Trending
>>   तरकारी बोकेको ट्रकबाट २६ सय किलो गाँजा बरामद >>   विपद् प्रतिरोधि जलविद्युत संरचना बनाउन नयाँ मापदण्ड आवश्यकः ऊर्जामन्त्री श्रेष्ठ >>   पोखराको फिर्के खोला अतिक्रमणविरुद्ध महानगरको बुलडोजरः हालसम्म २६ अवैध संरचना भत्काइयो(तस्बिरसहित) >>   डिजिटल युगमा न्यायपालिकाको पहुँच र सुरक्षाका लागि ‘इन्टरनेट लचिलोपन’ अनिवार्यः प्रधानन्यायाधीश शर्मा >>   सेयर बजार गिरावटको दबाबबीच नीतिगत बहस, सोमबार बजार सुधारतर्फ कि थप दबाबतर्फ? >>   रविलाई गगनको जवाफः काँग्रेस प्रशिक्षित नेताहरूले नै रास्वपा धानेका छन् >>   संविधान संशोधन सत्ताको गणित वा स्वार्थको विषय बन्नु हुँदैनः विश्वप्रकाश शर्मा >>   अब जथाभावी पार्किङ र सडकमा सामान राखेर दुर्घटना भए क्षतिपूर्ति सम्बन्धित पक्षबाटै असुलिने >>   शिक्षा ऐनमा बालकेन्द्रित तथा खेलकुदमा आधारित सिकाई प्रणालीलाई प्राथमिकता दिनुपर्छः सभापति शेरचन >>   संसदमा सत्ताको छायाँ पर्‍यो, सरकार स्वेच्छाचारी र तानाशाही बाटोतर्फ उन्मुख:एमाले
Logo
१९ आश्विन २०८३, सोमबार
१९ आश्विन २०८३, सोमबार

नेपाल–म्यान्मा परामर्श संयन्त्र बैठक हुँदै


२० ,असोज ,काठमाडौँ । नेपाल र म्यान्माबीचको विद्यमान दौत्य सम्बन्धलाई अझ सुदृढ तुल्याउने उदेश्यले दुवै देशका परराष्ट्र मन्त्रालयबीच स्थापना भएको द्विपक्षीय परामर्श संयन्त्रको दोस्रो बैठक आगामी महिना म्यान्मामा हुने भएको छ ।

नेपाल–म्यान्मा उद्योग वाणिज्य सङ्घको १३औँ वार्षिक साधारणसभाका अवसरमा हिजो काठमाडौँमा आयोजित एक कार्यक्रममा नेपालका लागि म्यान्माका राजदूत सेङ उले उक्त जानकारी दिँदै व्यापार, लगानी, पर्यटन र संस्कृति प्रवद्र्धनमा आफू क्रियाशील रहेको बताए ।

सङ्घका अध्यक्ष शिवकुमार अग्रवालले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र म्यान्माको कुनै विमानस्थलबाट सिधा उडानका लागि आवश्यक व्यवस्था गर्न राजदूत सेङसमक्ष अनुरोध गर्दै द्विपक्षीय व्यापार, लगानी र पर्यटन विकासका लागि सहकार्य गर्न आह्वान गरे ।

बौद्धमार्गी म्यान्माका नागरिक गौतमबुद्धको जन्मस्थल लुम्बिनी भ्रमण गर्न इच्छुक रहेकाले म्यान्मा–नेपाल सिधा उडान आवश्यक भएको अध्यक्ष अग्रवालले बताए ।


प्रकाशित मिति: २० आश्विन २०८०, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?