुः दशैँअगावै नियुक्ति टुंग्याउने समितिको तयारी >>   बैंकिङ क्षेत्र अर्थतन्त्रको मुटु हो, यसलाई होसियारीपूर्वक चलाउनुपर्छ : सिबिफिन अध्यक्ष उपाध्याय >>   सरुवा–बढुवाको विकृतिः सभामुखमार्फत महामन्त्री आचार्यले मागे ‘नातागोताको सराप’बाट मुक्ति >>   भन्सार अधिकृतको धम्कीपूर्ण अडियो प्रकरणः रास्वपा सांसद संग्रौलाद्वारा छानबिनको माग >>   राष्ट्रिय विधि विज्ञान प्रयोगशालालाई विश्वविद्यालय बनाउने बाटो नखोल्न मन्त्री पुनको चेतावनी >>   नयाँ विशेषता सहितको १ हजारको नोट आजदेखि चलनचल्तीमा
Logo
८ आश्विन २०८३, बिहीबार
८ आश्विन २०८३, बिहीबार

५६ एसपी र ८४ डिएसपीमा बढुवा सिफारिस


५ भदाै, काठमाडाैँ ।सशस्त्र प्रहरी बलमा ५६ जना सशस्त्र प्रहरी उपरीक्षक(एसपी)मा र ८४ जना नायब उपरीक्षक(डिएसपी)मा बढुवा सिफारिस भएका छन् । एसपीमा सि.सं. ३ र डिएसपीमा सि.सं. ७ का रहेका अधिकृतहरु बढुवा सिफारिस भएका हुन् ।

२०६० भाद्र २९ गते भर्ना भएका सि.सं. ३ इन्स्पेक्टर टोलीबाट यसअघि २९ जना एसपी भईसकेका छन् भने बाँकी रहेका सबै ५६ जना यसपटक बढुवा सिफारिस भएका छन् । यसैगरी २०६४ सालको सि.सं. ७ बाट यसअघि ५६ जना डिएसपिमा बढुवा भईसकेको छन् भने आज बाँकी ८४ जना बढुवा सिफारिस भएका छन् । यसैगरी २०६६ मंसीर २१ गते भर्ना भएका सि.सं. ८ सशस्त्र प्रहरी निरीक्षकको टोलीबाट ११ जना समेत डिएसपी भएका छन् ।


प्रकाशित मिति: ५ भाद्र २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?