१७ भदौ, काठमाडाैँ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) ले संरक्षित वन्यजन्तु गैँडाको आखेटोपहार (खाग) सहित चार जनालाई पक्राउ गरेको छ । वन्यजन्तुको अङ्ग अवैधरुपमा ओसारपसार तथा खरिदबिक्री गर्न लागेको भन्ने विशेष सूचनाका आधारमा वातावरण तथा वन्यजन्तुसँग सम्बन्धित अपराध रोकथाम, नियन्त्रण तथा अनुसन्धानका लागि ब्यूरोबाट खटिएको प्रहरी टोलीले काठमाडौँको
१७ भदाै, म्याग्दी । आनुवांशिक स्रोत र जैविक विविधताले युक्त म्याग्दीका ग्रामीण क्षेत्रबाट विभिन्न ९७ जातका रैथाने बाली लोप हुने अवस्थामा पुगेका छन् । करिब सात वर्षअघि यहाँका कृषकले उत्पादन गर्दै आएका रैथाने बालीका साथै जिल्लाका ग्रामीण भेगमा पाइने वनस्पति अहिले लोप हुने अवस्थामा पुगेका कृषि ज्ञान केन्द्र म्याग्दीले जनाएको
१७ भदौ, काठमाडाैँ । नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक भिन्सेन्जो एनेसले म्यानमारसँग हुने दुई मैत्रीपूर्ण फुटबल खेलका लागि आज २३ सदस्यीय नेपाली टोलीको घोषणा गरेका छन् । नेपाली फुटबल टोलीले फिफा विश्वकप–२०२६ तथा एएफसी एसियन कप–२०२७ छनोटको प्रारम्भिक चरणको तयारीस्वरुप म्यानमारसँग मैत्रीपूर्ण खेल खेल्न लागेको हो । मैत्रीपूर्ण खेल
१७ भदौ, चितवन । चितवनको माडी नगरपालिका–३ धोबहामा विद्युतीय पासोमा परेर एकको मृत्यु भएको छ । जङ्गली जनावरबाट बाली जोगाउन थापेको विद्युतीय पासोमा परेर स्थानीय कृषक शिवनारायण महतोका २६ वर्षीय छोरा धीरन महतोको मृत्यु भएको इलाका प्रहरी कार्यालय माडीका प्रमुख दिपक रिजालले जानकारी दिए । उनका अनुसार विद्युतीय पासोबाट करेन्ट
१७ भदौ, नवलपरासी । नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले वर्तमान सरकार जनताप्रति जवाफदेही र उत्तरदायी हुनुपर्ने बताएका छन् । जनताप्रति उत्तरदायी नभएमा सरकारका कामको अपजसको भारी कांग्रेसले नबोक्ने उनले बताए । नेपाली कांग्रेस नवलपुरले पार्टी कार्यालय कावासोतीमा आज आयोजना गरेको अन्तक्र्रियामा नेता महरले भने– “सरकार जनताप्रति जिम्मेवार हुनुपर्छ ।
१७ भदाै, एजेन्सी । उडिसाका छ वटा जिल्लामा शनिबार चट्याङ लागेर दश जनाको मृत्युभएको छभने अन्य तीन जना घाइते भएका छन् । राज्यको जगतसिंहपुर, ढेनकनाल, अङ्गुल र बौद्ध जिल्लामा एक–एक, बोलाङ्गिरमा दुई र खोर्दा जिल्लामा चारजनाले ज्यान गुमाएका राज्य प्रकोप व्यवस्थापन आयुक्तको कार्यालयले जनाएको छ । गत वैशाखमा नयाँगढ जिल्लाको सरानाकुला
१७ भदौ, इलाम । इलामको देउमाई नगरपालिका–४ ले किसानका लागि दुई पशु प्राविधिक निःशुल्क खटाएको छ । पशुको कृत्रिम गर्भाधारणका लागि वडाकै बजेटबाट दुई पशु प्राविधिक खटाइएको हो । यसवर्ष पशुमा लाग्ने रोग लम्पी स्किनको महामारीबाट धेरै किसानका पशु मरेको तथा बिरामी परेका कारण किसानलाई राहतस्वरुप प्राविधिक कर्मचारी खटाइएको वडाध्यक्ष
१७ भदाै, काठमाडाैँ । सिंहदरबारमा रहेको ‘हेलो सरकार’ अब २४ घण्टा नै सञ्चालन हुने भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सिंहदरबामा सो कार्यक्रममा सहभागी हुनुहुँदै हेलो सरकार २४ नै घण्टा सञ्चालन गर्ने कार्यक्रमको सुरुवात गरेका हुन् ।
१७ भदाै, काठमाडाैँ । काठमाडाैँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) श्रीलंका जाने भएका छन् । एसिया कप क्रिकेट अन्तर्गत नेपाल र भारतको खेल हेर्न बालेन हिमालयन एयरलाइन्सको उडानमार्फत दिउँसो श्रीलंका जान लागेका हुन् । एसिया कपमा नेपाल र भारतले सोमबार प्रतिस्पर्धा गर्दैछ । अर्को चरणमा जानका लागि नेपालले जित्नै पर्ने दबाब
१७ भदाै, एजेन्सी । यदि तपाईं कपाल झर्ने समस्याबाट चिन्तित हुनुहुन्छ भने संसारमा यो समस्या तपाईंको मात्रै हैन । विश्वरभरका मानिसहरूमा यो समस्या देखिएको छ । कपाल झर्ने समस्यालाई एलोपेसिया भनिन्छ । एक अध्ययनका अनुसार यो समस्याबाट अमेरिकामा मात्रै ८ करोडभन्दा बढी प्रभावित भएका छन् । एउटा अमेरिकी अध्ययनले प्रत्येक दिन