११ भदौ, काठमाडाैँ । प्रतिनिधिसभाअन्तर्गतका १० वटै समितिमा सभापति निर्विरोध निर्वाचित भएका छन् । प्रतिनिधिसभाअन्तर्गतका समितिको सभापतिका लागि आइतबार उम्मेदवारी प्रस्ताव दर्ता भएका थिए । नौ वटा विषयगत समितिमा एकल उम्मेदवारी र एउटा समितिको सभापतिमा दुईजनाको उम्मेदवारी प्रस्ताव दर्ता भएको थियो । एकल उम्मेदवारी प्रस्ताव आएका समितिमा स्वतः सभापति घोषणा
११ भदाै, डोल्पा । नेपाली सेनाको दुनैस्थित एक गुल्मका गुल्मपति दुई दिनदेखि बेपत्ता भएका छन् । सदरमुकाम दुनै सुरक्षार्थ नन्दबक्स गुल्मका गुल्मपति मेजर विमल पण्डित बेपत्ता भएका हुन् । जिल्ला प्रहरी कार्यालय डोल्पाका प्रमुख प्रहरी नायब उपरीक्षक शिव बुढाथोकीका अनुसार आइतबार अपराह्न ३ बजे बजार घुमेर आउँछु भनि भदालेस्थित गुल्म
११ भदाै, भुटान । भुटानको ड्रुक एयरले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा सिधा उडान गर्ने भएको छ । नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाका अनुसार भुटानको पारा अन्तर्राष्ट्रिय विमानस्थलबाट यही भदौ २३ गते (सेप्टेम्बर ९) सिधा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा ड्रुक एयरले उडान गर्ने भएको हो । यो उडान चार्टर उडान हुने उनले
११ भदौ, तनहुँ । आँबुखैरेनी गाउँपालिका कार्यालयले कक्षा ११ र १२ मा अध्ययनरत चेपाङ विद्यार्थीलाई खाद्यान्नदेखि कोठा भाडासम्म सुविधा प्रदान गरेको छ । घरदेखि विद्यालय टाढापर्ने भएकाले कक्षा ११ र १२ मा बसेर अध्ययन गर्नका लागि खानादेखि आवाससम्मको जिम्मा गाउँपालिकाले लिएको हो । गाउँपालिकाभरी रहेका सीमान्तकृत चेपाङ जातिका बालबालिकालाई कक्षा
११ भदाै, एजेन्सी । जापानले फुकुशिमा आणविक ऊर्जा केन्द्रबाट पानी छोडेपछि स्थानीय व्यवसायीलाई चीनले गरेको आह्वानको विरोधमा सोमबार चिनियाँ राजदूतसँग सोधपुछ गरेको छ । उपविदेशमन्त्री मासाटाका ओकानोले राजदूत वु जियाङहाओलाई चीनले ‘वैज्ञानिक प्रमाणमा आधारित नभएको सूचना उपलब्ध गराएर अनावश्यक रूपमा जनताको चिन्ता उठाउनुको साटो जनतालाई उचित जानकारी दिनुपर्ने’ बताएका छन् ।
११ भदाै, सिन्धुली । कमलामाई नगरपालिकाको कार्यालय भवन छेवैमा रहेको कृषिउपज बजारभित्र तीन मासु पसल छन् । कोठा नं ५ मा सुमित माछा पसल, कोठा नं ६ मा बराल मासु पसल र कोठा नं ८ मा खाँडादेवी मिट सप्लायर्स । यी मासु पसलका कारण कृषिउपज बजार नै दुर्गन्धित बनेको छ ।
११ भदाै, गण्डकी । सामुदायिक वनबाट रुख र जडीबुटी मात्र नभई अन्य प्राकृतिक स्रोतको उपयोग गरी रोजगारी सिर्जना तथा राम्रो आम्दानी गर्न सकिन्छ भन्ने उदाहरण बनेको छ, पोखरास्थित फुर्केटारी सामुदायिक वन उपभोक्ता समूह । पोखरा महानगरपालिका-२५ हेम्जास्थित उक्त समूहले सामुदायिक वनको पानी बिक्रीबाट राम्रो आम्दानी गर्न सफल भएको छ । समूहले
११ भदाै, काठमाडाैँ । प्रधानमन्त्री तथा राष्ट्रिय विकास समस्या समाधान समितिका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भ्रष्टाचार निवारण र सुशासन कायम गर्ने जिम्मेवारी केन्द्र सरकारको मात्र नभएर सिङ्गो देशको एजेण्डा भएकाले प्रदेश र स्थानीय तहले समेत सुशासन कायम गर्न अभियान चाल्नुपर्ने बताएका छन् । सोमबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आयोजित
११ भदौ, दाङ । दाङका स्थानीय तहका न्यायिक समितिमा पछिल्लो एक वर्षमा करिब सात सय उजुरी परेका छन् । स्थानीय तहको वार्षिक प्रतिवेदनअनुसार आर्थिक वर्ष २०७९÷८० मा छ सय ८४ वटा उजुरी परेको जनाइएको छ । कुल उजुरीमध्ये चार सय ७३ वटा फछ्र्योट भएका छन् । सबैभन्दा बढी एक सय
११ भदौ, चितवन । सरकारी अस्पतालप्रति आम सेवाग्राहीको धारणा त्यति सकारात्मक पाइँदैन । उपचारमा ढिलासुस्ती हुन्छ र गुणस्तरीय उपचार पाइँदैन भन्ने धेरैको सोच पनि उत्तिकै छ । तर सबै सरकारी अस्पतालमा यही हुन्छ भन्ने पनि होइन । अधिकांश सरकारी अस्पतालमध्ये अपवाद बनेको छ, यहाँको भरतपुर अस्पताल । पछिल्लो समय अस्पतालले